राजनीतिक निरंकुशतामा बृद्धि

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

-बलदेव अवस्थी
baldv
पञ्चायत कालका ३० वर्ष विताउन ३० दिन विताए जस्तै भए । नयाँ व्यवस्थाको कौतुहलमा जनता आशातित रहे । प्रजातन्त्रको उदय पुनर्बहाली २०४७ मा हुदा एक प्रकारको उमङ्ग जोस जागरण जनतामा आएको थियो । पञ्चायत व्यवस्थामा प्रमुख भुमिका निभाउने केही नेताहरुमा कोही नेकपा र कोही कांग्रेसमा गएर रमाए तर जनताको अवस्था उस्ताको उस्तै रहेपनि निजि क्षेत्रको सहभागिताले प्रोत्साहन पाउँदा सरकारी उद्योग कलकारखाना माथि अघोषित हमला भएपनि शिक्षा क्षेत्र तर्फ भने २०४७ पछि राम्रो विकास भयो । विद्यालयहरुको संख्या बृद्धिमा गुणस्तरको कुरा गर्दा भने समाजले देशको मौलिकता विर्साउने कार्यमा सरकारबाट सहयोग भयो ।

नेपालमा राजनीतिक निरंकुशता कसरी अगाडी बढ्यो भने २०४७ को संविधानमा नेपालमा राजनीतिक पार्टी खोल्न पाउने बहुदलिय व्यवस्थाको ग्यारेन्टी भएपनि नेपाली कांग्रेस र एमालेको बाहुल्यता रहेको सरकारले माओवादी नामको राजनीतिक पार्टीलाई दर्ता गर्न दिएन रोक लगायो, त्यो रोक नै नेपालको शोक बन्न गयो । नेकपा र ने.का.ले भित्रबाट गोप्य तरिकाले तथा माओवादीले खुला रुपबाट आन्दोलनको सुरुवात गरे ।

राजसंस्थालाई मित्र पक्षको रुपले नहेरी अन्य रुपबाट हेरी नारायणहिटीको स्थान दिल्लीले पाउने व्यवस्थाको तर्जुमा भयो । आज नारायणहिटीको स्थान दिल्ली बन्न पुग्यो, कुनै बेला तल माथि हुुनु अर्कै कुरा हो । जसरी २००७ सालमा राजा त्रिभुवन र वि.पि. कोइरालाको राज्य संचालन प्रविधिमा नेहरुजीले आफ्नो प्रतिनिधित्व गर्न र उपस्थिति जनाउन आफ्नो सरकारी कर्मचारी सहसचिवलाई नेपालमा पठाएका थिए भने आज हरेक कुरा उनकै दुतावासले हेरी रहेको छ ।

नेताहरुले जनताको कुनै वास्ता गरेका छैनन् । नेपाली कांग्रेस प्रति आस्थावान जनताले कुनै बेला माओवादी बन्न परेको छ भने माओवादीमा आस्था राख्नेहरुले आज एमाले बन्नु परेको छ । जहाँ जतिबेला नेतालाई जहाँ जाने जे गर्ने मन लाग्छ जनताले पनि उतै जानुपर्ने बाध्यता नेता पार्टीहरु
गराउँदैछन् जुन जुन धर्म होइन कि अधर्म हो । यसले गर्दा प्रत्येक गाउँ घरमा बैमनश्यताको सिर्जना भइरहेको छ । पार्टीहरु आज जुटे जस्तो गर्ने भोली फुटे जस्तो गर्ने कार्यले जनता र राजनीतिक कार्यकर्ता माथि घोर अपराध मात्र होइन निरंकुशता लादी रहेका छन् । यसरी जनतालाई भ्रमित पार्नु भन्दा बरु देशमा २÷३ पार्टी मात्र राख्ने भन्ने गरेको भए हुने थियो । नेताहरु स्वयं नेतृत्व लिनमा असक्षम रहेका किन छन् भने बाह्य शक्तिको निर्देशनमा २००७ साल देखि आज सम्म निरन्तर कार्य भइ रहेको भएपनि कोही ३० वर्षे पञ्चायतकालमा भन्न त सकिदैन तर राजा महेन्द्रको कार्यकालमा केही स्वाधिनता बटुल्न लागेको देश आज पुरै परतन्त्रमा गएको पाउँदा जो कोहीलाई पनि दुःख लाग्नु स्वभाविकै हो । राजा वीरेन्द्रलाई झुकाउन भएका विभिन्न षड्यन्त्र असफल भएपछि अन्तमा गुपचुप मार्ने काम जो भयो त्यो नै नेपालको विनासको सुरुवात थियो ।

त्यसपछि कोही स्वाभिमानमा अडिक रहेका के.पी.ओलीको कार्यकाल असफल पार्न जसरी २०४५ सालमा नाकाबन्दी लगाई मागेका थिए त्यसैगरी ओलीको कार्यकाललाई असफल पार्न नाकाबन्दी लगाई माग्यो । त्यो भन्दा ठूलो अपराध हो जनतालाई केहीले जोड्नु र फुटाउनु जस्तो राप्रपाका असक्षम नेताहरुले जनता र आफ्ना कार्यकर्तालाई बेवकुफ बनाए । त्यसैगरी आज माओवादी र एमाले नेताहरु जनता माथि अनधिकृत शासन गर्न जनताको धज्जी उडाई रहेका छन् ।

प्रचण्डको विचारले कांग्रेस सित हातेमालो गर्दैमा माओवादी समर्थक जनता नेपाली कांग्रेस हुन सक्दैनन् । त्यस्तै आज माओवादी र एमालेको कुरा छ । यी दुबैका नेताहरुले जनतालाई झुक्याई सत्तामा जानु अपराध हो तर प्रष्ट प्रस्ताव राखी जनता माझ गई देशको राज्य व्यवस्था कस्तो बनाउने भनी जनताको मत लिनु ठीक हो तर जसरी म राष्ट्रपति बनुँला भनी राजसंस्थालाई हात खडा गरी जनताको राय बेगर राजसंस्था हटाउने काम मात्र होइन त्यस्तै खालका अरु कार्यहरु जो भइ रहेका छन् ती सबै निरंकुश हुन् । त्यसकारण निरंकुशतामा ह्रास न आई वर्तमानमा झन् बृद्धि हुदै गएकाले भाबी नेपालले संकट व्यहोर्नु पर्ने हामी ठान्दछौं ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *