संसदको विदाइको कार्यक्रम

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather


काठमाण्डौं, २८ असोज । संविधान सभाबाट रुपान्तरित व्यवस्थापिका–संसद्को अन्तिम बैठक शनिबार बसेको छ । संसद्को अन्तिम बैठक बस्नुअघि सभामुख ओनसरी घर्ती सहित सांसदले सामूहिक तस्वीर खिचाउने कार्यक्रम गरेका थिए । त्यसपछि अपराह्न ३ बजे बैठक बसेको संसद सचिवालयले जनाएको छ ।

बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुखले विदाई सम्बोधन गरेपछि सभामुख ओनसरी घर्तीले सदन समाप्त भएको औपचारिक घोषणा गर्ने कार्यक्रम अनुसार रहेको थियो । समापन समारोहका लागि शनिबारै सभामुख घर्तीले संसद् परिसरमा रात्रिभोजको आयोजना गरिएको थियो ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचन का लागि आइतबार समानुपातिक तर्फको उम्मेदवारी दर्ता हुने निर्वाचन तालिका भएकाले त्यसको अघिल्लो दिन राति १२ बजेदेखि नै संसद्को अवधि सकिएको हो । वि.सं. २०७० माघ ८ देखि सुरु भएको संविधानसभाले २०७२ साल असोज ३ मा संविधान जारी गरेपछि सोही दिनदेखि संविधानसभा व्यवस्थापिका–संसद्मा रुपान्तरित भएको हो ।

संसद्ले यस अवधिमा महत्वपूर्ण विधेयक पारित गर्नुका साथै महाअभियोग जस्ता नयाँ अनुभव समेत गर्नुप¥यो । सभासदहरुले आफु माथि आइ लाग्छन् कि भन्ने डरले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान कार्की र सर्वोच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध महाअभियोग दर्ता भएपनि त्यस सम्बन्धमा छलफल प्रक्रिया अघि बढ्न
सकेन ।

संविधान कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा बढी ध्यान केन्द्रित गर्नुपरेको संसद्ले अन्तिम समयमा दलहरु बीच सहमति नभएपछि ‘राष्ट्रिय सभा सम्बन्धी विधेयक’ जस्तो महत्वपूर्ण विधेयक र जनचासोको महत्वपूर्ण विधेयक ‘चिकित्सा शिक्षा विधेयक’ भने पारित गर्न सकेन ।

संविधानको भाग–३३ संक्रमणकालीन व्यवस्था अन्तर्गत धारा २९६ मा रुपान्तरित व्यवस्थापिका–संसद्को कार्यकाल २०७४ माघ ७ गतेसम्म कायम रहने उल्लेख छ ।

सोही धाराको प्रतिबन्धात्मक प्रावधानमा त्यस्तो कार्यकाल पूरा हुनु अगावै संविधान बमोजिमको प्रतिनिधि सभाको निर्वाचन हुने भएमा त्यस्तो निर्वाचनका लागि उम्मेदवारको मनोनयन पत्र दाखिला गर्ने अघिल्लो दिनसम्म संसद् कायम रहने प्रावधान समेत उल्लेख छ भन्ने समाचार विभिन्न
राष्ट्रिय मीडियाहरुले प्रकाशमा ल्याएका छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *