आयातित संस्कृति र धर्मलाई प्रोत्साहित गरिदैछः राजा

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather


काठमाडौं, १३ असोज । मानिस जहासुकै भएपनि चाहे उसले सुविधाका साथ बसोस् अथवा असुविधाका साथ जहाँ बसेपनि आफ्ना देशको माटोको लागि मात्र नभएर जनताको लागि समेत आफुलाई समर्पित गर्दा रहेछन् भन्ने कुरा जतिसुकै दुःख भोगेका राजा नलबाट समेत पाठ सिक्नु उपयुक्त देखिन्छ । त्यस्तै जनताको हितको लागि आफ्नो राजपाठ छोड्नमा मन्जुर हुने राजा ज्ञानेन्द्रले नेपालको माया ममता विर्सेको देखिदैन ।

राजा ज्ञानेन्द्र शाहले हिन्दु नेपालीहरुको महान पर्व विजया दशमीको अवसरमा शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गरेका हुन् । साथै उनले मौलिक नेपाली संस्कृतिलाई विस्थापित गरी आयातित संस्कृतिलाई प्रोत्साहित गर्न थालिएको भन्दै चिन्ता समेत व्यक्त गरेका छन् । ‘मौलिक नेपाली परम्परा र नैतिक मुल्य मान्यता विस्तापित गर्दै जाने र आयातित संस्कृति र धर्मलाई प्रोत्साहित भइ रहेको प्रति हामी गम्भीर बन्नु परेको छ,’ पूर्वराजा शाह द्वारा जारी सन्देशमा भनिएको छ । उनले राज्यका सबै संयन्त्रको राजनीतिकरण भइरहेको भन्दै चिन्ता समेत व्यक्त गरेका छन् । ‘राज्यका सबै संयन्त्रहरुको राजनीतिकरण भइरहेको असामान्य अवस्था यति बेला हामी बेहोर्दैछौं । राज्यप्रतिको विश्वास र भरोसामा ह्रास आउनु देशका लागि शुभ संकेत कदापि होइन,’ सन्देशमा भनिएको छ, ‘किन र कसका कारणले यस्तो स्थिति भएको हो, त्यसको खोजिनिती हुनु आवश्यक भइसकेको छ ।’

पूर्वराजा शाहले ३ वटा प्रश्न समेत ते¥र्याएका छन् । ‘दूरगामी महत्वका राष्ट्रिय मुद्दाहरुको निरुपण जनमत मार्फत खोज्न दद प्रजातन्त्र सम्मत व्यवहार भन्न मिल्छ कि मिल्दैन ? संवैधानिक अंगहरुको निष्पक्ष भुमिकालाई निरुत्साहित गर्ने र राज्यका हरेक निकायलाई दल विशेष गर्दै जाने नीतिले देशलाई कहाँ पु¥याउँछ ? पहुँच नभएका नेपालीले कुनै अवसर प्राप्त गर्न नसक्ने र स्वदेशमै पराया महशुस हुनुपर्ने जुन परिस्थिति बनाइएको छ त्यसको जिम्मेवारी कसले लिने ?’ प्रश्न अघि सार्दै शाहले भनेका छन्, ‘यस्ता अनेकौं प्रश्नहरु जनमनमा रहँदारहँदै जवाफ दिने जिम्मेवार निकाय वास्तविकताको सामना नगरी तर्कन खोजेको अनुभूति हामीले गरेका छौं ।’

शुभकामनाको पूर्ण पाठ

“प्यारा नेपाली दिदीबहिनी तथा दाजुभाइ, समस्त नेपालीजनको महान चाड विजया दशमीको उपलक्ष्यमा हामी देश भित्र र देश बाहिर रहे बसेका सबै नेपाली दिदी बहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र सफलताका लागि शुभकामना व्यक्त गर्दछौं । पारस्परिक विश्वास, सम्मान र एकताले मात्र हामी सम्वृद्धिको यात्रामा अगाडि बढ्न सक्छौं । तर देश शान्त, सुस्थिर र सम्मानित भएको हेर्ने हाम्रो चाहना अझै पुरा हुन नसकेकोमा हामी दुःखी छौं । राष्ट्रिय स्वाभिमान सहितको प्रगति, नेपाली जनताले चाहेको हो । दुई विशाल छिमेकी मित्र राष्ट्रहरु बीच रहेको सुन्दर नेपाल, सेतु राष्ट्र हो । यो देशको अखण्डता, अविभाज्यता र स्वाभिमानमा केहि बाह्य शक्ति द्वारा श्रोत परिचालन गरि प्रहार हुँदै आएको अनुभव, नेपाली जनतामा हुनु सुखद विषय हुँदै होइन । त्यसैले, एकातिर सबैको सामूहिक दायित्व इतिहास जोगाउन भएता पनि, यहाँ स्वाभिमान गुम्ने र सम्बृद्धि टाढिने स्थितिको सामना हामीले गरिरहनु परेको छ ।

मौलिक नेपाली संस्कृति, परम्परा र नैतिक मूल्य मान्यता विस्तापित गर्दै जाने र आयातित संस्कृति र धर्मलाई प्रोत्साहित भइरहेको प्रति हामी गम्भीर बन्नु परेको छ । राज्यका सबै संयन्त्रहरुको राजनीतिकरण भइरहेको असामान्य अवस्था यति बेला हामी बेहोर्दैछौं । राज्य प्रतिको विश्वास र भरोशामा ह्रास आउनु देशका लागि शुभ संकेत कदापि होइन । किन र कसका कारणले यस्तो स्थिति भएको हो, त्यसको खोजिनिती हुनु आवश्यक भई सकेको छ । दूरगामी महत्वका राष्ट्रिय मुद्धाहरुको निरुपण जनमत मार्फत खोज्न दद प्रजातन्त्र सम्मत व्यवहार भन्न मिल्छ कि मिल्दैन ? संवैधानिक अंगहरुको निष्पक्ष भुमिकालाई निरुत्साहित गर्ने र राज्यका हरेक निकायलाई दल विशेष गर्दै जाने नीतिले देशलाई कहां र्पुयाउँछ ? पहुंच नभएका नेपालीले कुनै अवसर प्राप्त गर्न नसक्ने र स्वदेशमै पराया महशुस हुनु पर्ने जुन परिस्थिति बनाइएको छ त्यसको जिम्मेवारी कसले लिने ? यस्ता अनेकौं प्रश्नहरु जनमनमा रहंदा रहंदै, जवाफ दिने जिम्मेवार निकाय वास्तविकताको सामना नगरि तर्कन खोजेको अनुभुति हामीले गरेका छौं ।

श्री नवदुर्गा भवानीले सबैको रक्षा गरुन्, नेपालीबीचको आपसी प्रेम, सद्भाव र सम्मानको पुनर्जागरण होस्, यही मेरो कामना छ । जय नेपाल !”

उक्त सन्देशहरु सम्पुर्ण नेपालीहरुको हित कै लागि हुनुपर्छ । यस तर्फ कुनै पनि नेपालीले हेलचक्र¥याई नगरी उनका मार्मिक भावनाको कदर गर्नैपर्ने देखिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *