गठबन्धनका परिकम्पहरु

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather


नेपालमा २०७२ सालमा बनेको संविधानले आफ्नो इच्छानुसार कानूनको सीमा भित्र रही दल सञ्चालन गर्ने, निर्वाचनको माध्यमबाट जनमत लिने लगायतका प्रावधान सुनिश्चित गरेको छ । कुन दलको जन आकर्षण कति छ मापन गर्ने माध्यम निर्वाचन नै हुने होला । दल संग आबद्ध विचार भावना सिद्धान्त मिल्ने व्यक्ति वा समूहहरुका आफ्नै घोषणा पत्र बन्ने गर्छन् । कसले कसरी जनआकर्षण गर्छ त्यो प्रतिभा दल संचालकमा नै रहन्छ । अहिले वाम एकता गर्न भनेर विभिन्न दल एकाकार हुने क्रममा छन् । सरकारमा सामेल माओवादी केन्द्रले प्रतिपक्षी एमाले संग एकिकरण गर्ने घोषणा गरी सोही अनुसार गतिविधि संचालन गरी रहेको हुनाले कांग्रेसमा रुवाबासी भएको छ । यही नै बुझी नसक्ने आश्चर्यको विषय लाग्दछ ।

कांग्रेस माओवादी दुई समानान्तर रेखा हुन् । यिनको एकाकार असंभव छ । दुबैले आन्तरिक रुपमा एक अर्कालाई शत्रुवत विरोधीका रुपमा अनुभुत गरेको यथार्थ हो । सिद्धान्त, दर्शन, कार्यक्रम, नीति सब विपरित गतिमा छन् यो स्वभाविक पनि छ । यस्तो स्थितिमा पटक पटक २ सरकारमा सहकार्य गरी एकअर्का प्रति विश्वासको अपेक्षा भनेको दिनलाई रात भनेझैं होला ।

एमाले साम्यवादी भएपनि केही समय अगाडी मात्र सहकार्य तोडेर सरकार भंग भएको हुनाले अचानक गला मिल्ने गरी एकाकार भएको देख्दा आश्चर्य स्वभाविक छ र के.पी.ओली राष्ट्रव्यापि रुपमा उदीयमान भएको प्रष्ट देख्न सकिन्छ । सरकारमा पक्ष विपक्ष सम्मिश्रित भएका हुनाले प्रतिपक्ष को हो त भन्ने परिहासजनक अवस्था देखा परेको छ । कथित कानूनविद्हरु संगको छलफल लगभग नित्य हुने गर्दछन् । कांग्रेसका प्रकाशमान सिंह केही गर्न सकिदैन भनी सब यथावत चल्नेमा तर्क गर्छन् भने राधेश्याम अधिकारी आफ्नै दल निरीह भएको र प्रधानमन्त्रीले केही गर्न नसक्ने बताइ रहेका छन् । नेपालमा अर्थात् काठमाण्डौंका यी प्रहसनहरुमा हामी सर्वसाधारण सिमान्तकृतका अप्रासांगिक प्राणी हौं । यी तमाम गतिविधिहरुबाट निरपेक्ष छौं । सतही लडाइहरु सत्तासुख ऐश्वर्यका लागि हुन् । त्यसमा हाम्रो कुनै लाभ हानी छैन । समय सर्वाधिक बलबान हुन्छ । कसको नसिबमा कहिले सम्म लूट खसोट मपाई हुने बन्ने निर्धारित छ । त्यो हाम्रो सरोकार भन्दा निकै फरक देखिन्छ ।

घोर आश्चर्य कांग्रेसबाट लाग्दछ । जुनसुकै अन्य दल जस्तो गठबन्धन गरुन् त्यसबाट खतरामा पर्ने यो कस्तो लोकतन्त्र हो ? आफुले सदैव सत्तामा रहन पाए मात्र नेपालमा प्रजातन्त्र छ भनेर मुर्ख बनाउने क्रियाकलाप निरन्तर भइ रहेका छन् । बुझ्न नसकेको विषय के छ भने कुनै पनि दल अर्काको सहारा भरोसामा जीवित हुन खोज्दछ भने त्यसको अस्तित्व नै संकटमा पर्न सक्छ । मधेशबादी दल केही अंशमा एकाकार हुदा उनिहरुका नेता उपेन्द्र यादव हुई तिहाइ भाग मागी रहेका छन् । त्यस्तै रा.प्र.पा. भन्ने तथाकथित दलहरु लोकतन्त्र जोगाउन गठबन्धन लोकतान्त्रिकमा सामेल हुन हतारिएका छन् । विजय गच्छदार कांग्रेसमा एकाकारको गुहार गरी रहेका छन् ।

कम्युनिष्टबाट नै अलग भइसकेका बाबुराम एमाले माओवादी संग मिलि १५ प्रतिशत को दावा गरी रहेका छन् । झण्डै २०० को संख्याका दलहरुमा भागाभाग छ । खास गरी थ्रेस होल्डले चमत्कार गरी दिए जस्तो छ । माओवादी र एमाले दुई तिहाइ सीट जित्ने आत्मविश्वासका साथ मैदानमा देखिन्छन् । इतिहास बोकेको त्याग तपस्या र बलिदान गरेको परिवर्तनको नेतृत्वदायी भुमिका दाबी गर्ने कांग्रेस आफ्नो अस्तित्वका लागि छट्पटाइ रहेको छ । अन्तरघात गुट उपगुटहरुबाट छलनी बनेको यो दलमा आफ्नै सदस्यहरु प्रति परस्परमा शत्रुवत तिरस्कारको धारणा राख्दछन् । प्रधानमन्त्री आफ्नै जिल्लामा धराशायी हुने अवस्थामा छन् । निर्वाचन निष्पक्ष भए हार्न पनि बेर छैन । यस प्रसंगमा माननीय लबरुको स्मरण स्वभाविक रुपले मानसपटलमा आउँछ । पहाडी विवाहको फेरमा नपरेको भए उनलाई जीवन पर्यन्त कसैले पराजित गर्न सक्ने थिएनन् ।

यी नेताजीहरुलाई गठबन्धनका परकम्पहरुले भयभित पार्ने मुल कारक तत्व भनेको आम सर्वसाधारणका नजरमा गिरेका आफ्नै सुख सुविधा, आमशानका लागि मात्र क्रियाशील रहने प्रवृत्तिको कारण घृणाका पात्र बनिसकेका हुनाले आत्म विश्वासको सर्वथा अभाव छ । त्याग तपस्या गरेको हो भने कसैका गठबन्धनबाट किन भयभीत हुनु प¥यो ? निर्णायक जनता हुन् भने उसैका माझमा गएर सिद्ध गर्न सक्नु प¥यो अन्यथा इतिहासले कसैलाई क्षमा गर्दैन र नियतिले कसलाई कहाँ पु¥याउला समयले मात्र बताउनेछ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *