कीटनाशक झुल निःशुल्क वितरण

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

महेन्द्रनगर, २८ असोज । औलोको उच्च जोखिममा रहेका कञ्चनपुरका आठ वटा स्थानीय तहका ३८ वडाका बासिन्दालाई ९६ हजार ७ सय ७१ कीटनाशक झुल निःशुल्क वितरण गरिएको छ ।

स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, ग्लोवल फण्ड र सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा ग्रामीण विकास आधार संस्थाले झुल वितरण गरेको हो ।

औलोको संक्रमण बढी देखिएका स्थानीय तहका छनोटमा

परेका वडामा निःशुल्क झुल वितरण गरिएको संस्थाका कार्यक्रम संयोजक रवीन्द्र यादवले बताए ।

‘आठ स्थानीय तहका ३८ वडाका बासिन्दालाई औलोको जोखिमबाट जोगाउनका लागि दुई जनालाई एकका दरले झुल वितरण गरेका छौँ’, उनले भने ।

नेपाल औलो रणनीति सन् २०१४÷२०२५ ले लिएको उद्देश्य अनुरुप सन् २०१६ मा गरिएको सूक्ष्म वडा स्तरीयकरणले उच्च तथा मध्यम जोखिममा देखिएका बासिन्दालाई झुल वितरण गरिएको हो ।

यसैगरी शुक्लाफाँटा नगरपालिकाका पाँच वडामा १५ हजार ५ सय ३६, लालझाडी गाउँपालिका का तीन वडामा दुई हजार १ सय ४५, बेदकोट नगरपालिकाका तीन वडामा ८ हजार २ सय ४९ र बेलौरी नगरपालिकाका आठ वडामा २२ हजार ८ सय ९५ कीटनाशक झुल निःशुल्क वितरण गरिएको छ ।
रासस

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *