देशको भविष्य अन्धकार नबनोस् !

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

पाश्चात्य मुलुकहरुको विकास सबैभन्दा पहिले भएको थियो । भन्ने गरिन्थ्यो इ·लैण्डमा कहिले सूर्य अस्ताउदैनथ्ये कारण विश्वभरी उनको शासन थियो । अंग्रेजले भारतमा कब्जा गरी शासन ग¥यो । कन्याकुमारी देखि काश्मीर, टनकपुर सम्म रेल्वे लाईनको निर्माण ग¥यो, विकासका सबै कामहरु ग¥यो । अंग्रेजको देन भारतका ठूला ठूला शहरहरु आज सम्म आफै बोल्दैछन् । नेपाल माथि आक्रमण ग¥यो तर वीर बहादुर स्वाभिमान सैनिकहरुको विरुद्धमले धर्म तथा बहादुरीका साथ अंग्रेज सित लडे । अन्तमा सुगौली सन्धी द्वारा दुई देश सित प्रगाढ सम्बन्ध कायम रह्यो । अन्तमा नेपाल, अंग्रेजका मुलुकहरुमा सार्वभौम रहे । विकासका गतिहरु संगै संगै चल्नुपर्छ किनभने हडबडमा गरेका योजनाहरु फेल हुन सक्छन् । अंग्रेजहरुलाई भारतको प्लान गर्न मात्र एक सय वर्ष लागेको थियो ।

नेपालले २००७ को प्रजातन्त्र पछि २००९ साल देखि नै योजना बनाउन सुरु ग¥यो । २०३८÷३९ मा योजना तयार भइ सकेकाले रकमको बन्दोबस्त गरी विकास गर्ने काम संगै संगै चलिरहेकै बेला नेपालले पटक पटक राजनीतिक दुर्घटना व्यहोर्नु प¥यो । नेपाली जनताले स्थिर राजनेता र राजनीतिक व्यवस्था छान्न पाएको छैन कारण केवल नेताहरुको अदुरदर्शीता, बाह्य चलखेल, परस्पर विश्वासघात, जनता माथि पटक पटक राजनीतिक धोका हुनु, नेताहरुले उसलाई मत नदिई मलाई मत देऊ भन्ने गरेको तर राष्ट्रलाई देऊ राज्य व्यवस्था कस्तो बनाउनु ठीक हुन्छ भनी जनभावना नमाग्नु, बलजफ्ती छलछामबाट र हतियार डर त्रासबाट जनतालाई कब्जा गर्नु जस्ता आपराधिक कारणले गर्दा देशका प्रत्येक नागरिक सशंकित भएका छन् ।

जनता माथि हदै सम्म अविश्वास भइसकेकोले राजसंस्था गिरिजा बाबु बिच भएको अविश्वासको जस्तो संकटमा नेता र जनता फसेका छन् । जनता सित निर्वाचनको बेलामा नेता एक कुरा गर्छन् त्यसपछि अर्कै । आज नेता र जनता विचको खाडल पुर्न असंभव नभएपनि आनाकानी भई रहेको छ । प्रत्यक्ष व्यवस्था छान्न पाउनु पर्छ । त्यसपछि मात्र आफ्नो प्रतिनिधि छान्न पाउने हो तर त्यस्तो नभएर ठीक उल्टो भएको छ ।

मलाई या यो राज्य व्यवस्थाको ढा“चा जे जस्तो हामी बनाउछौं त्यस्तो मान्नु पर्छ भन्ने कुरा जनता माथि लादिने काम भएकाले देशको भविष्यको बारेमा एकिन नभएर जुवाडेको जस्तो दाउ फालिएको छ । विकास भन्ने कुरा एकै पटक हुदैन । २०१७ साल देखि २०४६ सालसम्म के कति भएको थियो आज कति बृद्धि भयो रफ्तार ढिलो चाडो होला तर त्यो भन्दा ठूलो दुःख नेताहरु परतन्त्रमा जानु, अर्काको भर र आश्रयमा आफु र जनतालाई बाच्न बाध्य पार्नू नै हामी नेपाली नेताहरुको दोष देखिन्छ ।

हालै वाम गठबन्धनको नामबाट देशका शत्रु र मित्र छुट्टाए जस्तो भान भई रहेको छ । जनता न वाम चाहन्छन् न कुनै अरु तर केवल जनचाहना छ देशले शान्ति पावस्, देशले स्वरोजगार स्वदेशमा नै पावोस्, इमानदारी नेतृत्व पावस्, जनताको खातिर नेताले पनि दुःख गर्न पाउन,् हामो देशले पनि अब्राहम लिंकन, नेलसन मण्डेला, सन्त नेता कृष्णप्रसाद भट्टराई जस्ता इमानदार नेताहरुको उदय भई जनताले हासी हासी बाच्न सकुन् देशको भविष्यलाई नेताहरु अन्धकार नबनाउन् भन्ने सबैको चाहना देखिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *