रामलिला नाटकको शुभारम्भ

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

महेन्द्रनगर, २१ असोज । सदाझैं यस वर्ष पनि यही असोज १९ गते देखि रामलिला समितिका अध्यक्ष दान सिंह ठकुराठीको संयोजकत्व तथा महासचिव शमरजङ्ग बहादुर चन्दको विशेष व्यवस्थापनमा महेन्द्रनगरको खुलामञ्चमा रामलिला नाटकको शुभारम्भ भएको छ ।

१९ गते गणेश पूजनबाट सुरु गरिएको रामलिला हेर्ने दर्शकहरु उपस्थिति दिनानुदिन बढ्ने क्रम जारी रहेको छ । हालको मौसम रामलिला नाटकको लागि उपयुक्त रहेकोले दर्शकहरु गाउँ गाउँबाट आउने गरेका छन् ।

मर्यादा पुरुषोत्तम रामचन्द्रको जीवन कहानीमा आधारित रामलिला नाटकबाट सामाजिक सद्भाव, राज्य व्यवस्था प्रतिको उत्तरदायित्व, भातृ प्रेम, पिताको पैतृक आज्ञा, राष्ट्र प्रमुखको राष्ट्र प्रतिको माया र जनताको उत्तरदायित्व, सामाजिक रितिरिवाज, सद्भावना, वर्तमानका युवा पिँढीहरुका लागि समेत ज्ञानबर्धक भइ सामाजिक सुधारमा उन्नति हुने भएकाले नेपाल अधिराज्यभरी मात्र होइन छिमेकी मित्र राष्ट्र भारतको नयाँ दिल्लीमा रहेको रामलिला मैदानमा विराट रामलिला हुन्छ भने कञ्चनपुर जिल्ला कै छिमेकी जिल्ला नैनिताल, हल्द्वानी, चम्पावत लगायतका भारतीय जिल्लाहरुमा बडो धुमधामका साथ यही समयमा रामलिला देखाउने गरि आएका छन् । यसबाट टाढा टाढा रहेका इष्टमित्र, भाइबन्धुहरु सितको भेटघाट, सामाजिक सद्भावको नविकरण, धार्मिक नाटक भएकाले धमार्थीहरुको समय बडा आनन्दमय तरिकाबाट वित्ने गरेको बताउँछन् हरिराम जोशी ।

त्यस्तै यस्ता सामाजिक तथा धार्मिक नाटकहरुबाट विमुख हुदै गरेको समाजिक सद्भाव, खलबलिन नसक्ने भएकाले हरेक वर्ष रामलिला नाटक बनाइ राख्नुपर्ने देखिन्छ भन्नु हुन्छ लक्ष्मी प्रसाद भट्ट ।

यस वर्षको रामलिला नाटकमा बडो अनुशासित तरिकाबाट भइराखेको छ । मञ्चमा दर्शकहरुलाई बस्न त्रिपाल तथा कुर्सीहरुको व्यवस्था रहेकाले दर्शकहरु आनन्दका साथ रमाएर पुरा समय रामलिला अवलोकन शान्तिमय प्रकारले गरी रहेका छन् ।

यस वर्षको रामलिला बनाउने कार्यक्रम नै भव्य र सभ्य बनाउने योजना रहेको थियो । त्यस कुराको निर्देशन महासचिव शमरजङ्ग बहादुर चन्दले विभिन्न समिति तथा उपसमितिहरुलाई दिइ रहेका छन् । उपसमितिहरुमा स्वयंसेवक, शान्ति सुरक्षा, मञ्च व्यवस्थापन लगायतका विभिन्न उप–समितिहरुले समेत आफ्नो कर्तव्य पालन गरी रहेका छन् । यसै प्रकारले कार्तिक १ गते सम्म शान्तिपूर्वक रहोस् भन्ने जनचाहना रहेको पाइन्छ र कार्तिक २ गते राज्याभिषेक रामतिलक हुने कुरा अध्यक्ष तथा रामलिला समितिका संयोजक दानसिंह ठकुराठीले बताउनु भएको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *