इसाई समाजको विज्ञप्तिको शल्यक्रिया

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

ज्योतिाष विज्ञानका अनुसार अजोज कार्तिक महिनामा सूर्य ग्रह पृथ्वीको सबैभन्दा नजिक हुन्छ । जसलाई नीच राशीगत सूर्य भनिन्छ । तुलाराशी अर्थात् कार्तिक १० गते सम्म सूर्य अत्यन्तै कमजोर हुन्छ । सूर्यलाई जगत पिता भनिएको छ । सूर्यबाट नै पृथ्वी र चन्द्रमाको जन्म भएको कुरा वेदले हजारौं वर्ष पहिले उल्लेख गरेको छ । पृथ्वीबाट प्राणीको जन्म भयो । त्यसैले सूर्य, पृथ्वी र चन्द्रमा आदि ग्रहको असर मानव शरीरमा पर्दछ ।

सूर्य कमजोर भएको बेलामा अनेक प्रकारका आराधना उपासना गरेर मानवले आफूलाई बचाउनु पर्ने हुन्छ । सूर्यले प्राणीको शरीरमा असर गर्छ भने चन्द्रमाले मनमा असर गर्छ । त्यसैले सूर्य ग्रहण वा नीच सूर्य भएको बेलामा खानु, पिउनु, हिड्नु, सुत्नु, पढ्नु लगायत अन्य विविध कर्म गर्नु हुदैन भनिएको छ, जसको एकमात्र कारण प्राणी मात्रको हित हो किनभने विश्वमा सर्वे भवन्तु सुखिन भन्ने सबै सुखी होउन, निरोगी हुन्, सबैको भलो होस् कसै प्राणीलाई दुःख नहोस् भनेर प्रार्थना गर्ने एक मात्र धर्म हिन्दु हो ।

सनातन हिन्दु धर्म प्रकृतिको धर्म हो । सृष्टिको सङ्सङै यसको जन्म भएको हो । विश्वमा जति पनि प्राकृतिक वस्तु जस्तैः हावा, पानी, ढुङ्गा, माटो, रुख, पहाड, पशुपंक्षी, कीरा, कमिला, शङ्खेकीरा लगायत सजिव निर्जिव वस्तुको पूजा गर्ने एकमात्र धर्म हो । सनातन धर्म भन्नु नै हिन्दु आर्य धर्म हो । संसारमा जति पनि धर्म भनिएका हुन् वास्तवमा तिनि धर्म नभई कुनै एउटा लोग्ने मान्छे द्वारा स्थापना गरिएका दल वा पार्टीहरु हुन्, सम्प्रदाय हुन् । यसको एकमात्र कारण वैदिक हिन्दु धर्म बाहेकमा समावेशिता रत्तिभर पनि छैन । नारी शक्ति पूजा कहीकतै छैन । एक मात्र लोग्ने मानिसलाई देवता वा देवदूत, भगवान, अल्लाह, गड वा प्रभु मानिएको छ तर देवीको कुनै स्थान छैन । नारी विना पुरुषको सृष्टि हुन सक्तैन । त्यसैले नारीको पूजा नगर्ने धर्मलाई धर्म नभनेर भ्रम भन्नुपर्छ ।

तस्बीरः राष्ट्रिय इसाई समाज एकता केन्द्र नेपाल द्वारा जारी विज्ञप्ति ।

नेपालको संविधानमा धर्म निरपेक्षता कुटिल वाक्य लेखाउन लाखौं डलरहरु विनियोजन गर्ने यूरोपियन युनियन लगायत इसाई मिसिनरी एवं चर्चको कुचक्रमा परी २०७२ सालमा नेपालका नेताहरु फसि सकेका छन् । भुकम्प पीडितलाई राहतका पोका, खानेकुरा दिनुको बदलामा बाइबल तथा धर्मान्तरण पर्चा पम्पलेट बाडिँनु अर्काे कुचक्र हो । त्यस्तै स्थानिय चुनावमा उपत्यका लगायत कतिपय स्थानमा मेयर तथा सदस्यहरुलाई जिताउन इसाई मेसिनरी एवं कतिपय एन.जि.ओ., आइ.एन.जि.ओ.हरुले पैसाको खोलो बगाए तर जिताउन सकेन । उनको सपना पुरा भएन ।

यस्तै यही मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा वाम गठबन्धनलाई जसरी भएपनि जिताउन काठमाण्डौंले सम्पूर्ण इसाई समाजलाई उर्दी जारी गरेको छ । एमाले र माओवादीलाई मात्र भोट दिनुपर्छ यिनीहरुले नै नेपालमा धर्मान्तरणमा सहयोग पु¥याइ रहेका छन् । धर्मान्तरण गरेका धेरै नेताहरुमा उम्मेदवार समेत बनेका छन् । इसाई तथा चर्चसंग वाम गठबन्धनको गठनबन्धन भएको प्रतित हुन्छ । नत्र नेपालमा इसाईहरुले कुनै अमुक्त दललाई मात्र भोट दिनु पर्छ भनेर विज्ञप्ती जारी गर्नुपर्ने कारण के त ? त्यस्तै कपिय जातजातिका जातीय संगठनहरुले पनि हिन्दु धर्मको विरोधमा लागेका वा धर्मान्तरण गरी क्रिश्चियन बनेकाहरुलाई सहयोग गर्नुपर्छ भनेर विज्ञप्ती दिएका छन् । खुल्लम खुल्ला रुपमा हिन्दु राष्ट्र नेपाल भित्रको यो वितण्डावादले नेपाल कही इसाई स्थान बनाउने प्रयास त होइन भन्ने आशंका आम नेपाली मनमा छ ।

जसरी २०६२÷६३ को आन्दोलनमा जनताले उठाउँदै नउठाएको धर्म निरपेक्षताको मुद्दा नेपाली समाजलाई धोखा दिएर मुठ्ठीभर नेताहरुले रातारात नेपाललाई धर्म निरपेक्ष बनायो । नेपाल धर्म निरपेक्ष बनाएको होइन कि हिन्दु धर्म निरपेक्ष बनाएको हो । हिन्दु हिन्दुत्वलाई हटाउ इसाई र चर्च ल्याऊ भनेको हुनुपर्छ । नत्र आज भन्दा ५० वर्ष पहिले डडेल्धुरामा इसाई मिसिनरीहरुले रोगीको सेवाको नाममा काम गर्दै आएका थिए । तिनलाई कसैले केही नगरेर त्यस्तै महेन्द्रनगरको मुटुमा रहेका कटान सालघारीमा मुसलवानहरुको मसानघाटका लागि २०५४÷५५ सालतिर १ विघा जमिन दिइएको छ । जबकि हिन्दुहरुका लागि मसान धेरै छैन ।

यदि हिन्दु धर्म असहिष्णु हुन्थ्यो भने न त डडेल्धुरा पोखराको इसाई अस्पताल रहन्थ्यो न त कटान सालघारी र एक नम्बर गल्लीको मस्जिद रहन्थ्यो । यस अर्थले हिन्दु धर्म सबैको हो । यसमा समावेशिता छ, समरसता छ । यो धर्म एमाले, माओवादी, कांग्रेस, राप्रपा, राजपा, नेमकिपा, विवेकशील साझा पार्टी, मधेशी दल, जनजाति दलित दल सबैको हो । नेपालमा हिन्दु धर्मको संरक्षण गरिनु बौद्ध, जैन, किँरात र मुस्लिमका लागि पनि आवश्यक छ । धर्मका नाममा कुनै राजनीतिक दललाई समर्थन गर्नेहरु धेरै दिन चल्दैन र त्यो पार्टी पनि धेरै दिन चल्दैन । त्यसैले वाम गठबन्धनले इसाईहरु द्वारा जारी गरिएको यो विज्ञप्तिबाट सावधान रहनुपर्छ । अन्यथा उसैले घाटा हुन सक्छ समय रहदै वाम गठबन्धनको चेत खुलोस् । यही मनोकामना व्यक्त गर्दै चुनावको लागि अनन्त अनन्त शुभकामना व्यक्त गर्दछु ।

(लेखक आध्यातिमक प्रवक्ता हुनुका साथै मानस चिन्तक हुन् ।)

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *