निर्वाचनलाई कसैले रोक्न सक्दैनः ओली

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

काठमाण्डौं, ०४ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश र प्रतिनिधि सभा निर्वाचन अब कसैले पनि रोक्न नसक्ने बताएका छन् ।

बालकोटस्थित निवासमा देउसी खेल्न आएका पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘निर्वाचन अब स्वच्छ, धाँधलीरहित र स्वतन्त्र रुपमा सम्पन्न हुन्छ, मुलुक निर्वाचनमय भैसकेको छ ।’ उनले मंसिर १० र २१ गते नै निर्वाचन हुने बताए । ओलीले सबैलाई तिहारको शुभकामना दिँदै आउँदै गरेको निर्वाचनमा भोट खेर नजाने गरी मतदान गर्न आग्रह समेत गरे ।

उनले भने, ‘तपाईंहरुको मत बलिदानबाट प्राप्त योगदानलाई संस्थागत गर्न सदुपयोग होस्, मेरो यही शुभकामना छ ।’ अध्यक्ष ओलीले तिहारले मानव जातिलाई उज्यालोतिर, खुशीतिर, सुखीतिर जान मद्दत र्पुयाउने विश्वास व्यक्त गरे भन्ने समाचार विभिन्न मिडियाहरुले जनाएका छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *