रावणको जन्म कहाँ भएको थियो ?

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

महेन्द्रनगर (कञ्चनपुर जिल्ला) बजारमा १९ आश्विन २०७४ देखि ऐतिहासिक रामायण सान्दर्भिक रामलिला मन्चन भई रहेको छ । सर्बप्रथम आयोजक सबैलाई हार्दिक धन्यबाद र साधुबाद अर्पण गर्दछु ।

यसै सन्दर्भमा एक कौतुहल बिच मेरा मनमा रावणको जन्मस्थानका बारेमा जान्न उत्सुकता बढ्यो । त्यत्रा शक्तिशाली लङ्काधिपती राजा रावण के लङ्कामा नै जन्मेका होलान कि अरु कहि जन्मेका थिए त ? यो प्रश्नको उत्तर जान्न म कयौँ दिन बिभिन्न एैतिहासिक दस्ताबेजहरुका बिच घोतलियेर बसे, जस्को फलस्वरुप मैले समेटन सकेका केहि तथ्यहरु यहाँ लेखनीका रुपमा प्रस्तुत गर्दैछु ।

रावणका पिता महदशप्रजापति मध्येका एक पुलस्य ऋषि थिए । उनी सप्त ऋषिहरु मध्येका एक पनि हुन् । प्रजापतीहरु ब्रम्हाका दिमागबाट जन्मिएका हुन् भन्ने भनाई पनि छ । रावणका पिताजिको नाम बिश्राभस ऋृषी हो भने उनकी माता असुर राजा सुमाली कि पुत्री कैकेसी हुन् । उनि ब्राम्हण पिता र असुर माताका सन्तानको रुपमा यस धर्तिमा जन्म भएका हुन् । ऋषि बिश्राभस र कैकेसीबाट अन्य दुई कुम्भकर्ण र बिभिषण पनि जन्मेका हुन् । रावणका पिताजीले दोश्रो बिवाह ऋषि भारद्वाजपुत्री ईलाभिदा सँग पनि गरेका थिए । बिश्राभस र ईलाभिदाबाट स्वर्गका राजा कुबेर जन्मेका हुन् । यस अर्थमा रावण र कुबेर पनि दाजु भाई नै हुन् ।

रावणका दुईवटी रानीहरु थिए, मन्दोदरी र धन्यमलिनी । रावणका सन्तानहरु ईन्द्रजित, अतिकाया, नरनटका, देभन्टका, त्रिशिरा, प्रहस्त थिए । रावणकि बहिनी शुपर्णखा पनि रामायणमा त्यति नै चर्चित छिन् । भनिन्छ राजा राम र रावणको युद्धको प्रमुख कारण नै शुपर्णखा हुन् । ईनी अत्यन्त सुन्दरी तथा चाहेअनुसारको रुप बदल्न सक्ने पनि थिईन । ईन्का हातका नङ्ग्राहरु कुनै धारिलो हतियार समान थिए ।

सन्दर्भ रावण जन्म र यिनको प्रशस्तीकोः
भारतका केहि स्थान, श्रीलँका तथा बाली (ईन्डोनेसियमा) पुजा गरिन्छ । रावण एक विद्वान, कुशल शासक अनि बिणा बादनमा निपुण थिए, यिनको बिणालाई रावणहत्था भनिन्छ । भगवान शिवलाई खुशी पार्न ईन्ले यसै बिणाबाट बिभिन्न किसिमका सँगित र भजनहरु प्रस्तुत गरेका थिए ।

रावणले आफ्नै जिवनमा रावण सँहिता लेखेका थिए, जुन पुस्तकमा अन्य कुराहरुका साथसाथै सिद्ध औषधिय बर्णनहरु पनि पाईन्छ । अमृतपान समेत गरेका रावणको शरिरमा अमृत उन्को नाभीमा बसेको थियो । पुष्पक बिमान उन्को आविश्कार थियो । यस अर्थमा उनी बैज्ञानिक पनि थिए भनेर भन्न सकिन्छ ।

जन्मतथ्य १ः
भारतको उत्तर प्रदेशमा अवस्थित ग्राम बिसरखमा रावणको जन्म भएको भनेर त्यहाँका बासिन्दाहरुको भनाई छ । बिसरखनया दिल्ली नजिकै ग्रेटर नोयडा उत्तरप्रदेशको एउटा गाउँ हो । यहाँका बासिन्दा दशैँ र दीपावाली मनाउदैनन्, अपितु उक्त समयमा रावण हत्याको शोकमा बस्दछन् । यस समयमा मन्दिरहरुमा रावणको आत्माको चिरशान्तिको लागि प्रार्थना अनि यज्ञपुजा पनि गर्दछन् । यस गाउँका बासिन्दाहरुको भनाई अनुसार बिसरख नाम रावणका पिता ऋषि बिश्राभसको नामबाट रहन गएको हो । बिसरख गाउँमा हजारौ बर्ष पुरानो शिवलिङ्ग छ, भनिन्छ यस्लाई रावण र उन्का पिताले पुजन गर्ने गर्दथे ।

जन्मतथ्य २ः
श्रीलँका देशको आधिकारिक पृष्ठभ्मीहरुमा रावणको जन्म देभगना (गुजरात अथवा अन्य कहिँ)मा भएको हो भनेर पनि लेखिएको छ । यस स्थान र तत्सम्भन्दीय थेष्ठ प्रमाणहरु यस लेखकले प्राप्त गर्न नसकेको पनि यहाँ उद्ध्रीत गर्न चाहन्छु ।

जन्मतथ्य ३ः
अर्को एक तथ्यका अनुसार रावण नेपालको बेनी क्षेत्रमा जन्मेका हुन् । बेनी बजार माथि पुलाश्रम क्षेत्रमा उनि हुर्किएका थिए । प्रमोद कुमार श्रेष्ठ अध्यक्ष म्याग्दी पर्यटन क्षेत्रका अनुसार वहाँहरुले रावण जन्मेको स्थानमा रामायण पार्क पनि बनाउदै हुनुहुन्छ । पुलाश्रम १७५० मिटरको उँचाईमा र बेनी बजारबाट २ किमी उत्तर पश्चिममा अवस्थित छ । पुलाश्रमको बर्णन श्रीमद्भागवत पुराण, बराह पुराण, रामायण तथा महाभारतमा पनि गरिएको छ । एतिहाशिक कालिगण्डकि क्षेत्र अवस्थित यस धार्मिक क्षेत्रको अपारमहिमा छ । राजा भरत, भगवान कृष्णका नौज बलराम, अपिल मुनी ईत्यादिले पनि यस क्षेत्रको भ्रमण गरेको तथ्यहरु पनि पाईन्छ । काली र म्याग्दी खोलाको दोभानमा रहेको बेनी अत्यन्त सुन्दर शहर हो । भनिन्छ, ऋषि पुलत्स्य आफ्ना सम्पुर्ण परिवारका साथ तपश्या गर्न कालीगण्डकी को यस क्षेत्रमा आई केहि समयका लागि बसोबास गरेका थिए, र उक्त समयमा नै उन्को नाती रावणको जन्म यहाँ हुन गएको हो ।

नेपाल जापान समाजको गृहपृष्टमा प्रकासित लेखका अनुसार, रावणको जन्मस्थान पौलस्य पुलाश्रममा क्षेत्रमा रामायण पार्क बनाईँदै छ, बेनी नगरपालिकाले चालु आर्थिक बर्ष ७४÷७५ का लागि नगर सभाबाट स्विकृत गरिएको बजेटमा १० लाख बिनियोजन गरेको छ । आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्न रामायण पार्क बनाउन लागिएको हो । म्याग्दीका पँनिलकण्ठ आचार्यका अनुसार श्रीमद्भागवत मत्स्य पुराणमा समेत यस क्षेत्रको बर्णन रहेको छ । यसरी हाम्रो देश नेपालको धार्मिक क्षेत्र मुक्तीनाथको प्रवेश द्वारको रुपमा रहेको बेनि बजारमा लँकाधिपती राजा रावणको जन्म भएको थियो भन्ने तथ्य सुन्दा कसैलाई पनि अचम्म लाग्न सक्छ । यस सम्बन्धी अझै खोजबिन हुन जरुरी पनि छ ।
ईति शुभम ।।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *