के विदेशिएका नागरिक फर्कलान् ?

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

एउटा जिज्ञासा जाग्दैछ कि भाबी दिनहरु नेपालको लागि ज्यादै खतरनाक रहनेछन् जसरी हाम्रा नयाँ नेपाल निर्माण गर्ने भनिने नेताहरु द्वारा नेपाली जनताको मनमष्तिस्क मिथ्या रुपबाट बदलिएको छ जे जे नेताहरुले भने त्यसैमा आज हामी विश्वास गरी रहेका छौं । हरेक तरिकाबाट विश्वासमा पार्ने क्षणिक सफल कोशिस गरिसकेका छन् । मनुष्यलाई मात्र होइन हरेक प्राणीलाई यो पृथ्वी मात्र होइन सबै ग्रहहरु खुला छन् । आज पाश्चात्य मुलुकहरु अन्य ग्रहमा बसोबास सर्ने तयारीमा छन् भने हाम्रो लागि पश्चिमी मुलुकहरु नै अन्य बाह्य ग्रह सरह मान्नु परेको छ । खास गरेर २०४७ पछि हाम्रा युवा प्रौढ जनता जो सित क्षमता छ ती सबै अमेरिका लगायतका अन्य देशहरुमा जान चाही रहेका छन् र गई रहेका छन् । नेपाली जनता र नेपालको सिदा खाएर पालिएका सकेसम्मको ऐसआराममा मस्ती गर्नेहरु पनि पाश्चात्य मुलुकतर्फ आकर्षण भएका छन् ।

२०५२ पछि विदेशिने क्रम बढेपनि माओवादी द्वन्दको समयमा नेपाली आतंकवादी हुन् भन्ने सञ्चार गएर पनि न्यून संख्यामा जान पाई रहेका थिए । त्यसपछिका दिनहरुमा जब देशले कानूनी राज्यलाई मास्यो देशले स्थिरता पाउन सकेन । देशमा रोजगारीका अवसर हरण भए । उद्योग, कलकारखाना, शिक्षा, स्वास्थ्यमा नकारात्मक प्रभाव पा¥यो । बेरोजगार रहेर दिन विताउन असंभव
ठाने । कुनै ठाउँमा आर्मी प्रहरी शिक्षक वा त्यस्तै नोकरीका अवसर आउँदा विना रकम नियुक्ति पाउन असंभव हुन थाल्यो । धेरै व्यक्तिहरु प्रहरी, आर्मी तर्फ भर्ना हुन खोज्दा निकै भिडभाड देखियो ।

सोर्स–फोर्स नभएकाहरु २ प्रतिशत सम्म भए होलान् बाँकी छैनन् । आफ्नो देशमा नेताहरुले रोजगारीको व्यवस्था मिलाउनु पर्छ । विश्वका धेरै देशहरुमा आफ्ना सबै जनतालाई रोजगारी दिइसकेपछि विदेशी नागरिकलाई समेत दिएको छ । जो तपाई हाम्रै भाईबन्धु छोराछोरीहरु दैनिक हजारौंको हिसाबले विदेश गई रहेका छन् । यदि नेपालमा यस्तै अवस्था र व्यवस्था रहने हो भने विदेशिएका नेपालीहरु न नेपाल फर्कनेछन् न नेपालले रेमिटान्स पाउनेछ । त्यसपछि नेपाल पूर्ण रुपले पंगु हुनेछ, प्रत्यक्ष परजिवीको स्थायित्व प्राप्त गर्नेछ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *