मन्त्रिपरिषद् विस्तार रोक्न माग

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

काठमाण्डौं, २८ असोज । संसद विघटन हुनु एक दिन अगाडि प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचरसंहिता विपरित मन्त्रिपरिषद विस्तार गरेको विषयमा निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी) ले आपत्ति जनाएको छ ।

समितिले एक विज्ञप्ति जारी गर्दै मंसिर १० र २१ गते केन्द्रिय प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन घोषणा भई निर्वाचन आचार संहिता समेत लागू भइसकेको अवस्थामा निर्वाचन आचारसंहिता सम्बन्धी निर्वाचन आयोग सँगको सर्वदलिय सहमतिमा हस्ताक्षर समेत गरिसकेको अवस्थामा त्यसको विपरित मन्त्रिपरिषद विस्तार गर्नुको कुनै औचित्य नभएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘आचार संहिताको दृष्टिकोणले यो गम्भिर विषय हो र यसले देशमा द्वन्द्व बढाउँछ । संविधान, ऐन, कानून, नीति नियम पालना गर्न र कार्यान्वयन गराउन असहज हुन सक्छ । लोकतान्त्रिक सरकारप्रतिको जनविश्वास घट्दै जान्छ । खासगरी राज्यको संबैधानिक अङ्ग निर्वाचन आयोगको गरिमामय प्रतिष्ठा माथि प्रश्न उठ्न सक्छ ।’

समितिले नेपाली नागरिक, राजनैतिक दलहरु तथा मतदाताहरुको भावना विपरित गरिएको मन्त्रि परिषद विस्तार रोक्दै निर्वाचन आयोगले पनि आफ्नो भूमिका ससक्त बनाउनु पर्नेमा जोड दिएको छ ।

नेपालमा निर्वाचनको बेलामा कुन काम गर्ने कुन काम नगर्ने भन्ने कुराको जानकारी सम्पूर्ण राष्ट्रलाई हुनुपर्छ र त्यो हुनलाई कानून बनाई कानूनमा नै उल्लेख गरिएको भएयो काम आचारसंहिता भित्र पर्छ पर्दैन भन्न सकिने थियो । यहाँ यस्तो
देखिएन । कसैका मन परेन भनेमात्र आचारसंहित भनिने काम उचित होइन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *