प्रहरी फन्दामा जड्याहा

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

बझाङ, २१ असोज । वर्षमा पितृ पर्व, देव पर्व यी मुख्य पर्वहरु हुन् । त्यस अगाडी पछाडी पनि धार्मिक मेला चाडपर्व हुन्छन् । पितृ पक्ष सराद्ध पुर्णिमा देखि अमावश्या अर्थात् पितृ विसर्जन सम्म रहन्छ भने त्यसकै भोलीपल्टबाट देवपक्ष सुरु हुन्छ ।

सुदूरपश्चिमको धार्मिक तथा ऐतिहासिक सुर्मादेवी मेलामा एकै दिनमा ८५ जना जड्याहालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मदिरा सेवन गरी होहल्ला गर्ने तथा मेला बिथोल्न खोज्ने ८५ जना जड्याहालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

मदिरा सेवन गरी होहल्ला गर्नेलाई २ हजार ४ सय र मदिरा बिक्री बितरण गर्नेलाई ५ हजार
जरिवाना गर्ने निर्णय भएको सुर्मा देवि मेला व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर बिष्टले बताएका छन् ।

जरिवानाबाट उठेको ६० प्रतिशत रकम सुर्मा देवी मन्दिर व्यवस्थापन समितिलाई र ४० प्रतिशत रकम प्रहरीलाई दिने निर्णय भएको उनको भनाइ छ ।

सुर्मादेवि मेलालाई भव्य रुपमा संञ्चालन गर्न जिल्ला खेलकुद विकास समितिले भलिबल, सास्कृतिक कला प्रतिष्ठान केन्द्रले नृत्य, बझाङ उद्योग बाणिज्य संघ र नेपाल पत्रकार महासंघ बझाङले डेउडा प्रतियोगिता आयोजना गरेको थियो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *