बाम गठबन्धनमा जनमोर्चा पनि सामेल

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

काठमाण्डौं, ०४ कार्तिक । देशमा एकताको आवश्यकता रहेको बेला एकताको कुनै अरु विकल्प नभएपछि र कुनै पनि राजनीतिक पार्टी प्रति जनताको एकतर्फी विचार नदेखिदा हरेक राजनीतिक पार्टीहरुको अवस्था डगमगिएको कारण सत्तामा पुग्न सबैलाई हतार भएको बेला विभिन्न पार्टीहरुले चुनाबी गठबन्धन गरेको छ जसलाई वाम एकता र लोकतान्त्रिक एकता भन्ने गरिएको छ । जसलाई जनताले छान्न सक्छन् त्यसको दायित्व जनतामा गएको छ र जनता पनि भ्रमित भएका छन् जसरी तोरीमा कोदो मिसाइ दियो भने छान्न जति असजिलो छ तैपनि जनताले हिम्मत, इमानदारी, लगनताका साथ उपयुक्त व्यक्तिको छनौट गर्ने छन् भन्ने सर्वसाधारणको धारणा रहि आएको पाइन्छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बाम गठबन्धनमा राष्ट्रिय जनमोर्चा पनि सामेल भएको छ । आशन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा प्यूठान र वाग्लुङका केही क्षेत्रमा जनमोर्चालाई ठूला बाम दलले सघाउने भएपछि तीन दलबीच सहमति भएको
हो ।

सहमति अनुसार प्यूठानको प्रतिनिधि सभाका जनमोर्चा र प्रदेशका एक÷एक क्षेत्रमा एमाले र माओवादी केन्द्रका उम्मेदवार हुनेछन् ।

यस्तै वाग्लुङका प्रतिनिधि सभा १ र २ मा क्रमशः एमाले र माओवादी केन्द्र तथा सो जिल्लाका चार प्रदेश क्षेत्र मध्ये एमाले र माओवादी केन्द्रलाई एक÷एक र बाँकी दुई स्थान जनमोर्चालाई दिइनेछ ।

देशभर तालमेलको सन्देश प्रवाह गर्न र एकले अर्काेलाई सघाउने तीन दलबीच सहमति भएको एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र मोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गत असोज १७ मा घोषणा भएको वाम गठबन्धनमा नयाँ शक्ति नेपाल भने असन्तुष्ट हुँदै लोकतान्त्रिक गठबन्धनसँग तालमेल गर्ने निष्कर्षमा पुगेको छ ।

आज निर्वाचनको बेलाको एकता कतै जनआन्दोलनको बेलाको एकता जस्तो नहोस् । यदि त्यस्तो भयो भने देशमा झन् आगो लाग्ने खतरा हुन सक्छ । यदि एकता गर्ने हो र पार्टी एकिकरण हुने हो भने इमानदारीपूर्वक दुरदृष्टिलाई ध्यानमा राखी गर्नुपर्दछ । अन्यथा, झन् दुःखमा जनता र पार्टीहरु पर्नै छन् ।

निर्वाचनका बेला जनता र नेता कार्यकर्ता कसैले पनि न मात्तिनु पर्छ न आत्तिनु पर्छ । यो चलिरहने प्रक्रिया हो भने गम्भीरताका साथ पार्टी मुलाहिचा समेत त्याग गरी आफ्नो बुद्धि विवेकले कसैको बहकावमा नलागी निष्पक्ष तरिकाबाट नेताका भगवान भनिने जनताले विवेकपूर्ण मतदान गर्नुपर्ने देखिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *