एम्नेस्टी इन्टरनेशनलको २६ औं वार्षिक साधारण सभा महेन्द्रनगरमा

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather


जगदिश प्रसाद अवस्थी, महेन्द्रनगर, २८ असोज ।
यही शुक्रबार देखि एम्नेस्टी इन्टरनेशनल नेपालको वार्षिक साधारण सभा महेन्द्रनगरमा सुरु भएको छ । सो सभाको प्रमुख आतिथ्य सम्माननिय पूर्व प्रधान न्यायाधीश सुशिला कार्कीले गर्नु भएको थियो ।

मानव अधिकार का घटनाहरु रोक्न निकै चुनौती रहेको अवस्था भएपनि एम्नेस्टी नेपालले रोक्नमा अहम भुमिका खेलेको कुरा बताएकी
छिन् । उक्त कुरा एम्नेस्टी इन्टरनेशनल नेपालको २६ औं वार्षिक साधारण सभाको कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा समुद्घाटन गर्दै बताएकी हुन् ।

आज सम्म मानव अधिकारकर्मीबाट भएका कामकारवाहीको बारेमा सन्तोष गर्दै सरहाना गरिन् । एम्नेस्टीको कामलाई आगामी दिनहरुमा अझै परिस्कृत बनाएर लैजान सके मानव अधिकार क्षेत्रमा ठूलो फड्को मार्ने उनको विश्वास रहेको छ । नेपालमा सत्ता सञ्चालन गर्ने दलहरुले सत्ता बाहिर रहदा एक खाले र सत्तामा रहदा अर्कै खालको व्यवहार देखाउने गरेकोले मानव अधिकार हननका घटनामा कमि आउन नसकेको उनले बताइन् ।

सन् १९७० मा एम्नेष्टी इन्टरनेशनल नेपाल भनेर नेपालमा स्थापना भएको हो । इम्नेष्टीले मानवअधिकार हननका विरुद्ध आवाज उठाउने कार्य गर्दै आइरहेको छ । एक देशमा रहेको एम्नेष्टीले अर्का देशमा भएको कुनै पनि मानवअधिकार हननका विरुद्धमा आवाज उठाउने दबावमुलक कार्यक्रम गर्ने लगायतका कार्यहरु गर्दै आइरहेको एम्नेष्टी एन्टरनेशनल नेपालले जनाएको छ ।

बर्माबाट निकालिएका शरणार्थी बनाइएका जनताहरुको मानव अधिकार हननको विरुद्धमा एम्नेस्टी इन्टरनेशनल नेपालले एक ¥यालीका साथ महेन्द्रनगर बजारको परिक्रमा गरी मदन चोकमा विरोध सभाको आयोजना गरेका थिए ।

यसै सिलसिलामा बर्माबाट यसपटक शरणार्थी बनी बंगलादेशमा शरण लिन पुगेका ५ लाख जनताहरुलाई बंगलादेशमा क्याम्प बनाई स्थापना गरेको भएपनि केही संख्यामा ती शरणार्थीहरुले नेपालमा पनि प्रवेश गरी रहेका छन् । यति सानो देश नेपालले भुटानी, बर्मेली र तिब्बती शरणार्थीहरुलाई आश्रय दिइरहेको छ । त्यसैमा झन् यस पटकको घटनाले गर्दा नेपाल दुखित भएको छ । विश्वबाट यस्ता मानव अधिकार हननका घटनाहरु हटाउने तथा कम गराउने काम सरकारहरुको हुन्छ । म्यानमार की प्रधानमन्त्री जब सत्ता बाहिर थिइन् त्यसबेला मानव अधिकार संरक्षणको बारेमा जोरतोडले लागेकि थिइन् जब उनी सत्तामा गइन् तब ठूलो संख्यामा मानव अधिकारको हनन गरेको देख्दा नेपालका बुद्धिजीनिहरुले पनि डराउनुपर्ने अवस्था आएको छ । मानव प्रवृत्ति विचित्रको छ, भोलीका दिनमा त्यस्तै घटना नेपालमा नहोला भन्न सकिदैन । त्यसैले समयमा नै सजक रहनु पर्छ भन्ने धारणा समेत वक्ताहरुले व्यक्त गरेका थिए ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *