दश वर्षमा १०२ जना एचआइभी संक्रमितको मृत्यु

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

महेन्द्रनगर, ०४ कार्तिक । विभिन्न समयमा गरेर कञ्चनपुरमा बितेको एक दशकमा एचआइभी÷एड्सको संक्रमणबाट १०२ जनाको मृत्यु भएको छ ।

कञ्चनपुरको महेन्द्रनगर स्थित महाकाली अञ्चल अस्पतालमा रहेको एच.आइ.भी. एड्स उपचार कक्षका जनस्वास्थ्य निरीक्षक नन्दराम भट्टले जिल्लामा रहेका ४१८ जना एचआइभी संक्रमित मध्ये १०२ जनाको हाल सम्म मृत्यु भएको जानकारी दिए ।

उनले एचआइभी÷एड्स औषधि सेवन गर्न सम्पर्कमा नआउँदै २५ र औषधि सेवन गरिरहेका मध्येबाट ७७ जनाको मृत्यु भएको बताए । २१ बालबालिका सहित ३ सय ६८ जनाले नियमित औषधि सेवन गरिरहेको बताउँदै जनस्वास्थ्य निरीक्षक भट्टले पछिल्ला वर्षमा एचआइभीका संक्रमितहरु बढ्दै गइ रहेको बताए ।

सम्पर्कमा आएका मध्ये २२ जनाले औषधि नै सेवन गरेनन्’, भट्टले भने, ‘दश जनाले औषधि सेवन गर्न बीचमै छाडे ।’

संक्रमितहरु अञ्चल अस्पतालमा निःशुल्क औषधि लिन र स्वास्थ्य चेकजाँचका लागि नियमित आउने गरेका छन् । ‘शुरुमा त संक्रमित खुलेर आउनै अप्ठ्यारो मान्थे ।’ जनस्वास्थ्य निरीक्षक भट्टले भने, ‘अहिले नियमित आएर औषधि लिएर जान्छन् ।’ उनले संक्रमितको स्वास्थ्य परीक्षण देखि विभिन्न किसिमका सुविधा अस्पतालले दिँदै आएको बताए ।
रासस

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *