सामाजिक रितिरिवाज माथि हमला गर्दैमा देशको मुहार फेरिदैन

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

हिन्दु धर्म उदार छ । सामाजिक प्राणी मनुष्यलाई आपसी सदभावमा एकताबद्ध गर्ने हरेक धर्मको कदर गर्ने नेपालको उत्पत्ति देखि अन्तिम सम्म कुनै विवाद नभएको हिन्दु धर्म मात्र हो । हिन्दु धर्ममा हुर्केका श्री रामको शासन तथा मर्यादा पुरुषोत्तम श्रीराम प्रतिको भावमा कुनै कमि आएको छैन ।

वर्तमान समयमा पश्चिमी क्रिश्चियन राष्ट्रहरुको निर्देशनमा नेपालमा रहेको शान्ति सद्भाव मर्यादा माथि नेपाली विद्वान हौं भन्नेहरुबाट नै हमला भई रहेको छ । बृद्ध आमा बुबाको लागि बृद्धाश्रम, मर्यादित व्यक्तित्वहरु माथि अपशब्द प्रयोग गरी देवि देवताका मठमन्दिरहरुमा आफु खुसी गर्ने गराउने, बाबु आमाको मृत्युमा तथा छोराछोरीहरुको संस्कार कर्ममा टिकाटालो लगाउन नहुने भन्नेहरुको जमात अगाढी बढी रहेको छ । देशका जनताको भावना अनुरुप काम गर्ने जनता भगवान हुन् भनी सर्वसाधारण जनतालाई भ्रममा पारी आफु खुसी गर्ने नेताहरु आज पनि जनताको भावना जनमत विपरित काम गरी रहेका छन् ।

३ लाख भन्दा बढी जनताको लिखित सुझाव संविधानमा अटाउन दिएका सुझावमा ३ लाइन वा ३ अक्षर पनि अटाएनन् । नेताहरुले प्रजातन्त्र ल्याए लगे फेरी लोकतन्त्र ल्यायौं भने, त्यो पनि लैजाने षड्यन्त्रमा लागेका छन् । देशले जे माग्यो त्यो उपलब्ध हुन सकेको छैन । विदेशी क्रिश्चियन राष्ट्रहरुले भने बमोजिम नेपालको शासन व्यवस्था गरिदिए वाफत् उनीहरुले दिएको भिखरुपी सहयोगले न देश चल्छ न नेपाल आत्मनिर्भर हुनेछ ।

आज हामी परजिवि हुदैछौं । राजनीति, धर्म, मान सम्मान सबै आयात नै गर्ने हो भने हाम्रो अस्तित्वमा प्रश्न चिन्ह अवश्य लाग्ने देखिन्छ । हाम्रा परम्परा, धार्मिक रितिरिवाज, राजसंस्था माथि हमला गर्दैमा देशले मुहार फेर्दैन । आज त संसारका सबै देशलाई प्रान्त ठानी एक अमेरिकालाई मात्र राष्ट्र ठान्ने षड्यन्त्रको निर्माण भइरहेको महसुस हुदैछ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *