‘समय आयो, जिम्मेवारी लिन र नेतृत्व दिन तयार छु’ः राजा ज्ञानेन्द्र

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

महेन्द्रनगर, ०४ कार्तिक । राजा ज्ञानेन्द्र शाहले आफू मुलुकको नेतृत्व र जिम्मेवारी लिन तयार रहेको बताएका छन् । शनिबार भाइटीका ग्रहणपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै राजा शाहले मुलुकमा नेतृत्व नै नभएको जस्तो देखिएको टिप्पणी गरे ।

एउटा जिम्मेवार नागरिक को हैसियतले आफूलाई मुलुकको चिन्ता र चासो हुनु स्वभाविक भएको भन्दै उनले आफूले नेतृत्व लिने समय आएको पनि दाबी गरे ।

‘अहिले दुबो, गोदावरी र मखमली फूललाई वास्ता नगर्ने तर, कागजको फूलमा सुवास खोज्ने परिस्थितिमा हामी हिँडिरहेका छौं’ शाहले भने, ‘त्यसैले अब समय आयो जस्तो लाग्छ, मुलुकको जिम्मेवारी र नेतृत्व लिन तयार छु । तर, सबैको चाहना भने हुनपर्छ ।’

आफ्नो यो भनाइ पछि फेरि राजा सक्रिय हुन खोज्यो भनिने उल्लेख गर्दै उनले अघि भने, ‘अब फेरि सक्रिय भयो भन्ने कुरा होला, यो सक्रिय हुने वा नहुने कुरा होइन, तर यो देशको परिस्थतिले मागेको र समय पनि आएको जस्तो मलाई लाग्छ ।’

उनले आजको दिन परिवार सँग बस्ने दिन भएको उल्लेख गर्दै नागरिकलाई आफूले भनेको कुरा ध्यान दिएर सुन्न पनि आग्रह गरे ।

श्री ५ ज्ञानेन्द्रबाट आएको अभिव्यक्तिको पूर्ण पाठ ।

‘एउटा जिम्मेवार नागरिकको हैसियतले मलाई देशको चिन्ता र चासो हुनु स्वभाविकै छ । अब समय आए जस्तो छ, जनताले जिम्मेवारी दिए म नेतृत्व लिन तयार छु । तर, सबै जनताको इच्छा हुनुपर्छ । देशको परिस्थिति र समय आएको छ, म फेरि दोहोर्याउछु तर, सबैले चाहनु पर्दछ । देशको परिस्थिति अन्त्यन्तै नाजुक अवस्थामा छ । अहिले परिस्थिति कस्तो छ भने देखिन्छ, दुबो, मखमली र गोदावली फूलको मालाको महत्व नबुझ्ने तर, कागजको फूलको सुवास खोज्ने, त्यो परिस्थितिमा हामी हिडि राखेको जस्तो लाग्छ मलाई’, ‘नेतृत्व नभा जस्तो देखिएको छ ।’

‘सबै जनताको इच्छा हुनुपर्छ र यो कुरा गर्दा फेरि सक्रिय भयो भन्ने कुरा निस्केला । यो सक्रिय हुने र नहुने बेला होइन’, ‘देशको परिस्थितिले मागेको समय आए जस्तो लाग्छ । तर, म फेरि दोहोर्याउछु सबैले यो चाहना गर्नुपर्छ । नयाँ संविधान अपूर्ण छ र यसले जनताको अधिकार सुनिश्चित गर्न नसकेको जनताले महसूश गरेका छन् ।’

‘आजको दिन परिवारसँग बस्ने दिन हो र परिवारसँग रमाइलो गरेर बस्ने दिन हो, यो दिनमा सुरक्षित साथ रहनुहोस् खुशी भएर बस्नुहोस्, तर जिम्मेवार सबै नागरिकलाई मैले भनेको कुरामा पनि ध्यान दिनुहोस् भन्ने कुरा आग्रह गर्दछु ।’

एउटा घरमा लुटपाट हुदा जसरी घरमुलीले चुप लागेर बस्न नसकेर पनि मनन गरि रहन्छ म यो घरलाई कसरी बचाऊ, घरको सदस्य संख्या धेरै हुन्छ त्यसमा ज्ञानी अज्ञानी पनि हुन्छन् कसले कहाँ कहाँबाट आफ्नै खालको भद्र अभद्र कुराहरु निर्देशित भएर आएको छ, त्यो घरमुलीलाई थाहा हुदैन जब घरमा आग लाग्छ र परिवारको भागाभाग हुन्छ अनि थाहा पाएझैं आज यो देशमा भइरहेको छ । जसले जति ठूला कुरा गरेपनि देशमा भएको जातिभेद, लिङ्गभेद, नातावाद, कृपावाद, पार्टीवाद बाहेक अरु केही भएको छैन । विकास निर्माणको कुरा गर्दा पूर्व मेची देखि पश्चिम महाकाली सम्म महेन्द्र राजमार्गको निर्माण ०४५ साल सम्म पुरा भइसकेको थियो । विचमा रहेका पुलपुलेसाहरु हाल सम्म निर्माण भइरहेकै छन् ।

सु.प.को सबैभन्दा ठूलो सिँचाई प्रणाली महाकाली सिँचाई परियोजनाको सुरुवात २०२८ साल देखि चालु भइ हाल सम्म विस्तृत निर्माणमधिन भइरहेकै छ । त्यस्तै विद्युत उत्पादन गृहहरु समय र आवश्यकता अनुसार बन्दै गएका छन् । जनसंख्याको आधार र उद्योग धन्दाको अनुपातमा जे–जति आवश्यक पर्छ सो बमोजिम आपुर्तिको व्यवस्था विस्तारै भइरहेको छ । प्राकृतिक प्रकोपबाट ठूला जलविद्युत आयोजनाहरुलाई असर पर्न सक्छ र साना साना जलविद्युत योजनाहरु चाडै बन्न सक्छन् भनेर २०४१÷०४२ सालको निर्मित योजनाहरुमा साना जलविद्युत आयोजनहरुको निर्माण गर्ने कार्यक्रम अनुसार धेरै योजनाहरु तयार भएपनि व्यवस्था परिवर्तन र २०४५ को नेपाल भारतको व्यापार–पारवहन नाकाबन्दीले गर्दा एक दशक ढिलाई हुन गएकोले विकासका काममा बाधा परेको तथ्य यथार्थ छ । त्यसपछि पनि २०४८ देखि लगभग २०५० साल सम्म केही विकास योजनाहरुमा द्रुत गति आएपनि २०५२ देखिको हत्या हिंसा, द्वन्दका कारणले सम्पूर्ण नेपाली जनताको दिमाग, मनमस्तिष्क केवल द्वन्दबाट कसरी बच्ने भन्नेमा रह्यो भने द्वन्द कार्यहरुले देशमा बनेका विकास निर्माणका संरचनाहरु सरकारी भवन, विद्युत गृहमा आगो लगाउँदै, बम पट्काउदै केवल ध्वस्त पार्दै गए । जुन संरचना एक रातमा बनाउने निधो गरेका थिए त्यो संरचना आज २० वर्ष पुग्दा पनि बन्न सकेको छैन । त्यस्तै देशको गतिको कदम विग्रेको छ । पाश्चात्य मुलुकहरुको स्वार्थ पूर्तिको लागि यहाँका संरचनाहरुको फेरबदल भइराखेको छ ।

यी सबै कुराको मनन गरेर हाम्रो धार्मिक सामाजिक सद्भावको संरचना ध्वस्त भएको बेलामा सुझावको रुपमा होस् अथवा जे–जस्तो रुपबाट भएपनि राजाले दिएको सन्देश देशका जनताको हितमा हुनुपर्छ र हामीले स्वाभिमान र स्वतन्त्रता र प्रजातन्त्र हमेसा बचाई राख्नेछ भन्ने सन्देश दिएका छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *