परिक्षार्थी र परिक्षक

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

परिक्षार्थीले अरुको लेख पुस्तकबाट नक्कल गरी परिक्षकलाई झुक्याई पास (सफल) भएका घटनाहरु धेरै छन् । त्यस्तै भएको छ आज यो देशमा, परिक्षार्थी रुपी नेताहरु परिक्षा दिन खुबै मेहेनत गरी आफु पढिरहेका नभई परिक्षकरुपी जनतालाई पढाई रहेका छन् जनता जनार्जन नेताहरुका भगवान जसलाई शासन सत्तामा पु¥याई दियो उसका भगवान जनता अन्यथा डा. के. आई. सिंहको अनुभव र सन्त नेता कृष्ण प्रसाद भट्टराईको विचारमा जनता उनिहरुका प्यारा प्यारा तर न्यारा भन्ने कुराहरु झलझली याद आइ रहन्छ । जनतालाई नेताहरुले जे जस्तो भगवानको पगरी भिराए पनि जनता हामी अभागी जसको इज्जत विश्व बजारमा लुटिन पुगेको छ । नेताहरुको बहकाईमा हामी विश्वास गरी हाल्छौं । नेताहरु भन्दैछन् हामी रातपछि दिन बनाई दिनेछौं ।

हो, त्यस्ता कुरालाई हामी विचित्रको ठान्दछौं । हामीलाई पनि थाहा छ रातपछि दिन एक अर्काका अभिन्न अंग हुन् । थाहा छ तैपनि उनैले गरी दिएको हामी ठान्दछौं हामी जनता । हामी जनतालाई नेताहरुले परिक्षक बनाई दिएका छन् र आफु परिक्षार्थी बनि पास गरी माग्न हाम्रो घरदैलो चर्हाछन् । त्यत्तिकैमा हामी खुसी हुन्छौं । केही लेख्न नसक्ने ज्ञानगुन नभएका ब्वाँसाहरुको उत्तरपुस्तिका हामी हेर्दै हेर्दैनौं । एन.जि.ओ. आइ.एन.जि.ओ.हरुले हामी परिक्षकहरुको लागि निशानी ल्याएका हुन्छन् । जसरी माछाको लागि बल्छीमा चारो राख्दछन् माझीहरु, अनि माझीहरु आफ्ना भगवानरुपी माछालाई त्यही बल्छीको सहाराले हात पार्छन् ।

हामी भगवान रुपी जनता आज विश्व माझ अपमानित भएका छौं । बुद्धको देश नभएर हत्यारा बेरोजगारीको देश विश्वका सामु मानव मजदुरको खानी भएको छ । यो देश सरकार र नेताहरु त्यही रेमिटान्समा रमाई रहेका छन् । थप सहयोग पश्चिमी राष्ट्रहरुको इच्छा पुरा गरी दिए वाफतको अपवित्र रकमले चलेको छ यो देश । यो देशको धर्ती बाँझो छ तर युवाहरु बेरोजगार छन् । महिला युवतीहरुलाई मुम्बई, जी.पी. रोडका कोठीहरु भन्दा पनि नयाँ स्थानको खोजी गरी अरवियन मुस्लीम इसाई देशहरुका घरेलु कामदारको नामबाट हामी पठाई रहेका छौं । भारतलाई त हामी विदेश ठान्दै ठान्दैनौं । भारतको केही भाग नेपालीको हातबाट गुमेको हुदा हाम्रो आधा भन्दा बढी जनसंख्या पूर्व विशाल नेपालमा त छदै थियो फेरी दैनिक रोजी रोटी खोज्न थप नेपालीहरुले उतै जानु परेको छ । भारतमा नेपालीहरुले सरकारी नोकरी पाएका छन् भने आधी जनता मजदुरी गर्न कै लागि पुरा भारत भरी छरिएर रहेका छन् ।

नेपालको संविधान २०७२ अनुसार प्रथम प्रतिनिधि सभाको निर्वाचनको घोषणा भइसकेको छ । राजनीतिक दलहरु दलबलका साथ जनता जनार्जन आफ्ना चुनाबी भगवान रुपीका घरदैलोमा पुगी परिक्षकरुपी जनतालाई भ्रम फैलाई आफ्नो पक्षमा तान्दैछन् । हुन त परिक्षाको घडी हो, नेतारुपी परिक्षार्थी परिक्षाको तयारीमा छन् तर परिक्षक रुपी जनता उत्तरपुस्तिका जाँच्न सक्ने स्थिति नहुनुका कारण धेरै छन् । परिक्षकहरु सित पनि न स्थायित्वका विचारधाराहरु छन् न आफुखुसी स्वतन्त्र रुपले कापी जाँच्न सक्छन् । जसले बल्छीमा चरा राख्यो त्यो चराको लागि माछा स्वयं प्रफुल्ल भएर आफ्नो भाबी शेष जीवन बल्छीलाई हासी हासी दिन्छन् । आज सम्मका परिक्षकहरुमा ३० प्रतिशत पनि स्वविवेकी छैनन् । देश र आफ्नो अस्तित्व बचाउने न हिम्मत छ न बुद्धि विवेक, किनभने जसरी हामी मनुष्य आजको स्थिति सम्म पुग्यौं त्यो प्राकृतिक नियम बैज्ञानिक खोजविन हाम्रो आवश्यकताले गरेका प्रगति र दुर्गति हुन् । विकासको चरमविन्दुमा पुगेपछि पुनः पुनः युग परिवर्तन हुदै जाने नियमहरु छन् । वर्तमानको विश्वका वैज्ञानिकहरुले विश्व ध्वस्त पार्न सक्ने षड्यन्त्रका पोकाहरु बनाई सकेका छन् । उहिलेको हिटलर र वर्तमानमा सुध्रिएका हिटलरहरुले संसार विजय गर्ने खेलमा लागेका छन् । षड्यन्त्ररुपी बल्छी नेपालमा पनि फालेका छन्, त्यो बल्छीले के कति समेट्न सक्छ समयले बताउनेछ ।

यस देशका परिक्षार्थी र परिक्षकहरुले समयमा होस् पु¥याएनन् भने परिक्षार्थीहरुले परिक्षक माथि हमला गर्ने गराउने छन् । आफ्नो प्रमाण पत्रमा मृत्यु पश्चात पनि औठाको छाप लगाउने छन् र अन्तमा नेपाल नामको विश्वविद्यालयलाई विघटन गर्ने गराउने छन् । देश सानो हुदैमा स्वाभिमान सानो हुदैन । देशको आकार ठूलो हुदैमा त्यो देश स्वाभिमानी हुदैन । आज भारत विशाल भारत छ । सन् १९४४ सम्म भारतको नाम निशानामा पनि वर्तमान शासकहरुको स्वामित्व थिएन । यस्तै हुन्छ विलय भइसकेपछि खास वास्ता गर्न सकिदैन । तपाई हामी सबैलाई थाहा छ झाँसी कि रानीले आफ्नो देशको लागि कसरी लडेकी थिइन् । त्यस्तै आसाम, मेघालय, महाराष्ट्र, जम्मु काश्मीर र केराला यी धेरै अलग देश थिए । परस्पर मिल्न नसकेकोले तेस्रो पक्षले हात पा¥यो तर केवल नेपालले मात्र अंग्रेजहरु सित मुकावाला गरेको सत्य छदैछ । त्यस्ता हाम्रा पूर्खाहरुको अपमान गर्नु आफ्नै अपमान गर्नु हो ।

हाम्रा वीर सैनिकहरुले तिब्बत लगायतका हिमाली क्षेत्र बद्री केदार हिमाञ्चल जस्ता हिउँ जम्ने ठाउँमा खुट्टामा जुत्ता नलगाई जुटले बुनेका बोरा दोचा लगाई खुट्टाका पैतलाहरु हिउँले सडन्जेल सम्म लडी नेपालको पूर्व तिष्टा पश्चिममा सतलज सम्मको भु–भाग आर्जन गरेका हुन् । आज उनकै तनसन्तान माथि हामी जाई लागेका छौं । नालापानीको किल्लामा गएको पानीका मुहान अंग्रेज सैनिकलाई थाहा थिएन । त्यस्तै देशद्रोही नेपालीले सिकाई दिदा मुहान बन्द गरी तिर्खाएका सैनिकहरुले किल्ला छोड्नु परेपनि आज सम्म बाँकी अंश यथावत रहेको छ । नयाँ नेपाल बनाउनेहरुले नयाँमा २ घुट पनि थप्न त के सक्थे भएका आली कान्ला मिच्दै लगेका छन् । वर्तमानका नेताहरु टुुलुटुलु हेरी रहेका छन् । २०७२ को संविधानमा नेताहरुका भगवान जनताका कुनै सुझाव नसमेटिएको संविधानको बाहिर भित्र विरोध भईरहेकाले टिकाउको ग्यारेन्टी पनि देखिदैन ।

यस पटक नेपालमा गणतन्त्रको राष्ट्रिय स्तरको प्रथम प्रतिनिधि सभाको निर्वाचनको घोषणा भइसकेको छ । उम्मेदवाररुपी परिक्षार्थीहरु परिक्षकहरुको घरघरमा गई उत्तरपुस्तिका बुझाउने तयारीमा देखिन्छन् । परिक्षकहरु परिक्षार्थी भन्दा चलाख छन् वा छैनन् त्यो कुरा नतिजाले देखाउनेछ र त्यसपछिको नतिजाले यो देशको भाग्य कोर्नेछ । देश रहने नरहने सम्बन्धमा बाह्य र भित्रि चर्चाहरु धेरै भइरहेका छन् । यसबारेमा पृथ्वी नारायण शाहको सयम देखि लिएर आज सम्मका गतिविधिहरु खास गरेर २०४६ सालको आन्दोलन ०४७ को संविधान कसले ल्यायो कसले लग्यो ल्याउने र लैजाने समूह के कति वैधानिक र अवैधानिक हुन् त्यसमा जनताको गलती थियो वा नेताहरुको, यस विषयमा आफ्नो परायालाई भुलेर जनतारुपी परिक्षकहरुले गहन अध्यनयन गर्नुपर्ने विषय रहीआएको छ ।

आजसम्म राम्रो नराम्रो जति नेता र राजाको टाउकोमा थुपारिन्थ्यो भने अबका राम्रा नराम्रा गतिविधि घटनाहरुको जिम्मेवार परिक्षकहरुले हुनुपर्ने छ । आशा छ परिक्षकहरु ले आफ्नै खुट्टामा बन्चरो हान्ने छैनन् र सर्तक रहने छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *