हिंसा द्वन्दका कारक तत्व

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

थानेश्वर प्रसाद भट्ट
वरीष्ठ अधिवक्ता
महेन्द्र विद्या भुषण तथा त्रि.वि.वि.स्वर्ण पदक प्राप्त

हिंसा द्वन्दका कारक तत्व
छिमेकी देश भारतको चम्बल घाँटीमा एउटा कहावत छ त्यहाँका युवा या त डाकु हुनमा वा पुलिस हुनमा सुरक्षित सम्झन्छन् । बाहुबलीहरु निर्वाचनमा उठ्ने मात्र होइन जितेका देखिन्छन् । ज्यान मुद्दामा थुनामा रहेका पूर्व सांसद शाहाबुद्धीन छुटेर आउँदा हजारौं गाडीहरुले उनलाई स्कर्टिङ गरे । टोल टैक्स तिर्ने जरुरत पनि सम्झेनन् र संकलनहरुमा त्यसको सामथ्र्य पनि देखिएन । माओवादी द्वन्दकालमा समानान्तर सत्ता संचालन गरेर बस्यो । उसले लागु गरेका किनबेच अहिले पनि विवादित छन् । ब्रिटेनका प्रसिद्ध राजनीतिक दार्शनिक हत्सले मानवका विषयमा अत्यन्त तिखो टिप्पणी गरेका छन् । राज्य उत्पत्तिको सिद्धान्तका प्रणेता हत्स संगै लक र रुसोले पनि प्राकृतिक अवस्थाको चित्रण गरेका छन् । यी तिनै जना मध्ये सटीक टिप्पणी हत्सको लाग्छ । उनि राजदरवार भित्रका सम्मानित व्यक्ति थिए । वैभवले परिपूर्ण त्यति भएर पनि राज्यको उत्पत्ति मानवको दानवीय प्रकृतिबाट हुन गएको मानव बेइमान, हिंसक, कपटी, धूर्त, भएकोले सामाजिक सन्तुलन र नियन्त्रणका लागि राज्य आवश्यक भएको भनेका छन् । त्यस्तै प्लेटो भन्ने विद्वानले आफ्नो ुत्जभ च्भउगदष्अिबु भन्ने पुस्तकमा लेखेका छन् कि “ग्लतष् िउजष्यिकयउभचुक बचभ तजभ पष्लनक बलम तजभ पष्लनक बचभ उजष्यिकयउभचक, उभयउभि जबखभ लय चभकत ाचयm तजभ भखष्कि” दर्शनिक शासक र शोषक दार्शनिक नभए सम्म मानिसहरुलाई दुष्टहरुबाट छुट्कारा मिल्ने छैन तर जीवनको उत्तरार्धमा पुनः लेखे कि उनले त हवाइ उडान ुग्तयदष्बु गरेछन् । त्यस्तो संभव नै छैन अर्थात् रामराज्य कल्पना मात्र हो । वस्तुतः यो सत्य पनि हो । अग्नि परिक्षामा खरो उत्रेकि सती सीतालाई अयोध्या ल्याएपछि एउटा धोबीको अवाञ्छित टिप्पणीको कारण पुनः निकाला गरे । त्यो कस्तो मर्यादा रामराज्य थियो होला । शासन गर्नका लागि निष्पाप, निष्कलंक हुन संभव नै हुने देखिएन । धूर्त, तिकडमबाज, आयाराम गयाराम सुकिला लुगा, चिल्ला गाडी र महल निर्माण गर्न सक्ने क्षमतावान नै आजको सन्दर्भमा महिमा मण्डित हुने गरेको पाइन्छ ।
आतंक हिंसा त्यसै आउदैन । उर्जा भनेको तटस्थ शक्ति हो । त्यसैले कुनै डाकु रत्नाकर बाल्मिकी महर्षिमा रुपान्तरित हुन्छ । हिंसा र द्वन्दका आफ्नै कारण छन् जब कानूनतः कुनै न्याय मिल्दैन तर पहाडी चलनचल्तिमा देउघाटको विश्वास कायम छ । सत्तासीनहरुको अत्याचार अनाचार लुट खसोटबाट आक्रान्त मानव आत्म रक्षाका लागि नचाहेर पनि यो र त्यो संग आबद्ध हुन पुग्दछ । माओवादीमा लागेका अधिकांश मानव सामाजिक उत्पीडन राज्यको शोषणबाट त्रस्त भएर रक्षा कवज खोजे किनभने राज्यले संरक्षण गर्नको साटो अवाञ्छित शोषण र दमन गरेका उदाहरण छन् । त्यसैले दलीय आस्था भन्दा पनि आत्म सुरक्षाका लागि कसैसंग सम्बन्धित हुनुपर्ने बाध्यता देखिन्छ जसले त्यस्तो गर्न सकेन सक्तैन भने उसको लागि योग्यता क्षमता अर्थहीन बन्ने गर्छन् । प्रत्यक्ष अनुभवबाट सिद्ध भइसकेका विषय हुन् । भागबण्डा त्यसै चलनका आधारमा भएका देखिन्छन् । कुनै कालखण्डमा आतंकवादी संगठनहरुको सम्पर्कमा आउन सकेको भए स्वतः स्फूर्त रुपमा स्वयंलाई रुपान्तरित अवस्थामा पाएको हुन्थ्यो । आत्मरक्षा नै संभव नभएपछि असहायको रक्षण त डाकुबाट भएपनि मन्जुर हुनपर्ने बाध्यता चम्बल घाँटी निवासी लगायत धेरैलाई भएको हुनुपर्छ । सुरक्षाको जिम्मा पाएकाहरुबाट लुट क्रुरताको परिणाम पनि द्वन्दमा घ्यू थप्ने काम गर्दछ, गरेको पनि हो ।
सबै त्यस्तै भन्ने होइन केही सीमित वर्ग आस्था सिद्धान्त कै कारण समर्पित भएका होलान् तर अधिकांशमा त्यसको अभाव अनुभूति हुन्छ । त्यसैले आयाराम गयाराम प्रवृत्ति व्यापक भएको हो र जहाँ बढी लाभ र सुरक्षा हुन्छ समयक्रम जस्तो देखिन्छ त्यसै अनुसार आफुलाई परिवर्तित गर्न सक्ने क्षमतावान धूर्त नै बुद्धिमान होला । प्रसिद्ध विद्वान ज्भचतभकत क्उभलकयच ले क्गचखष्खब िया तजभ ाष्ततभकत अर्थात् जुन फीट छ उसैले बाँच्न पाउँछ भन्ने उक्ति दक्षिणी अफ्रिकी जंगलहरुमा रुख विरुवाको जस्तै रंग परिवर्तन गर्ने क्षमता भएका पशुपंक्षी मात्र बाँच्न सक्छन् । अहिले नेपालमा देखिएको राष्ट्रिय सामाजिक अस्तव्यस्तको मूलमा यी कारकतत्व ज्यादै बलशाली भएका छन् । दल परिवर्तन किन र के का लागि भन्ने ज्वलन्त प्रश्नको जवाफ यिनै परिवेशमा खोजिनु पर्दछ । डा. भट्टराई जस्तो व्यक्ति माओवादी धारबाट नै स्वयंलाई विमुख पार्न पछि परेनन् । अनेकौ टुक्रा भएका दलहरु आस्था र सिद्धान्तले होइन परिवर्तित परिस्थितिमा कसरी लाभान्वित हुन सकिन्छ भन्ने मानसिकता नै काम गरी रहेको स्पष्ट छ । त्यसैले त पञ्चायतकाल भरी सत्ताको शीर्षमा रहने २०३६ सालको जनमत संग्रहमा पहेँलो चिन्ह निर्दलका बाहक बहुदल उदय पश्चात पनि दलीय नायक भएर शीर्षमा रहन पुगे ।
समाजले पनि उनिहरुलाई नै महिमा मण्डित ग¥यो । यी र यस्तै प्राणीहरु सदाकाल एकनास प्रतिष्ठित भएर बाँच्न सक्ने क्षमता राख्दछन् । संघर्ष त्याग निरर्थक मात्र होइन त्यसो गर्ने सिद्धान्त निष्टहरु आप्रासंगिक हास्यास्पद र निर्धन बनेको स्पष्ट देखिएका छन् । यिनै कारणहरुबाट कुण्ठा, आत्महीनता बढाउँछ, द्वन्दको उत्पत्ति पनि अकारण हुदैन । यस्तै असन्तुलनबाट समाज राष्ट्रप्रति निराशा व्याप्त गराउँदछ । द्वन्दको मुलमा यही होला भन्ने लाग्दछ । त्यसैले समाजमा ठूलो असन्तुलन र नैराश्यता व्याप्त छ । समय सन्दर्भले पुनः ठूलो परिवर्तन खोजी रहे जस्तो लाग्छ । सदाकाल एकनास ऐश्वर्यशाली बन्नेहरु दण्डित नभए सम्म यो द्वन्द र हिंसाको अन्त पनि हुन सक्तैन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *