निर्वाचन आयोगको निर्णय

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

विगतमा निर्वाचन आयोगले स्वतन्त्र रुपमा निर्णय लिन असमर्थ रहेको, सरकारको परोक्ष निर्देशनमा काम गरेको भनि विभिन्न कोणहरुबाट प्रहार भइरहेको यथार्थ विवादित बन्ने गरेको थियो । आचारसंहिता पालन गराउन नसकि सरकार निरंकुश तबरले काम गरी रहेको पनि देखिएकै हो । कतिपय पूर्वआयुक्तहरुबाट संबैधानिक निकायले स्वतन्त्रतापूर्वक काम गर्न नसकेको आक्षेप पनि झेल्नु परेको सन्दर्भमा देशलाई नै तरंगित पार्ने घटनाक्रमहरुका बीचमा बृद्धिमत्ता र सुझबुझले गरेका आयोगका २ निर्णयहरुबाट निर्वाचन आयोगको गरिमा, सम्मानलाई निकै उचाईमा पु¥याएको हुनाले सामयिक सन्दर्भ लागेर यस सम्बन्धमा विश्लेषण गर्ने प्रयास हो ।

सर्वेन्द्र शुक्लाको रीटमा समानुपातिक तर्फ अन्तरिम आदेश दिएन तर प्रत्यक्ष तर्फको मतपत्र अझै बाँकी हुदाँ त्यसमा निर्वाचन आयोगले गम्भीरतापूर्वक विचार गर्ने नै हुदाँ भन्ने वाक्यांशबाट त्यस अनुरुप नभएकाले श्री सर्वाेच्च अदालतको आदेश अवज्ञा गरेको भनि अवहेलनामा कारवाही माग गर्दै दोस्रो निवेदनमा माननीय डम्मर बहादुर शाहीको एकल इजलाशबाट मतपत्र छुट्टाछुट्टै छाप्ने विषय भएको काम कारवाही प्रगति विवरण ३ दिन भित्र पेश गर्ने श्री सर्वाेच्च अदालतको निर्वाचन आयोगका नाम जारी आदेशबाट एमाले अध्यक्ष के.पी. ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबाट पत्रकार सम्मेलन गरी भयङ्कर गर्जना गर्दै अवहेलना मुद्दामा अप्रासांगिक आदेश भएको र निर्वाचन टार्ने प्रपञ्च भनि श्री सर्वाेच्च अदालत माथि पनि प्रहार गरियो । देशमा तरंग उत्पन्न भइ अदालत समेत विवादित बन्ने हो कि भनि आशंका पैदा भयो । स्वनामधन्य काठमाण्डौंका केही कानूनव्यवसायीज्ञाताहरुबाट समेत अनेक क्रिया प्रतिक्रिया सुन्नमा आए ।

निर्वाचन आयोगले चौतर्फी रुपमा तरंग उत्पन्न भएको वा गराइएको विषयलाई एउटै निर्णयबाट प्रभावहीन मात्र तुल्याएन आउँदो निर्वाचनबाट सत्तामा पूर्ण नियन्त्रण गर्ने अवधारणा राख्नेहरुका बोली नै बन्द गरी दृढतापूर्वक निर्वाचन तोकिएकै मितिमा सम्पन्न गराइ छाड्ने, सम्माननीय अदालतको आदेशको मर्म र मनसाय अनुरुप २ मतपत्र छाप्ने भनि निर्णय लिई सोही अनुरुप ३ दिनको समयावधि भित्र ४ जना आयुक्तहरु सहित मुख्य निर्वाचन आयुक्त स्वयं श्री सर्वाेच्च अदालतमा उपस्थित भइ लिखित जवाफ प्रस्तुत गर्नु भएकोले यसबाट आयोगले आफ्नो गरिमा बनाई राखेको प्रष्ट भएको छ । तोकिएको मितिहरुमा निर्वाचन सम्पन्न हुनमा अब कुनै द्विविधि रहेन । यसैगरी आचारसंहिता विपरीत पूर्व सांसदहरुले १० अरब भन्दा बढी रकम वितरण गर्ने ब्रह्मलुटलाई पनि अंकुश लगाएको हुनाले विषम परिस्थितिमा पनि आफ्नो सम्मान गरीमा बनाइ राख्न अभूतपूर्व सफलता मिलेकोमा निर्वाचन आयोगलाई आम सर्वसाधारण नेपालीको हैसियतले धन्यवाद सहित आभार व्यक्त गर्नु न्यायोचित हुनेछ । भर्खरै शपथ ग्रहण पश्चात एकल इजलाशको माननीय न्यायाधीश श्रीमान् डम्मर बहादुर शाहीको आदेशबाट पदीय मर्यादा र सशक्त आदेशलाई ऐतिहासिक बनाउन सफल रहेकोमा श्रीमान्लाई बधाई छ ।

जुन रुपमा सशक्त भएर निर्वाचन आयोग निर्वाचन सम्पन्न गर्न कटिबद्ध देखिन्छ मुलुकको ढुकुटीमा ब्रह्मलुट मच्चाउँदै गृह मन्त्रालयको सिफारिसमा दशैं लाखका दरले कतिपय भरौटेहरुलाई ४÷५ करोडको बण्डा गरेका समाचारहरुलाई केन्द्रमा राखी तुरुन्त त्यस्तो लुट फिर्ता गर्न निर्वाचन आयोग क्रियाशील हुन जरुरी छ ।

आचारसंहिता लागु भएपछि मन्त्री लगायत साना ठूला कर्मचारी मनमानी रुपमा सरुवा बढुवा भर्ना गरिएका यावत विषयमा गम्भीरता पूर्वक बदर गर्ने काम कारवाहीको अपेक्षा हामी आम सर्वसाधारणको छ । भोकमरी, बेरोजगारी, औषधीको अभाव लगायतका दुर्दिन झेली रहेका निरीह नेपाली एकातर्फ छौं भने अर्काे तर्फ प्राण गएपनि पदवी लूटका लागि दृढ देखिएका यी कथित नेताहरुको पनि समय आउँला कि ? आफ्नो कुनै क्षमता औकात देन नभएर पनि आयाराम गयारामहरुका देश लुट्ने क्रियाकलापहरुका हाँडी कहिले फुट्लान् वर्तमानको पीडा यही नै रहेको छ ।

निर्वाचन निश्चित रुपमा हुनेमा अब कुनै आशंका रहेन । परिणाम दूरगामी राष्ट्रलाई तरंगित पार्ने प्रकृतिका हुनेछन् । राजनीतिका नाममा पसल थापी बस्ने व्यवसायीहरु लगभग बेरोजगार भागाभागको अवस्थामा पुग्ने निश्चित छ । सøयौं दल खोली रोजगार बनाउनेहरुका लागि थ्रेस होल्ड काल भएर आएको छ । यो भन्दा पनि कम्तीमा ५ प्रतिशत थ्रेस होल्ड भइ दिएको भए श्रेयकर हुने थियो । पूर्वपन्चहरु कति भाग्यमानी रहेछन् माओवादीहरुको भिन्नै गठजोड राप्रपाहरुका लागि वरदान सावित भएर केही दिनकै लागि भएपनि राष्ट्रध्वज धारण गर्न पाए । यद्यपि उपहास भएको पत्तै नपाए जस्तो छ । कांग्रेसीहरुको लोकतान्त्रिक गठबन्धनको नारा पनि निकै ठूलो संजीवनी बनेर आएको छ । आश्चर्य लाग्दछ इतिहास बोकेको दाबी गर्ने कांग्रेस जसले पन्चहरुलाई निर्मूल गर्ने नेतृत्व लिएको भन्छ तिनैलाई किन बैशाखी बनाउँदै छ यो बुझी नसक्नु भएको छ ।

निर्वाचन परिणाम वास्तवमा नै एउटा नयाँ इतिहासको रचना हुन सक्छ , यद्यपि हामी सर्वसाधारणहरुका लागि अर्थहीन नै ठहर्ला । अब अरबौंका खेल सुरु हुनेछन् । धेरै जसोका लागि दशैं तिहार त अब आउँदैछ । निर्वाचन आयोगलाई पुनः शुभकामना सहित सम्मान व्यक्त गर्नु न्यायोचित हुनेछ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *