महाअष्टमीको भव्य मेला निङ्लाशैनीमा

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather


जगदिश प्रसाद अवस्थी । महेन्द्रनगर, १३ असोज । कञ्चनपुरको महेन्द्रनगर बजार भन्दा केही पर एयरपोर्ट रोडमा माता निङलाशैनी भगवतीको मन्दिर अवस्थित छ । वर्षभरी नै यहाँ विभिन्न समयमा पूजाआजा हुने गरेको छ । अरु बेला भन्दा पनि नवरात्रीका समयमा यहाँ भक्तजनहरुको बढी घुइचो हुने गरेको छ ।

महाअष्टमी तथा महानवमीका अवसरमा देशभरीका विभिन्न शक्तिपीठहरुमा पूजाआजा हुने गरेको छ । विगतका वर्षहरु झैं यस वर्ष समेत महाअष्टमीको अवसरमा यस निङलाशैनी मन्दिरमा पनि भव्य मेला लागेको छ ।

प्रत्येक दिन श्रद्धालु भक्तजनहरु तथा नवरात्रीको व्रत बसेकाहरु यहाँ पूजा गर्न आउने गरेका छन् भने अष्टमीको अवसरमा भव्य मेला लाग्ने तथा पशुहरुको बलि समेत दिने प्रचलन चल्दै आएको छ ।

बलि दिनका लागि आफुले बलि दिने पशुलाई टीका तथा माला लगाई आफु संग ल्याउने गरेका भक्तजनहरु भेटिन्छन् । पशु सहित मन्दिर परिक्रमा गर्ने तत्पश्चात पशुको पूजाआजा गरी बलि दिने गरिन्छ ।

आफ्नो मनोकामना पूर्ण गरेवापत भक्तजनले भाकल गरेअनुसार पशु ल्याई बलि दिने पुरानो चलन हाल सम्म समेत कायम रहेको पाइन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *