इतिहासकै जम्बो ६४ सदस्यीय मन्त्रिमण्डल

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

देउवा द्वारा ७ औं पटक मन्त्रिमण्डल विस्तार

काठमाण्डौं, २८ असोज । राप्रपाबाट थपिएका चार मन्त्री तथा चार राज्यमन्त्रीको पद तथा गोपनियताको सपथग्रहण शनिबार बेलुका सात बजे भएको छ । १० र २१ मंसिरको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको आचारसंहिता लागि रहेका बेला चार मन्त्री र चार राज्यमन्त्री नियुक्ति गरे लगत्तै प्रधानमन्त्री देउवा आलोचित भए पनि राष्ट्रपति विद्यादेवी भण्डारीले चार मन्त्रीलाई सपथ गराएकी हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले चार मन्त्रीको सपथग्रहणको कार्यक्रम आज बेलुका ७ बजेलाई तय भएको जानकारी दिए । ‘चार मन्त्रीलाई आज साँझ ७ बजे राष्ट्रपतिले शीतल निवासमा पद तथा गोपनियताको सपथग्रहण गराउने तयारी छ’ उनले भने, ‘चार राज्यमन्त्रीलाई प्रधानमन्त्री सकेसम्म आजै राती सिंहदरबारमा पद तथा गोपनियता को सपथ गराउनुहन्छ ।’

शुक्रबार कमल थापा नेतृत्वका राप्रपाबाट देउवाले थापालाई उपप्रधानसहित चार मन्त्री र चार राज्यमन्त्री नियुक्त गरेका थिए । मन्त्रीहरुको सूची शुक्रबार नै राष्ट्रपति कार्यालय शीतलनिवासमा पठाए पनि दर्ता हुन सकेको थिएन । तर, राष्ट्रपतिले निर्वाचन आयोगजका पदाधिकारीसँग छलफल गरेपछि आज ७ बजेलाई सपथग्रहणको कार्यक्रम तोकिएको हो । आयोगका पदाधिकारीहरुले मन्त्रीको सपथ रोक्न सक्नेगरी आचारसंहिताले नछेक्ने सुझाव आयोगका पदाधिकारीले दिएका हुन् । यस अघि पनि निर्वाचनको आचारसंहिता लागेकै बेला भण्डारीले मन्त्रीलाई सपथ गराएकी थिइन् ।

राप्रपाबाट ८ मन्त्री नियुक्त भएसँगै मन्त्रिपरिषद्मा ६४ सदस्य पुगेका छन् । यस अघि नै ५४ सदस्य मन्त्रिपरिषद् बनाएर देउवाले २०५२ सालको ५२ सदस्यीयको आफ्नै रेकर्ड तोडेका थिए । राप्रपाबाट दिलनाथ गिरी, विक्रम थापा, जयन्त चन्द नियुक्त भएका हुन् । राज्यमन्त्रीमा कुन्ती शाही, भाष्कर भद्रा, कान्ता भट्टराई, सुशील श्रेष्ठ छन् । प्रधानमन्त्री बाहेक ३३ मन्त्री र ३० राज्यमन्त्री छन् । तर, माओवादीबाट सरकारमा १० मन्त्री भएकोले उनीहरुले
राजीनामा नदिएसम्म वा नहटाइएसम्म राप्रपाका मन्त्रीलाई मन्त्रालय तोकिने छैन । प्रधानमन्त्री देउवासँग शान्ति तथा पुनर्निर्माण मन्त्रालय मात्र बाँकी छ ।

यसरी मनपरीतन्त्रले देशको राज्य व्यवस्था धराशायी हुनेछ । ऐनकानून संविधानको बर्खिलाप गरेमा देशलाई नियन्त्रण गर्न कुनै हालतमा पनि सकिने अवस्था छैन । ०७२ को संविधान बडा विचित्रको रहेछ । संसारमा यस्तो कहि नभएको संविधान नेपालमा टिक्छ टिक्दैन यकिन भन्न सक्ने हिम्मत कसैलाई किन छैन भने संविधान सम्मत कामहरु न सभासदहरुले गर्न सकेको छ न सरकारले गरेको छ तर जनतालार्य भने जे गरेपनि केही भन्नु छैन किनभने जनता कै बन्चरो जनता कै घुँडा बाहिरकोले हेर्नु मात्र बाँकी छ ।

२५ जना भन्दा बढी मन्त्री मन्त्रीमण्डलमा राख्न नहुने भन्ने व्यवस्था ०७२ कै संविधानमा छ तर त्यो दफालाई समझदारी र भागबण्डाले निलम्बन गरिदिएको छ । त्यसकारण यो संविधान संसार कै निर्बल र नेताहरुको भाषामा अतिउत्तम छ भनिएको छ तर कुन दफाहरु अतिउत्तम छन् ती दफाहरु कहिले कार्यान्वयनमा आउने हुन् या होइन ? जातिभेद, लिङ्गभेद गरिएको छ केवल वर्णभेदबाट मात्र यो संविधान बचेको छ कारण सबै जातजाति एकै वर्णका भएपनि जातीहरु भने किटान गरिएकै छन् । सबै जातिलाई बराबर सम्मान दिइएको देशमा आज कसैबाट सम्मान खोसेर अर्काेलाई दिउको जस्तो देखाएतापनि न दिएको छ न खोसिएको छ । केवल जनजाति दलित वर्गहरुलाई भ्रममा पार्ने काम मात्र गरिएको महसुस हुन्छ । यदि समयमा संविधानलाई कानुन सम्मत नमानेसम्म देशले दुर्घटनाबाट बच्ला भन्न सकिदैन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *