विश्व हिन्दू महासंघ द्वारा राजा ज्ञानेन्द्रको समर्थन

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

काठमाण्डौं, ११ कार्तिक । गएको साता पूर्वराजा ज्ञानेन्द्र शाहले दिनुभएको अभिव्यक्तिलाई विश्व हिन्दू महासंघले स्वागत गरेको छ । विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियले शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै महासंघले सो अभिव्यक्तिलाई स्वागत गरेको हो ।

गएको साता कात्तिक ४ मा राजा शाहले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै देशको अभिभावकका रूपमा मुलुकलाई नेतृत्व दिन र जिम्मेवारी लिन तयार रहेको अभिव्यक्ति दिनुभएको थियो । महासंघले उहाँको सो अभिव्यक्तिलाई समय सान्दर्भिक, राजनीतिक स्थिति अनुकूल तथा स्वागतयोग्य भनेको छ ।
महासंघले यस कार्यक्रम मार्फत सम्पूर्ण राष्ट्रवादी देशभक्त शक्तिहरूलाई राष्ट्रिय एकताका लागि एक जुट हुन आह्वान समेत गरेको छ ।

महासंघका अध्यक्ष भरतकेशर सिंहले देश लथालिंग अवस्थामा पुगेकोमा चिन्ता व्यक्त गर्दै विखण्डन हुनबाट राष्ट्रलाई बचाउन सबैलाई आह्वान गर्नुभयो ।

मुलुक नेतृत्वविहीन हुँदै गइरहेको आभास जनतामा बढ्दै आएको, राजनीतिक विचलन, अन्योलता, भ्रष्टाचार, हत्या, हिंसा, अराजकता, राजनैतिक खिचातानी र धर्म संस्कृति, परम्परा, मूल्य र मान्यतालाई समाप्त पार्दै नेपालको मौलिक पहिचान नै नामेट
गरी राष्ट्रिय स्वाधीनता खतरामा परेको महासंघ ले जनाएको समाचार विभिन्न समाचार माध्यमहरुले प्रकाशमा आएका छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *