स्वास्थ्य संस्थामा औषधी अभाव

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

बैतडी, २१ असोज । पहाडी जिल्लाहरुबाट निर्वाचित भएका सभासदहरुले ती जिल्लाहरुको राजनीतिक सिट पहिलेको भन्दा अहिले घटाएका छन् र तराई का सिटहरु बढाएका छन् । यो सभासदहरु को कुटिल बदमासी चाल हो किनभने पहाडी जिल्लाहरुबाट सभासदका उम्मेदवार हुने व्यक्तिहरुले तराई क्ष्ोत्रबाट प्रतिनिधित्व गर्नेसोच राखेर नै गलत भावनाबाट तराईका सिट बढाएर पहाड तर्फ घटाएका हुन् । त्यस्तै पहाडको औषधी खाद्यान्नका कोटाहरु पनि कम हुदै गएका छन् भने बजेट पनि त्यही आधारमा निकासा हुने गरेको देखिन्छ । जहाँको क्षेत्रफल धेरै छ त्यहाँ कम बजेट तथा जहाँको क्षेत्रफलकम छ त्यहाँ बढी बजेटको तर्जुमा सभासदहरुले गरेको देखिन्छ जुन दुखदायी कुरा हो ।

त्यस्तै बैतडीका स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ । स्थानीय तहबाट समयमै औषधि खरिद गर्न नसक्दा अभाव भएको हो । जिल्लाको पुरचौडी नगरपालिका, मेलौली नगरपालिका, दोगडाकेदार गाउँपालिका र पञ्चेश्वर गाउँपालिका बाहेकका स्थानीय तहले औषधि खरिद गर्न सकेका छैनन् ।

औषधि खरिद गरेका तहले पनि स्वास्थ्य संस्थामा औषधि वितरण गरेका छैनन् । औषधि खरिदका लागि कम रकम विनियोजन भएकाले खरिद गरिएको औषधिले डेढ महिना मात्रै धान्ने पुरचौडी नगरपालिकाका स्वास्थ्य संयोजक विनोद कुमार कुवँरले जानकारी दिनुभयो ।

औषधि खरिदका लागि चार लाख रुपैयाँ मात्र छुट्याइएको उहाँले बताउनुभयो । चार लाखको औषधिले डेढ महिना पुग्ने र त्यसपछि के गर्ने भन्ने अन्यौल रहेको उहाँको भनाई छ । बैतडीका स्वास्थ्य संस्थामा अहिले औषधिको चरम अभाव भएको स्वास्थ्यकर्मीले बताएका छन् ।

औषधि नहुँदा जाँचका लागि आउने बिरामी रित्तो हात फर्किनु परेको गाँजरी स्वास्थ्य चौकीका इन्चार्ज जनकसिंह धामीले जानकारी दिनुभयो । स्वास्थ्य संस्थामा सिटामोल समेत नरहेको उहाँले बताउनुभयो ।

स्वास्थ्य केन्द्रको बजेटको कुरा गर्दा २०२८ सालको अवस्था याद आउँछ । महेन्द्रनगर स्वास्थ्य केन्द्र वर्तमान महाकाली अञ्चल अस्पतालको औषधी निकासामा जिन्सी खाता सम्म भिडान गर्दा त्यति बेला टे«टासाइक्लिन १ सय पिसको एक सिसि मात्र निकासा भएको थियो । त्यति बेला त्यो इमरजेन्सी कोटाको लागि मात्रै राखिएको हुन्थ्यो । अरु धेरै औषधीहरु अस्पतालमा विभिन्न क्यामिकल मिसाएर आफै बनाउने गर्दथे भने आज त्यो अवस्था छैन । निडिलहरु समेत तयारी आइसकेका छन् । आवश्यक पर्ने औषधीहरु जेष्ठ नागरिक, जनजाति लगायतका धेरै व्यक्तिहरुलाई निःशुल्क दिने भनी नियम बनाएको छ । त्यही नियम अनुसार पनि सबै स्वास्थ्य केन्द्रमा औषधीहरु पठाउनुपर्ने देखिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *