जनता आवास कार्यक्रम सञ्चालनमा आउने

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

बैतडी, २० असोज । समय परिस्थितिको परिवर्तनको सिलसिलामा नयाँ प्रकारको काम कुरा गर्नु उपयुक्त नै भएको हुदा देशका हरेक जिल्लाहरुमा विभिन्न खाले कार्यक्रमको सुरुवात भएको पाइन्छ ।

बैतडीका साविकका थप छ वटा गाविसमा जनता आवास कार्यक्रम विस्तार हुने भएको छ ।

साविकका पञ्चेश्वर, कोटपेटरा, रौलेश्वर, गिरेगडा, मठैराज र गुरुखोला गाविसमा जनता आवास कार्यक्रम विस्तार हुने शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय बैतडीका प्रमुख प्रवीण शाहले बताउनुभयो ।

यसअघि जिल्लाका साविकका १५ वटा गाविसमा कार्यक्रम सञ्चालनमा रहेको र ती ठाउँमा पनि कार्यक्रमले निरन्तरता पाउने शाहले बताउनु भयो । उहाँले भन्नुभयो, ‘जनता आवास समन्वय समितिको बैठकले ६ ठाउँमा कार्यक्रम विस्तार गर्ने निर्णय गरेको छ ।’

जनता आवास कार्यक्रम सञ्चालन भएका ठाउँमा अतिविपन्न, गरिब तथा असहाय दलित समुदायका परिवारको घर निर्माण गरिने छ ।

जनता आवास कार्यक्रम अन्तर्गत घर निर्माणका लागि सम्बन्धित व्यक्तिको नाममा जग्गा भने अनिवार्य रुपमा हुनुपर्नेछ । घर जीर्ण भएका, घर नै नभएका, परिवार संख्या ठूलो भएका नागरिकलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिने कार्यालय प्रमुख शाहले जानकारी दिनुभयो ।

जनता आवास कार्यक्रम अन्तर्गत कार्यक्रम सञ्चालन गर्नका लागि सूचना प्रकाशन गरेर आवदेन आह्वान गरिने छ ।

जनता आवास कार्यक्रम थप पाँच गाविसमा सञ्चालन हुने भएपछि त्यस ठाउँमा अतिविपन्न, गरिब तथा असहाय दलित समुदायलाई सजिलो हुने विश्वास गरिएको छ । यो सँगै बैतडीमा साविकका २१ गाविसमा जनता आवास कार्यक्रम सञ्चालन हुने भएको छ ।

कञ्चनपुरको पुनर्वास तर्फ पनि पाँच दश वर्ष पूर्व नै जनता आवास कार्यक्रम अन्तर्गत विभिन्न खालका भुकम्प रहित, चिसो र गर्मी छल्ने खालका भवनहरु निर्माण गर्दा सर्वप्रथम बासको छत राखेर त्यस माथि ढलान गरी बस्न योग्य बनाएका थिए ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *