एउटा सत्य कुरा

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

जब राजा वीरेन्द्र अमेरिकामा अध्ययनरतको अन्ततर्फ पुगेका थिए नेपालको शिक्षा क्षेत्र लगायत विभिन्न क्षेत्रको बारेमा सोच्ने क्रममा राजाका साथमा रहेका सैनिक कर्नेल हिक्मत बहादुर विष्ट सित भन्नु भएछ, “राजाका छोराहरुले पढ्न विदेश जानुपर्ने बाध्यता हाम्रो देशमा रहेको छ, एउटा अन्तराष्ट्रिय स्कुलको स्थापना गर्नुपर्ने ठान्दछु कस्तो होला” भनेर कर्नेल विष्ट सित कुरा गर्दा “राम्रो हो सरकार, फेरी त्यही स्कुलमा दमाई कामी सबै पढ्छन् र एउटै स्कुलमा सबै जातजातिले पढ्नु पर्दा युवराज अधिराज कुमारहरुलाई अप्ठ्यारो त हुदैन” भन्ने प्रश्नमा युवराज विरेन्द्रको प्रतिउत्तर थियो कि “के हामी हरेक जातजातिको लागि अलग अलग स्कुल खोल्न सक्छौं ?” “सकिदैन सरकार” भनेपछि कुरा टुंगिएछ ।

अध्ययन सकेर नेपाल फर्किए लगत्तै एउटा स्कुलको स्थापना गरियो जुन स्कुलमा अधिराज्यभरीबाट पढ्नमा लगनशील रहने दमाई, कामी, सार्की तथा त्यस्तै अन्य दलितलाई प्राथमिकता दिएछन् । त्यो विद्यालय हो बुढानिलकण्ठको आवाशिय विद्यालय । दलित तथा जेहनदार विद्यार्थी निःशुल्क पढ्न खान बस्न पाउने व्यवस्था थियो । डडेल्धुरा बाट पहिलो पटक नै नाम ठ्याक्कै थाहा भएन । सार्की तथा त्यसपछि महेन्द्रनगरबाट जैरु गरी अधिराज्यभरीबाट हालका दलित भनिने जातिलाई प्राथमिकता दिएका थिए र आज सम्म उक्त विद्यालयको सुविधाको सूचीले पनि प्रष्ट पारेको छ ।

यस्ता उदार हृदय भएका राजपरिवार माथि नेताहरुले गरिरहेको अन्याय सबैलाई थाहा छ कि पादरी प्रतिको आकर्षण राजसंस्था प्रतिको घृणा जनता माझ असह्य भएको छ तर जनताको तर्फबाट सत्य कुराको नेतृत्व गर्न पनि धमाधम अगाडी सर्दैछन् । हजारौं राजाहरुको विगविगी भन्दा त एक राजा ठीक थिए भन्ने जनभावना पाइन्छ । यस्ता दुःख राजा हरिशचन्द्र, राजा नल, श्रीराम जस्ता मर्यादा पुरुषोत्तमलाई पनि परेका थिए । त्यस बेलाको जस्तो राक्षस प्रवृत्ति आज पनि छदैछ । तर राक्षस र मनुष्यको पहिचान गर्न मात्र कठिन छ किनकि मनुष्य हेर्दा राक्षस जस्तो छ भने राक्षस मनुष्य जस्तो तैपनि जनताले अवश्य पहिचान गर्ने नै छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *