नारायणहिटी दरबारको विकल्प दिल्ली दरबार हुन सक्तैन !

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

हामीलाई त्यो दिनको झझल्को आउँछ जुन दिन राजा विरेन्द्रले द इन्डिपेन्ट एक अंग्रेजी पत्रिकालाई २०४८ पछि अन्तरवार्ता दिएका थिए । मुख्य मुख्य २०÷२५ प्रश्न मध्ये एउटा थियो विश्व परिवेशको बारेमा । राजा विरेन्द्रको उत्तर थियो ‘अबको विश्वमा भयावहको स्थितिको सिर्जना भएको छ । त्यसबाट नेपाल मात्र अलग रहन सक्तैन तैपनि मैले आशा गरेको छु त्यो भयावह स्थितिको सामना नेपाली जनताले गर्नेछन्’ भन्ने उद्गारहरुले नेपालीको मनमस्तिष्क सताई रहेको छ । आज एक निरीह व्यक्ति तर उचो व्यक्तित्वका धनि राजा विरेन्द्रको हत्यापछि राजा ज्ञानेन्द्र शाह माथि खनिन खोजेका छन् । जसरी अन्तरवार्ता दिदा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सार्वजनिक रुपमा राजालाई हकार्न खोजे । त्यसैगरी वर्तमानको परिप्रेक्ष्यमा राजा सत्ता बाहिर रहेका अवस्थामा पनि केही बोल्दा नियन्त्रण गर्न खोजि रहेका छन् हाम्रा नेताहरु ।

हामी सबै यो देशको प्रगति कै लागि लागि परेका हौं भने सम्पूर्ण विविध विचारधारालाई एकिकरण गरी सबै नेता जनता राजा एक भएर यो देशको खातिर लाग्नु बेश हुनेछ तर राजाले विश्राम लिएको बेला जसरी जनताका भावना समेटी नयाँ नेपालको नयाँ संविधान बनाउने भनि गाउँ, शहरमा नेता कार्यकर्ता जनताको सुझाव दिन हातमा जनमत बटुल्ने फाराम लगेर वितरण गरी प्रत्यक्ष लेखि ३ लाख भन्दा बढीको राय संकलन गरी संविधान निर्माण भवनमा पुगे नेताहरु । त्यही भवनको एक कुनामा बोरामा थन्क्याइए । तेस्रो इसाई मुलुकहरुबाट प्राप्त विचार तथा निर्देशनका हरफहरु हाम्रो संविधानमा अटाएकै विरोधमा मधेश आन्दोलन भयो । ४०।५० जनाको मृत्यु समेत भयो । त्यति मात्र नभई नेपाल भारतको सीमा नाकामा समेत असहज स्थितिको सिर्जना भयो । नेपालको राष्ट्रिय झण्डा, नेपाली राष्ट्रिय पोशाक माथि हमला भयो ।

सवैप्रथम नेपाली पोशाकको अपहेलना पुष्पकमल र बाबुराम बाट नै गरियो । त्यसपछि सि.के. राउत जस्ता दुतहरु द्वारा गरियो । सरकार र नेताहरुको सहनशिलताको फाइदा सि.के.राउतहरुले लिई रहेका छन् । त्यस्ता व्यक्तिहरुले नेपालको बारेमा जे बोले पनि हुने तर राजा ज्ञानेन्द्र शाहले केही बोल्न नहुने । राष्ट्र निर्माता पृथ्वी नारायण शाहको नीति निर्देशनमा देश निर्माणमा लागेका वीर अमरसिंह थापा, वीर बलभद्र तथा अन्य योद्धाहरुले खुट्टामा जुत्ता नलगाई दोचाको भरमा हिउँमा बसी लडेर यो देश निर्माण गर्ने हाम्रो सैनिकहरुको इतिहासलाई आज विलय गराउने पक्षमा रहेका नेताहरुले पुनः विचार गरी सोच्नु पर्ने अवस्था किन आएको छ भने यो देशमा राजसंस्था विनाको एकता अवश्य संभव देखिदैन । त्यसकारण राजा पनि यस देशका संस्थापक भएकाले कमसेकम देशको सल्लाहकार प्रमुखको रुपमा भएपनि अवश्य रहनैपर्छ भन्ने जनभावनाको कदर हुनै पर्दछ भन्ने व्यापक परिचर्चा सबै सामु हुदा त्यसको कदर नेताहरुबाट हुनैपर्ने हामी पनि ठान्दछौं ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *