दलित एकजुट होऔं

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

आज दलित वर्गको बारेमा बहस गर्न नेताहरु नेपालमा थुप्रैछन् । नेपालको संविधानमा दलितको लागि ठाउँ राख्नु गैरदलितको लागि नराखेर कुनैपनि दलित माथि उक्लन सक्तैन । जसरी राजनीतिक पार्टीमा एक पार्टी परित्याग गरी अर्काे पार्टीमा प्रवेश गरेझ,ैं एक रामबहादुर कामीले रामदत्त जोशीको नाम लेखाएर गैरदलित भन्न मिल्दैन । कामी पनि दलित हुन सक्छ जोशी पनि । दलित भन्ने शब्द थिचोमिचोमा परेकोलाई भन्छौं । जातजाति मात्र दलित हुदैन, ठकुरी, बाहुन, क्षेत्री, पनि दलित दलिएका पिसिएका छन् । कामी पनि प्रधानमन्त्री राष्ट्रपति हुन सक्छ भएका छन् । एक कामी राष्ट्रपति हुदैमा सबै कामी सम्पन्न हुदैनन् । एक ठकुरी बाहुन सम्पन्न हुदैमा सबै ठकुरी बाहुन सम्पन्न हुदैनन् र भएका पनि छैनन् । दलितको पक्षमा र अरु जातिको विपक्षमा भाषण गर्नेहरुपनि हितको लागि नभई व्यक्तिगत राजनीतिक स्वार्थको लागि हुदा सबै जातजातिले हरेक ठाउँमा बराबरको स्थान पाउनुपर्छ । दिउँसोभरी कमाई ग¥यो बेलुका दुव्र्यसन जाँडरक्सी खाई माछामासु अर्थात् अतिरिक्त बढी खर्च नगरी संयम अपनाउनु प¥यो । सु.प.को कुरा थाहा छ कोही भोकानांगा नबस । जसलाई खाना लगाउन पुग्दैन कैलाली कञ्चनपुरमा आउ भनी त्यस्ताको लागि पुनर्वास खोलिदिएका थिए राजा महेन्द्रले । दलित र गरिवको लागि त खेती नपाकेसम्म १ वर्षसम्म रासन पौष्ट्रिक आहार, जोत्नलाई गोरु समेत दिएका हुन् । आउने र मेहनत गर्ने दलित आएपनि धेरै दलितले रक्सी मिठो खानपान गरी पाएको चार विगाहा बेची आज दलित मात्र होइन सुकुम्बासीमा पनि रुपान्तरण भएका छन् भने कसको दोष ?

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *