सरकारले गाई गोरु भैंसी किन्न ऋण दिन्थ्यो

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

सबै जनाको माग बमोजिम कृषकलाई कृषि कर्जा दिइन्थ्यो । गाई, गोरु तथा भैंसी खोज्न कर्जा लगानी गरिने दिनहरु थिए । आज उही सरकारलाई छाडा गाई गोरुको व्यवस्थापनको लागि धौ धौ परेको छ । यदि देशमा कानूनी राज्य भइ दिएको भए कानूनी उपचार हुने थियो । तर कानूनी राज्य नभएको तर देश समझदारी, साझेदारी, पार्टी बीच भागबण्डा, देशको सम्पत्ति र अस्तित्व मिलिजुली दोहन गर्ने नीति यो देशमा रहेकोले कानूनी उपचार पाउन र जनतालाई दिन सकिएको देखिदैन ।

सरकारले राज्य कसरी चलाउनु पर्छ जनतालाई के के आवश्यक पर्छ भन्ने कुराको कुनै वास्ता राखेको पाइदैन । गत विगत सरकार र व्यवस्थाहरुमा पनि जनताको खासै आवश्यकता पूर्तिको वास्ता गरेको देखिदैन ।

त्यसकारण विगतका राज्य व्यवस्थाहरु नेताहरुले भंग गरी नयाँ नेपाल निर्माणमा लागेकाले विगतलाई विर्सनु स्वभाविक ठानिन्छ । जनताको लागि आवश्यक पर्ने गौचरन, मसानघाट, पानीघाट नेताहरुले अपहरण गरी व्यक्तिगत उपलब्धीको लागि कसैको नाममा दर्ता गराई आज हाहाकार परेको छ । घरघरमा पशुपालन गराउने तर चरिचरनलाई रोक लगाई दिएको छ ।

जंगल सामुदायिक वनको नाममा सीमित व्यक्तिले फाइदा लिएका छन् । बजार क्षेत्र अर्थात राजमार्ग सित जोडिएका गाउँहरुलाई सामुदायिक वन सम्मको पहुँच छैन । त्यस्तै त्यस्तै कारणले आफ्ना गाई गोरुलाई समेत व्यवस्थापन गर्न नसकेको देखिन्छ । दोस्रो कुरा तर प्रथम कुरो भने मति भ्रष्ट हुदा दुध दोहन गरेका गाईलाई सडकमा छोड्नु अपराध हुदा नियम बनाई नगरपालिका सरकारले कारवाही गर्नु पर्ने जरुरी देखिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *