नेता देखि प्रकृति सम्म !

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

प्रकृतिले पृथ्वीको इतिहास मेटाउन खोजे पनि वैज्ञानिकहरुले पत्ता लगाई छोडे र अझै पृथ्वीको इतिहासको खोजी भइ रहेको छ जुन खोज कहिल्यै टुंगिने छैन । अमेरिकाले आफ्नो इतिहास पूर्ण रुपमा खोजी सकेको छ । अब लोप हुन दिने छैन तर प्रकृतिले नै लोप गराए कसको के लाग्यो ।

भारत वर्षको इतिहास जीवन्त थियो र छ तर त्यसमध्ये केही मात्रामा नेपालको इतिहास मेटाउनमा वर्तमानका नेताहरु सक्रिय देखिए भने इतिहासको खोज गर्नमा योगी नरहरिनाथ थिए । नेपालको भुमि पवित्र भएपनि प्रकृतिले पनि नेपालको इतिहास मेटाउनमा सहयोग पुगेको छ । २०७२ वैशाख १२ गतेको भुकम्पले नेपालको अमुल्य इतिहास मेटाउने क्रम जारी राख्यो । हजारौं वर्ष पुरानो बस्ती उजाड ग¥यो, नदिनालाको मात्र होइन पानीका मुहान बदलिए । मानव निर्मित ऐतिहासिक तथ्यहरु नष्ट पा¥यो । सुनधारा काठमाण्डौंमा रहेको धरहरा ऐतिहासिक विचित्र कै थियो । विना सिमेन्ट विना फलाम चुनासुर्किको भरमा अमर रहेको धरहरा मात्र होइन त्यस्तै हनुमानढोका जस्ता मानव निर्मित संरचनाहरु नष्ट भए, केही अवशेषका रुपमा रहेपनि देशमा भाडभैलो मच्चियो ।

त्यस्तै गरी हाम्रो धर्म परम्परा मानव जातिको रहनसहन, लोक संस्कृति, आफन्त, भाइचारा, मानमर्यादा तथा राज्यसंस्था र संस्थापकहरुका निशानी नेताहरुबाट जनताको नाममा नष्ट गराए । नेपालको २ सय वर्ष भन्दा पुरानो इतिहास बोकेको वैज्ञानिक राजसंस्था माथि प्रहार भयो । मुलतः नेपाल निर्माता पृथ्वीनारायण शाह तथा भाषा एकिकरणका आदिकवि भानुभक्तको इतिहास मेटाउने दुःसाहस गरेका प्रमाणहरु सबै सामु छन् । नेपालको स्वाभिमान माथि विदेशी द्वारा आक्रमण गराउने काम सन् १९५० अर्थात् २००७ साल देखि छिमेकि कुटिल मित्र जवाहर लाल नेहरुलाई समर्थन गरी गराउने कामहरु निरीह बन्दि सरह नै रहेका राजा त्रिभुवनको रोहवरमा अदुरदर्शी नेताहरु द्वारा सुरु भयो ।

स्वाभिमान बचाउने प्रयासमा रहेका राजा महेन्द्र माथि पटक पटक आक्रमण हुदा पनि हत्या गर्न नसकेको कारणले हुनसक्छ पछि राजा महेन्द्रका शालिक मात्र तोड्नन् कि राजा वीरेन्द्र, पृथ्वी नारायण शाहका शालिकहरु पनि ध्वस्त पारे । ७ नं. प्रदेशको कुरा गर्दा महेन्द्रनगर बजार मा रहेको राजा महेन्द्र र कैलालीको अत्तरिया पूर्वपश्चिम राजमार्ग पहाडी राजमार्गको चोकमा रहेको राजा वीरेन्द्रको शालिक नष्ट पा¥यो । त्यस्तै गरी स्थानहरुको इतिहास हटाउने क्रममा महेन्द्रनगरको नाम हटाई भिमदत्तनगर राख्ने बदनियत प्रयास अझै जारी रहेको पाइदा हामीलाई दुःख लाग्नु पर्ने मुल कुरा हो । सनै सनै गरी नेपालीपन मेटाई भोलीका दिनहरुमा नेपाल नमेटिएला भन्ने आधार केही छैन ।

रिसको आवेग र षड्यन्त्रको भुमरीमा कसि नेपालको आत्मगौरव, इतिहास मेटाउने काम जानी नजानी गरेपनि अब जहा“ जे जस्तो थियो त्यही अवस्थामा पुनर्बहाली होस् भन्ने जनधारणा रहेको छ । कसैको लहडले आफ्ना छोराछोरी आमाबाबु तथा पार्टी कार्यकर्ताहरु र नेताको नाम राख्न कुनै पनि स्थानको नाम, इतिहास मेटाउने प्राकृतिक नियम छैन । प्रकृतिले समेत केही ऐतिहासिक अवशेष बचाउनमा सफल भएको छ भने नेताहरु नष्ट पार्नमा । देशको इतिहास सबैको साझा हो । केही सीमित व्यक्तिहरुको आक्रोसले नष्ट पार्न मिल्दैन । आज नेता देखि प्रकृति सम्म नेपालको इतिहास मेटाउनमा तल्लिन देखिएका छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *