सामुदायिक स्वास्थ्य प्रवद्र्धन एवं सरसफाई कार्यक्रम

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

डडेल्धुरा, २८ असोज । ‘हातमा कुचो, घरमा वाल्टी, सफा टोल, सफा अमरगढी’ भने मूल नाराका साथ अमरगढी नगरपालिकाले सामुदायिक स्वास्थ्य प्रवद्र्धन एवं सरसफाई नीति निर्माण सम्बन्धि अन्तरक्रिया सम्पन्न गरेको छ ।

अमरगढी नगरपालीकालाई सफा हराभरा नगर बनाउने, स्वाथ्य तथा सरसफाई सम्बन्धि प्रस्ताबित निति तथा काननु निमार्णका लागी सुझाव संकलन गर्ने लगायतका उद्देश्यले बिहीबार कार्यक्रमको आयोजना गरेको हो ।

अमरगढी नगरपालिकाका नगर प्रमुख विश्वेश्वर प्रसाद ओझाले प्रस्तुत गरेको कार्यपत्रमा नगर स्तरीय सरसफाई नीति निमार्ण मस्यौदा समिति बनाइने, सरसफाई अनुगमन समिति गठन गर्ने, प्रत्येक टोलमा सरसफाई टोल विकास समिति गठन गर्ने, सरसफाई मूल समन्वय समिति गठन गर्ने, बजार क्षेत्रका पसलहरुमा तुरुन्तै फोहर संकलन बाल्टी वितरण गर्ने, पहिलो पटकका लागी सबै नालीहरु र बजार सफा नगरपालीकाले गर्ने, खानेपानीका पाईप व्यवस्थापनका लागी खलंगा खानेपानी संग योजना बनाउन पहल गर्ने लगायतका अल्पकालीन कार्य योजनामा समावेश गरेको छ ।

दिर्घकालीन योजनाहरुमा नगरपालिकाले कुहिने र नकुहिने फोहरहरु उच्चीत ब्यवस्थापन गर्ने, बजार क्षेत्रमा सरसफाईलाई ब्यवस्थित बनाउन विभिन्न किसिमको कर लगाउने कार्यक्रम तय गरेको छ ।

त्यस्तै बजार क्षेत्रका घरहरु वर्गिकरण गरिने, निर्माण सामाग्री राख्ने समय निर्धारण, मुख्य सडक छेउ छाउमा मोटर साईकल र गाडी पार्किङ गर्न नपाईने, बजार क्षेत्र फोहर ब्यस्थापनका लागी बजार ईन्चार्ज नियुक्त गरिने लगायतका विभिन्न प्रस्तुत गरेको छ ।

कार्यक्रममा सहभागीहरुले निकै सन्र्दभ विशेष कार्यक्रम भएको र विगतका योजनाहरुलाई समेटिने गरेर योजना बनेकाले कार्यान्वयमा ध्यान आग्रह गरेका समाचार जानकारीमा आएको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *