वाम र इसाईहरु बीचको साँठगाँठ

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

काठमाण्डौं, ११ कार्तिक । देशले प्रजातन्त्र नै चाहेको थियो भने ०४७ को संविधानलाई नमासेर सुधार गर्नुपर्ने थियो । तर वाम गठबन्धनको अदृश्यता बाट जनतालाई गोलाबारुद्धबाट तरास्ने काम गरी घर छोड्न बाध्य पारी आफ्ना भगवान भनिने जनता जनार्जनलाई त्राही त्राही मात्र मच्चाएन जनताका रगत पसिनाबाट सिञ्चित सम्पत्ति माथि लुटपाट गरियो त्यो दुर्घटना लाई ख्याल ख्याल गर्नेहरु अन्तमा गएर एकै हुनाको कारण क्रिश्चियनहरुको आग्रह नै थियो भन्ने मात्र होइन भारतको कुटिल चाल थियो भन्न सकिन्छ ।

वाम गठबन्धनको एउटा उद्देश्य क्रिश्चियन धर्म प्रचार पनि भएको खुलासा भएको छ । नेपालमा सनातन धर्ममाथि क्रिश्चियन धर्मको हस्तक्षेप भएको चर्चा चलिरहेका बेला वाम गठबन्धन समेत क्रिश्चियन धर्म प्रचारमा लागेको पाइएको हो ।

कुनै पनि धार्मिक, सामाजिक तथा शैक्षिक संस्थाले राजनीतिक विचारधाराका पक्षमा बोल्न नपाईने कानूनी प्रावधान विपरित नेपालमा क्रिश्चियनहरुको सर्वाेच्च संस्था नै वाम गठबन्धनका पक्षमा आधिकारिक रुपमै प्रस्तुत भएको छ ।

कुनै पनि सामाजिक संस्थाले सामाजिक स्वार्थ बाहेक अन्य कुनै पनि स्वार्थमा आफ्नो अभिव्यक्ति दिन पाइँदैन । तर क्रिश्चियनहरुको संस्था ‘राष्ट्रिय इसाई समाज एकता केन्द्र नेपाल’ ले भने देशैभरी रहेका क्रिश्चियन समुदायका पास्टर तथा अगुवाहरुलाई वाम गठबन्धनमा रहेका एमाले र नेकपा माओवादी केन्द्रका चुनाव चिह्न सुर्य र हँसिया–हथौडामा मतदान गर्न अपिल गरेको छ ।

समाजले एक विज्ञप्ती जारी गरेर धार्मिक स्वतन्त्रता र राष्ट्रिय रक्षा अनि दिगो विकासका लागि भन्दै आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्ष एवं समानुपातिकतर्फ वाम गठबन्धनका उम्मेदवारलाई नै मतदान गर्न आग्रह गरेको हो ।

तस्बीरः राष्ट्रिय इसाई समाज एकता केन्द्र नेपाल द्वारा जारी विज्ञप्ति ।

धर्म प्रचारप्रसारका लागि विभिन्न राजनीतिक दलका नेताहरुलाई आफ्नो मुठ्ठिमा राख्न सफल भएको क्रिश्चियन समाजले खुलेआम वाम गठबन्धनका लागि मतदानको अपिल गरेपछि यसप्रकारका संस्थाहरुले एमाले र माओवादी केन्द्रबाटै संरक्षण पाइरहेको आशंक बढेको हो । मुलुकमा राजनीतिक ध्रुबिकरण बढिरहेको पृष्ठभूमिमा क्रिश्चियन धर्मावलम्वीहरुको सर्वाेच्च संस्थाबाट नै यस्तो अपिल आउँदा मुलुकमा आयातित धर्मले सनातन धर्म माथि खुलेआम हस्तक्षप गरेको समेत प्रष्ट भएको छ ।

पहिलो संविधानसभामा अनपेक्षित रुपमा आएको धर्म निरपेक्षताको प्रस्तावले मुलुकमा सनातन धर्म लोप हुने खतराको घण्टी बजेको अनुमान गरिएको थियो । यद्यपि यसलाई नेपाली नागरिकले सहर्ष स्वीकार गरी संविधानमा राख्ने अनुमति प्रदान गरेका थिए ।

तर मुलुक धर्म निरपेक्षतामा गइसकेपछि सनातन धर्मका गतिविधि घट्दै जानु तथा आयातित धर्मले व्यापकता पाउनु त्यसमाथि कुनै धार्मिक संस्थाले कुनै अमुक दलको पक्षमा खुलेआम भोट माग्नुलाई गम्भीर रुपमा लिइएको छ ।

यसका साथै उक्त संस्थाले खुलेआम रुपमा आफ्नो गठबन्धनलाई भोट मागिदिएपछि गठबन्धनमा रहेका वाम शक्तिहरुले समेत यसबारे आफ्नो धारण स्पष्ट पार्नु पर्नेमा त्यसो पनि नभएकाले उनीहरु कै संरक्षण र रुचीमा नै त्रिश्चियनहरु प्रचारमा सक्रिय भएको आरोप लाग्न थालेको छ ।

त्यसवाहेक राष्ट्रवादी शक्तिहरु भनिएका दल नै आयातित धर्मको प्रचार वाहक बन्नुले राष्ट्रवादको आवरणभित्र कालो धब्बा भएको अनुमान गर्न थालिएको हो ।

यदि यो गठबन्धन क्रिश्चियनका बाहन थिएनन् भने हिन्दु राष्ट्र मािथ हमला गर्नु थिएन । अब हामी के आशा गर्न सक्छौं । जसले आफ्नै खुट्टामा बन्चरो हान्छ आफ्नो धर्म आफै मेटाउछ भने हामी त्यसको बारेमा भ्रमित हुन्छौं भने सम्पूर्ण जनता जर्नाजनहरु कति भ्रमित होलान् यो प्रतिक्षाको विषय रहेको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *