नेपाल र भारत – रोटी बेटीको सम्बन्ध

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

हिजो आज कहिलेकाहिँ नेपाल भारत बिचको रोटीबेटीको सम्बन्धको पनि चर्चा हुने गर्दछ । दक्षिणतिरको सम्पुर्ण भु–भाग भारत सित सिमाङ्क्रीत तथा दुबैतर्फ एकै समान भाषाभाषी एवं जातजाती र भेषभुषाका नागरिकहरुको बसोबास नै यसको प्रमुख कारण हुन सक्दछ । त्यसको अलावा नेपाल र भारतको नागरिक बिच विवाह बन्धनको हजारौं वर्षको इतिहास पनि रहेको छ । दुबै देशतर्फ मानिसहरु कामको खोजीमा निर्धक्क आउने जाने पनि गर्दछन् ।

विवाह पञ्चमी राम र सिताको बिवाहको उत्सव हो । यो मंसिर महिनाको शुक्लपक्षको पाँचौ दिन मनाइन्छ । मिथिला क्षेत्र तथा अन्य नेपाल भारतका न्दिरहरुमा यस पर्बलाई विशेस रुपमा मनाईन्छ । भारतको अयोध्याबाट भगवान रामको जन्ती जनकपुरमा ल्याइन्छ र सम्पुर्ण बिवाहको सामाजिक कर्महरु सम्पन्न गरिन्छ । अयोध्याका राजा दशरथका जेष्ठ सुपुत्र रामसँग मिथिला नरेश जनक कि सुपुत्री सिता सँग बिवाह भएको इतिहास आज पनि हामी दुई मुलुक बिच अत्यन्त भक्तिभावका साथ सम्झेर त्यस दिनलाई एक धार्मिक उत्सवका रुपमा वैदिक सनातन परम्परा अनुसार मनाउने गर्दछौं । हिन्दु धर्मालवम्बीहरु राम र सितालाई भगवानको रुपमा पुजाआजा गर्ने पनि गर्दछन् ।

भारत बर्षका महान सम्राट अशोकले २५० बिसीमा नेपाल भ्रमण गरेको इतिहास छ । उक्त समयमा काठमाण्डांैमा किरात वंशका १४ औं राजा स्थुँको राज्य गर्दथे । आफ्नो भ्रमणको समयमा सम्राट अशोकले विभिन्न स्तुपाहरुको निर्माण पनि गराएका थिए । आफ्नो राजकिय भ्रमणलाई अझै बढी प्रगाढ र महत्वपुर्ण बनाउन उनले आफ्नी छोरी चारुमतीको बिवाह क्षेत्रिय राजकुमार देवपाल सँग गराएका थिए ।

शाह वंशिय राजाहरुले पनि भारतबाट बिवाह गरेको अथवा छोरीको बिवाह उता गरेको इतिहासहरु छन । रणबहादुर शाहले बिहार राज्य भारतको तिरहुत क्षेत्रबाट एक ब्राम्हण कन्या कान्तावती सँग बिवाह गरेका थिए । यिनै कान्तावतीबाट राजा गिर्वाणजुद्ध बिर बिक्रम शाहदेवको जन्म भएको थियो । तिरहुत राज्यको राजधानी सिम्रौनगढमा पर्दथ्यो, जुन हाम्रो देश नेपालको बारा जिल्लामा पर्दछ । दिल्ली सल्तनतका सुल्तान गयासुद्दिनबाट पराजित भएपछि तिरहुतका राजा हरिसिङदेव भक्तपुरमा शरण लिन पुगेका थिए । भक्तपुरका तत्कालिन राजा रुद्रमल्लकि छोरी नायक देविको बिवाह बनारसका राजकुमार हरिश चन्द्र सँग भएको थियो । तर पछि तिनै नायक देविको दोश्रो बिवाह हरिसिङ्देवका पुत्र जगत सिङ सँग भएको पनि इतिहास छ ।

महाराजा राजेन्द्र बिर बिक्रम शाहदेव कि महारानी साम्राग्य राज्यलक्ष्मी देवि चिल्वा गोरखपुर कि थिइन् । राजा त्रिभुवन कि माता दिभेश्वरीलक्ष्मी देवि शाह काङ्गरा पंजाब कि राजपुताना राजकुमारी थिइन् । राजा त्रिभुवन कि प्रथम महारानी कान्तिराज्य लक्ष्मी देवि शाह अवध चतरा भारतका राजा अर्जन सिङ्घसाहेब कि छोरी थिइन् । तिनकै दोश्री सुपुत्री ईश्वरीसँग पनि त्रिभुवनको बिवाह भएको थियो । राजा त्रिभुवनकी सुपुत्री भारती राज्यलक्ष्मी देविको बिवाह मयुरभन्ज उडिसामा भएको थियो । तत्कालिन नेपालका राणाहरुले पनि भारतका विभिन्न राजपुत घरानाहरुसँग बैवाहिक सम्बन्ध स्थापित गरेका थिए । जसमा द्धेठिकन्न, जसमोर, पुन्डिर, बाँका, गोगुँडा, समोड, निमराणा, महेन्द्रगढ, मेधा, फतेहनगर, जोरावर, खैरिगढ ईत्यादीका राजघरानाहरु पर्दछन् । मोहन शमशेर जबराकि नातिनी, यशोराज्यलक्ष्मी (शारदा शमशेर कि पुत्री) को बिवाह करण सिङ्घ, महाराज ओफ जम्मु कश्मिर सँग भएको थियो ।

नेपालका विभिन्न भागमा बस्ने नेपाली र नजिकको भारतका बासिन्दा बिच पनि इतिहास देखि वर्तमान सम्म बिवाह भइरहेकै छ । कुमाउ र सु.प.का बिचमा यस्तै खालको बैवाहिक सम्बन्ध रहि आएको छ । कतिपय स्थानहरुमा नेपालबाटै गएकाहरुको स्थाई बसोबास हुने गरेकोले तिनिहरुसँग पनि यस्तै प्रकारको बिवाह हुने गर्दछ । लखिमपुर भारतको सिँगाहिक स्बामा डोटी राज्यबाट बाईसे चौबिसे राज्यकै पालामा बसाईसराई गरेका नेपालीहरु बस्दछन् । यस्तै बिहारको रामनगर भन्ने स्थानमा पनि पाल्पा राज्यबाट गएका नेपालीहरुको बसोबास छ । इतिहास देखि वर्तमान सम्म यस्ता बैवाहिक सम्बन्धहरुले दुई देश बिचको मित्रताको एउटा दरिलो पाटोलाई दर्साउँछ । हुनत दुबै आ–आफ्नो स्थानमा सार्वभौमिकता सम्पन्न राष्ट्रहरु हुन, तर पनि यस्ता दुई तर्फी नातागोता गाँस्ने चलनले मित्रताको सुखद अनुभुती पक्कै गराउँछ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *