एमाले द्वारा उम्मेदवार सिफारिस

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

बझाङ, २१ असोज । नेकपा एमाले बझाङले प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारको नाम सिफारिस गरेको छ । एमालेले प्रतिनिधि सभाका लागि प्रत्यक्ष तर्फ केन्द्रिय सदस्य भैरव सिंह र पूर्व बनमन्त्री भानुभक्त जोशीको नाम केन्द्रमा पठाउने निर्णय गरेको छ भने सामानुपातिक तर्फ लाल बहादुर
रावल, मान प्रसाद खत्री, बिना केसी र कलक विकको नाम सिफारिस गरेको छ ।

प्रदेश सभाका लागि क्षेत्र नम्बर १ मा प्रत्यक्ष तर्फ जिल्ला अध्यक्ष दिल बहादुर सिंह र पूर्व अध्यक्ष अर्जुन बहादुर थापाको नाम सिफारिस गरेको छ भने समानुपातिक तर्फ निल गगन बहादुर सिंह, प्रयाग राज जोशी, दमन भण्डारी, राधा बिष्ट, पार्वती जोशी र देवकी जोशीको नाम सिफारिस गरेको छ ।

यसैगरी क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ बिरेन्द्र भण्डारी, दिल बहादुर भण्डारी र प्रकाश रोकायाको नाम सिफारिस गरेको छ भने समानुपातिक तर्फ तारा बोहरा, अतित ओड, भागरती सिंह, गौरीप्रसाद सोती, धनादेवि कुँबर र नरदेव बढुको नाम सिफारिस गरेको नेकपा एमालेका जिल्ला अध्यक्ष दिल बहादुर सिंहले बताए ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *