बेगम हजरत महलको नेपाल निर्वास

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

बेगम हजरत महल (१८२०– ७ अप्रिल १८७९), लाई अवध कि बेगम पनि भनिन्छ । यिनी नवाब वाजिद अलिशाह कि द्वितिय रानी पनि थिइन् । यिनको पति कलकत्तामा निर्वासित भएपछि अवधको सत्ताको बागडोर यिनले सम्हाले कि थिईन । यिनले आफ्नो पुत्र राजकुमार बिर्जिसकादरलाई अवध
(लखनउ) को राजा पनि घोशित गरेकि थिईन । तर केहि समयको राज्य सत्ता पछि उन्लाई अङ्ग्रेजहरुले बिदेशिन बाध्य पारेका थिए । भारतको ईतिहासमा बेगम हजरत महलको स्थान एक स्वतन्त्रता सेनानीको रुपमा छ । ईन्ले १८५७ मा ब्रिटिस ईष्ट ईण्डियाहरु सँग युद्ध गरेकि थिईन । युद्धमा भएको हार पछि उन्ले नेपालमा आई शरण लिएको ईतिहास पनि छ । जहाँ उन्को सन १८७९ मा मृत्यु भएको थियो । महलको जन्म फैजाबाद अवधमा भएको थियो । ईन्को नाम मुहम्मदी खानम थियो । ईन्लाई पछि शाही दरबारमा खवासिन (सेविका) को रुपमा पुर्याईएको थियो । नवाब बाजिद अलिशाहले युबराज बिर्जिसकादरलाई जन्म दिएको खुशीमा उन्लाई बेगम हजरत महलको नाम र उपाधी दिएका थिए ।

–लेखक शरदचन्द्र ओझा

ब्रिटिसहरुले लखनउलाई पुन कब्जा गरेपछि बेगमले तत्कालिन नेपालका प्रधानमन्त्री जँगबहादुर राणा सँग शरण मागेकि थिईन र उन्लाई काठमाण्डौ थापाथली स्थित हालको नेपाल राष्ट्र बैँक रहेको भवनमा बस्न दिइएको थियो । आफ्ना दश बर्षको छोरा र केहि बिश्वासपात्रहरु सहित उनि लखनउबाट काठमाण्डौ आएकि थिइन र यहाँ उन्ले आफ्नो जिवनको अन्तिम बिस बर्ष काट्नु परेको थियो । जँगबहादुरको ब्रिटिशहरुसँग राम्रो सँबन्ध हुँदाहुँदै पनि बेगमलाई शरण दिएर उन्ले एक हितैशी छिमेकिको उदाहरण प्रस्तुत गरेका थिए । काठमाण्डौंमा सन १८५९ मा यिनको मृत्यु भएको थियो र यिनलाई रत्नपार्क नजिकको जामे मस्जिदमा ईस्लामिक परँपरा अनुसार दफनाईएको थियो । बेगम हजरत महलको स्मृतीमा लखनउको हजरतगँजमा पार्क बनाएको छ । विकिपेडियाका अनुसार बिर्जिस एक अब्बल दर्जाका सायर पनि थिए, र उनि काठमाण्डौमा मुसायराहरुको आयोजन गर्ने गर्दथे ।

यता श्री ३ जँगबहादुर राणालाई पनि भारतमा बिभिन्न मानपदवी र अलँकारहरुले बिभुषित गरेको ईतिहास पनि भेटिन्छ । सन १८५४ मा ईन्डियन ग्राण्डस र्विसमेडल, सन१८५८मा ईन्डियन कम्युटिनिटी मेडल, सन १८५८ मैनाईट ग्राण्ड क्रस अफ द अर्डर अफ द बाथ, सन १८७३ मा नाईट ग्राण्ड कमाण्डर अफ द अर्डर अफ द स्टार अफ द ईण्डिया, पृन्स अफ वेल्स मेडल १८७६ ईत्यादिबाट जँगबहादुर राणा बिभुषित थिए । उनको दुरदर्सिता र छिमेकि सँगको असल ब्यवहारको नमुना बेगम हजरत महललाई ईज्जतका साथ नेपालमा लामो समयका लागि सरण दिनुबाट प्रस्टै झल्किन्छ । बेगम एक बिराङ्गना थिईन, उन्ले भारतको ईतिहासमा साम दाम दण्ड भेदको चाल बोकेर आएका अङ्ग्रेजलाई प्रशस्त चुनौती दिएकि थिईन ।

बर्तमान परिवेशमा भारतले नेपाललाई लगाएको सुकर्महरुको मात्रै व्याख्या गरिन्छ, तर बिगतमा भारतको एकताको सवालमा हाम्रो मुलुक र यस्का शासकहरुले पनि त्यो भन्दा ठुलो गुण नलगाएका होईनन । तर अन्तरास्ट्रिय स्तरमा नेपालले ईण्डिया प्रती देखाएको असल छिमेकि ब्यवहारको बिशिष्टताको सवालको कुनै खास उपलब्धीपुर्ण जवाफ पनि छैन । बेगमको बिराङ्गना आफ्नो ठाउँमा अति बिषिटछ, तर एक योग्य शासकको रुपमा राणाहरुले देखाएको छिमेकि मित्रवत ब्यवहारको पनि त कुनै तुलना छैन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *