गृह प्रशासन निर्वाचन आयोग मातहत हुनुपर्छः चन्द

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

काठमाण्डौं, ०४ कार्तिक । पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले निश्पक्ष र स्वतन्त्र निर्वाचन सम्पन्न गर्नको लागि गुप्तचर विभाग सहित सम्पूर्ण प्रशासन निर्वाचन आयोग मातहत हुनुपर्ने बताएका छन् ।

आफ्नो निवासमा देउसी खेल्न आएका पत्रकारहरुसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री चन्दले भने, ‘निर्वाचन भएरमात्रै भएन, स्वतन्त्र हुनुर्पयो, धाँधली हुनुभएन, अहिले हेर्नुहोस् त व्यवस्थापन प्रति कत्रो आलोचना छ ।’

उनले निर्वाचन आयोगका मातहातमा मुलुकको गृह प्रशासन तथा सरकारी प्रशासन नरहीकन भएका विगतका निर्वाचनहरु पनि निश्पक्ष नभएको दृष्टान्त पेश गरे ।

चन्दले थपे, ‘विगतका धेरै निर्वाचनहरु निश्पक्ष भएका छैनन् । त्यस्तै निर्वाचन गर्ने हो भने पहिले र अहिलेकोमा कुनै तात्विक फरक हुँदैन । यसको लागि अहिले ढिला भैसक्यो, समस्त प्रशासन निर्वाचन आयोगको मातहतमा हुनुपर्छ, गुप्तचर विभाग सहित ।’

उनले निर्वाचन आयोगको काम कारवाही प्रति पनि असन्तुष्टि पोखे । उनले भने, ‘आयोगमा पनि दरिलो मान्छे हुनुर्पयो, आज एउटा बोल्ने भोलि अर्को बोल्ने हुनु हुँदैन ।’ कुरा फेर्दै जादा हरेक काम कुरा फितलो हुने भएकाले चन्दका उक्त विचारहरु समसामयिक रहेका छन् भनेर बताउँछन् हरिराम विष्ट ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *