देशको अस्तित्व जोगाउन वाम एकता आवश्यकः रावल

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

अछाम, २० असोज । नेपालका वामपन्थीहरु एकजुट भएको हुँदा नेपाली काँग्रेसलाई अनिष्ट हुन लागेको देखेर देशमा अनिष्ट हुन लागेको भन्ने भ्रम जनतामा फैलाउन लागेको नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष भिम रावलले वताउनु भएको छ ।

शुक्रबार अगुवा नेताहरुलाई वाम एकताका वारेमा प्रशिक्षण दिन अछाम पुग्नु भएका एमाले उपाध्यक्ष रावलले संविधानको पुर्ण कार्यान्वयनका लागी र लोकतन्त्रको रक्षा तथा देशको अस्तीत्व जोगाउन वामपन्थीहरुको एकता आवश्यक भएको वताउनु भयो ।

उहाँले नेपाली काँग्रेसले सरकारको आडमा देशको स्रोत साधन र प्रहरी प्रशासनको गलत प्रयोग गरिरहेको आरोप समेत लगाउनु भयो । नेता रावलले नेपाली वामपन्थीहरुको एकताले देशमा लोकतान्त्रिक गणतन्त्रको रक्षा हुने र आफ्नो अस्तीत्व खतरामा पर्ने देखेर काँग्रेसले जनतालाई भ्रम फैलाएर बाम एकताले लोकतन्त्र खतरामा पर्ने झुटा कुप्रचार गरिरहेको आरोप लगाउनु भयो ।

उहाँले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपाल मिलेर चुनावमा जाँदा स्पष्ट वहुमत आउने र ५ वर्ष सम्म सरकार संचालन गरी देशलाई विकास गर्न महत्वपुर्ण योगदान पुग्ने वताउनु भयो ।

उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका मन्त्रीहरु बर्खास्त गरे आफुहरु चुप लागेर नबस्ने चेतावनी समेत दिनु भयो । उपाध्यक्ष रावलले देउवा सरकारले निर्वाचनमा धक्का पुग्ने गरी काम गरिरहेको भन्दै यस्ता गतिविधिलाई तत्काल रोक्न समेत आग्रह गर्दै निर्वाचन आयोगले आचारसंहिता उलंघनका विषयमा पटक पटक सजग गराउँदा पनी प्रधानमन्त्रिले आयोगलाई नटेरेको र प्रधानमन्त्री देउवाले केही दिन बाँकी रहेको संसद विघठन गरेमा आफुपनि प्रधानमन्त्री नरहने भनाइ राख्नु भयो ।

‘प्रतिनिधि सभा सदस्य नरहेको व्यक्ति मन्त्री हुन नपाउने व्यवस्था संसद नभएमा देउवा कसरी प्रधानमन्त्री रहिरन्छन् ।’ रावलको प्रश्न थियो । उनले वाम एकताप्रति कांग्रेसको भनाइहरुलाई प्रतिवाद गर्दै देशमा नभइ कांग्रेसमा अनिष्ठ आएको कटाक्ष गरे ।

तोकिएको समय मंसिरमै चुनाव सकिएपछि दुई तिहाइ सहितको बहुमत आउने र समाजवादमा देश अघि बढ्ने भनाइ राखे । वाम एकताले देशलाई समाजवादबाट समृद्ध बनाउने बाटोबाट कसैले रोक्न नसक्ने उनको भनाइ थियो ।

वाम एकताको प्रयास तत्काल नभइ १० बर्षअघिबाट शुरु भइ कसैको सहयोग विना भएको भनाइ थियो । तल्लो तहसम्म मिल्न निर्देशन जिल्लामा रहेका केही अगुवा नेताहरुको अनौपचारिक बैठकमा उपाध्यक्ष रावलले नेकपा माओवादीका कार्यकर्तासंग सौहाद्र र मैत्रीपुर्ण व्यवहार गर्न निर्देशन दिए ।

उपाध्यक्ष रावलले माओवादीका सबै साथीहरुसंग राम्रो सम्बन्ध स्थापित गर्न निर्देशन दिनुभएको एमाले जिल्ला सचिव यज्ञ बोगटीले जानकारी दिए । उपाध्यक्ष रावलले भने कसैका मन नमिलेका हुन सक्छन भेट, अन्तरक्रिया, मैत्रीपुर्ण व्यवहारबाट अझ नजिक सम्बन्ध बनाउन भन्नु भएको सचिव बोगटीको भनाइ छ । उपाध्यक्ष रावल आफ्नो निर्वाचन क्षेत्र विकास र पुर्वाधार कार्यक्रमको योजना र रकम बाँडफाँडाका लागि अछाम पुगेका हुन् ।

देशको अस्तित्व वाम गठबन्धन जोगिन्छ अथवा जान्छ यो समय र परिस्थितिले बताउनेछ । देश बचाउन वाम मिलेर होइन कि नेपाली जनताले मिल्नुपर्छ अनि मात्र देश बच्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *