जग्गा विवादले दाजु भाइकै परिवारमा खुकुरी हानाहान

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

बाजुरा, २८ असोज । बाजुरामा एकै परिवारका दाजु भाइको परिवार भित्रै खुकुरी हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ । खुकुरी हानाहानमा संलग्न अर्का एक गम्भीर घाइते छन् ।

बाजुराको त्रिवेणी नगरपालिका ८ कालापानीमा शनिबार बिहान दाजुभाइको परिवार बीच खुकुरी हानाहान हुँदा दुई जनाको मृत्यु भएको हो । कालापानीका मोहन गिरी र उनका सहोदर भाइ गोरख गिरीको परिवार बीच जग्गा विवादको बिषयलाई लिएर खुकुरी हनाहान भएको बाजुराका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक जगदिश भट्टले जानकारी दिए । प्रहरी निरीक्षक भट्टका अनुसार मृत्यु हुनेमा मोहन गिरीका २७ वर्षीय छोरा नौले गिरी र ३२ वर्षीय छोरा अर्जुन गिरी रहेका छन् । नौलेको घट्नास्थल मै र अर्जुनको उपचारका क्रममा अछाम स्थित बयलपाटा अस्पतालका ज्यान गएको हो ।

मोहन गिरीका अर्का छोरा २१ वर्षीय नरेश गिरी गम्भीर घाइते छन् । उनको बाजुरा स्थित फालासैनमा रहेको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ। मोहन गिरीलाई पनि सामान्य चोट लागेको छ । मृतक नौले गिरीको शव प्रहरीले गोरख गिरीको घरमा फेला पारेको हो । दुवै परिवारका बीचमा शुक्रबार बिहान ७ बजे खुकरी हानाहान भएको थियो। ‘दुवै परिवारबीच जग्गा विषयमा लामो समयदेखी विवाद रहदै आएको देखियो’, निमित्त प्रहरी प्रमुख भट्टले भने,‘आज बिहान त यत्रो ठूलो घटना हुन गयो’ ।

प्रहरीका अनुसार घटनास्थलमा खुकुरी, खुडा र जीआई पाइप प्रहार भएको छ । ती सबै प्रहरीले घट्नास्थलबाटै बरामद गरेको हो । घटनामा संलग्न भएको भन्दै जिल्ला प्रहरी कार्यालय बाजुराले ५० वर्षीय गोरख गिरी, उनका २५ वर्षीय छोरा गणेश गिरी, २० वर्षीय योगेन्द्र गिरी र १६ वर्षीय दिनेश गिरीलाईे नियन्त्रणमा लिएको छ ।

तीन जनालाई गाउँमै प्रहरीले नियन्त्रणमा लिएको हो भने गणेश गिरीलाई सदरमुकामबाट प्रहरीले पक्राउ गरेको हो । घटना लगत्तै फरार रहेका गणेशलाई प्रहरीले सदरमुकामबाट पक्राउ गरेको हो । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाई कर्तव्य ज्यान अन्र्तगत मुद्दा चलाएर कारबाही अघि बढाएको प्रहरीले बताएको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *