नेपालले अनौठो विकास पुरा गरेको छ !

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

-बलदेव अवस्थी
प्रत्यक्ष देख्न नसकेपनि हामीले टी.भी. च्यानलहरुमा प्रत्यक्ष प्रसारण भने देखेकै हुनुपर्छ अफ्रिकाका ठूला ठुला जंगलहरुमा जनावरहरुको अनगिन्ति उपस्थिति पाइन्छ । त्यहाँ एक अर्काको सिकार गर्ने सिकारीहरु पनि प्रशस्त देख्दछौं । बाघ, चितुवा, ब्वाँसा, गोहीहरुको आहारा बनेका छन् साधारण पशुहरु । अर्नाको संख्या र एकता बडो गजबको हामी पाउँछौं । जब बाघले वन भंैसीको बथानबाट एक माथि आक्रमण गर्छ भने एकताबद्ध भएर बाघ माथि आइ लाग्छन्, जब बाघको ठूलो डफ्फा आउँछ तब मात्र भैंसीहरु जीउ जोगाउन भाग्छन् त्यसमा पनि सिकारीले एक भैंसी मारी सकेपछि मात्र ।

तर वर्तमानको मानव समाजमा त्यस्तो सहयोगी भावना लोप भएको पाइन्छ । देशका हरेक भागमा अपराधहरु घटेका हुन्छन् कोही पनि कारवाही गर्न
चाहदैनन् । हालै काठमाण्डौंको बानेश्वर व्यस्त भिडभाड माझ निर्माण व्यवसायी समितिका केन्द्रिय अध्यक्षको गाडीमा ढुङ्गा हानी सिसा फुटाई त्यो गाडीमा बसिरहेका अध्यक्षलाई गोली हानी हत्या गरेको खबर ताजै छ । नेपालमा मात्र होइन यस्ता घटना विश्वभरी भइ रहेका छन् तर देख्ने छिमेकी प्रत्यक्षदर्शीहरु टुलुटुलु हेरी रहेपनि प्रतिकार गर्न असमर्थ चुपचाप रहेको हामी पाउँछौं ।

नेपालमा यस्ता कुराको विकास २०५२ साल देखि भएको हामी पाउँछौं । जब देशमा माओवादीको आन्दोलन चल्यो त्यसबेला एक जना माओवादी लडाकु कार्यकर्ताले पुरै गाउँ कब्जा गर्ने गरेको हामीले देख्यौं सुन्यौं । गाउँ माझ एक जनाको घरमा आक्रमण हुदा गाउँमा कसैले पनि त्यसको प्रतिकार गरेनन् मानौं सबैको समर्थनमा भएको जस्तो लाग्यो । आज देशका हरेक भागमा बाटो घाटो गाउँ बस्तीमा त्यस्तै भइरहेको छ । अपराधीलाई कानूनले नियन्त्रण गर्नुपर्छ भने तर्फ कोही देखिदैनन् । राज्यको शान्ति सुरक्षाको व्यवस्था पनि दुर्बल देख्छौं । ऐन कानून नियमको विपरित काम भईरहेका क्रियाकलापहरु जनता सुरक्षाकर्मीहरुले टुलुटुलु हेरी रहेको दृश्य जो कोहीले पनि देखेको हुन्छ, कोही केही बोल्दैन ।

प्रमाणको लागि धेरै घटनाक्रमहरु बजारमा राजमार्गमा अन्धाधुन्ध अनियमित अनियन्त्रित सवारी, मोटरसाईकल चलाई रहेका हुन्छन् । ट्राफिक प्रहरीले मात्र होइन जो कोहीले पनि हेरी रहनुपर्छ । हालैका घटना सबैले देखेकै हो । महाकाली अंचल अस्पतालमा उपचारको क्रममा सुत्केरी महिलाले सहज रुपमा बच्चा जन्माउन सकेनन् । भ्याक्युमको सहराले जन्मेको बच्चा जन्मेको केही समयमा म¥यो, त्यही निहुँमा डाक्टर माथि हमला भयो । त्यो हमलाकारी ले गरेको हमला टुलुटुलु सबै दर्शकले हेरी मात्र रहे । कोही पनि चिकित्सक मान्छे मार्ने होइन सबै बचाउने हुन् । नसकेमा सबैले अन्तमा मर्नुपर्ने प्राकृतिक नियम नै छ । यस्तै यस्तै डाक्टर माथि गर्ने हुने हमलाको कारणले पनि कञ्चनपुर महेन्द्रनगरका जनताले सहज रुपबाट उपचार गर्न गराउन पाएका छैनन् । कानूनी राज्यमा कानूनले काम गर्नु पर्छ । डाक्टरको गल्ती भए सो गल्ती अनुसारको सजाय न्यायकर्ताले दिनुपर्छ भन्ने सोच पैदा हुन सकेको छैन ।

त्यस्तै राष्ट्रको इतिहास मेटाउने काम नेपालमा भयो । नेपाल निर्माता पृथ्वी नारायण शाहले जवाहर लाल नेहरुको षड्यन्त्रबाट अलग रही विश्व मानचित्रमा नेपाललाई सफलतापूर्वक पहिचान गराई संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गरी दुई विशाल राष्ट्रका बिचमा सन्तुलन मिलाई नेपालको मान मर्यादा बचाई स्वाभिमान कायम राख्ने राजा महेन्द्र, आदिकवि भानुभक्त आचार्य जस्ताका शालिक तोडी, हजारौं वर्ष पुराना दुर्लभ पुस्तकहरु जलाउन पुस्तकालयहरु जलाउँदा शिक्षक, विद्यार्थी जनता टुलुटुलु हेरी रहनु मात्र नभई देशका ऐतिहासिक नाम मेटाउदा समेत टुलुटुलु हेरी मात्र रहनु कहाँ सम्मको निर्बलता हो । यस बारेमा केही स्थानिय प्रजातान्त्रिक राजनीतिक पार्टीहरुका सरोकार नेता कार्यकर्ताहरु संग प्रश्न राख्दा हाम्रो बहुमत नभई वाम बहुमत हुदा हामीले महेन्द्रनगरको नाम बदल्न विरोध गर्दा गर्दा पनि केही चलेन र नगरपालिकाको बैठकमा समर्थन बाध्य भएर ग¥यौं भन्नुको अर्थ थियो नितान्त व्यक्तिगत फाइदा लिनु नत्र सभा बहिष्कार गरी जनता माझ सडकमा उत्रनु पर्ने थियो । ती केही पनि गरेनन् । जसले हाम्रो सिकार गर्छ उस माथि हामी मौन
रहन्छौं । त्यो पशुतुल्य भन्दा पनि निच भनि ठान्दछौं । आफ्नो अडान जायज वा नाजायज के हो भन्ने कुराको विश्लेषण पहिले गर्नु पर्छ । त्यसपछि जे जायज ठहरिन्छ त्यसमा स्थिर रहनु नै मानवता हो, स्वाभिमान हो ।

महेन्द्रनगरको बीच बजारबाट राजा महेन्द्रको शालिक तोडी महेन्द्रनगरको नाम भिमदत्त नगर राख्यो । यदि यसरी आफ्ना पार्टीका कार्यकर्ता नेता तथा आफ्ना परिवारका सदस्यहरुको नाम राख्ने रहरले इतिहास मेटिने गरी राष्ट्रका कुनै शहर गाउँका जिल्ला नगरपालिकाका नाम बदल्नु कुनै नियमले पाउँदैन । त्यस्तै विदेशी प्रलोभनमा परी विश्वमा अलगै इतिहास बोकेको विश्व हिन्दु राष्ट्र, हिन्दु सम्राट माथि हमला गरी विश्व माझ नेपालको इतिहास मेटाउने काम हुदा पनि नेपाली जनताका प्रजातान्त्रिक हौं भन्ने नेताहरु समेत टुलुटुलु निरीह भएर हेरिरहे कस्तो अचम्म ।

एउटा नवजात मृगको बच्चालाई बाघले भोकै रहेर बचाई रहेको जियोलोजीकल टी.भी. च्यानलको प्रत्यक्ष प्रसारणमा तपाई हामीले देखेका छौं गोहीको पन्जामा परेको नील गाईलाई पानी घोडाले छुटकारा दिलाएका घटनाहरु छन् तर मनुष्यले मनुष्यको लागि गरेका आपराधिक क्रियाकलापमा हामी मनुष्य समर्थन जनाउँछौं । कस्तो अन्याय कस्तो विकास गरेछौं आफैले आफैलाई धन्यवाद दिनुपर्ने विकास हामीले गरेछौं होइन !

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *