भारतबाट १ किशोरी सहित ४ को उद्धार

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

चितवन, २१ असोज । भारतको कोठीमा बेचिएका एक किशोरी र बालिकाको उद्धार गरिएको छ । मानव बेचबिखन विरुद्ध काम गर्दै आएको संस्था केआइ नेपालले भारतको कोठीबाट चितवनकी एक किशोरी र तीन बालबालिका सहित चार जनाको उद्धार गरेको हो ।

भारतस्थित केआई नेपालका प्रतिनिधि द्वारा शुक्रबार चितवन घर भएकी १७, १८ वर्षकी किशोरीको उद्धार गरिएको केआइ नेपाल चितवनकी संयोजक केमिका घिमिरेले जानकारी दिइन् ।

भारतको दिल्ली स्थित एक कोठीबाट उद्धार गरिएकी उनलाई भारत स्थित नेपाली दूतावास सँगको समन्वयमा आज चितवन ल्याइने घिमिरेले जानकारी दिइन् ।

यस्तै भारतको मुम्बइ स्थित अर्को कोठीबाट तीन बालिकाको समेत उद्धार गरिएको केआइ नेपालका कार्यक्रम निर्देशक इन्द्र राज भट्टराईले जानकारी दिए ।

उद्धार गरिएका बालिकालाई अहिले मुम्बइको एक गैरसरकारी संस्थामा पुनःस्थापना गरिएको छ । उनीहरुको ठाउँ ठेगाना भने खुल्न सकेको छैन ।

सीमा क्षेत्रमा बढी निगरानी गर्दै आएको उक्त संस्थाले गएको एक वर्षमा नेपालका विभिन्न सीमा नाकाबाट झण्डै ६० जनालाई बेचिनबाट रोकेको जनाएको
छ ।

चितवन जिल्लामा भने संस्थाले पुनःस्थापना केन्द्र नै सञ्चालन गरेको छ । पुनःस्थापनाको क्रममा रहेका चार जनाले औपचारिक शिक्षा लिइरहेको केआइ नेपाल चितवनले जनाएको छ ।

यी घटनाहरु नयाँ नभएर वर्षाै पहिले देखि अर्थात् अंग्रेजहरुको कार्यकाल समाप्त पछि यी घटनाहरुमा बृद्धि हुन गएको हो । प्रजातन्त्रवादी भनिने नेताहरु तथा बृद्धिजीविहरुको अवस्था नाजुक किन देखिन्छ भने आफ्ना नागरिकहरुको यसरी बेइज्जती पूर्ण तरिकाले कोठीहरुमा पुग्नु मात्र होइन कि वर्तमानको अवस्थामा पनि वैदेशिक घरेलु रोजगारको नाममा खाडी मुलुकहरुमा पठाउने गरेको छ । यस्ता घटनाहरुले प्रोत्साहन पाउने गरेको हुदा यी बन्द हुनु पर्ने देखिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *