२२ वर्षपछि प्रचण्डको दशैं

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather


काठमाण्डौं, १४ असोज । क्रिसमसमा बिदा दिने घोषणा गर्ने तर पृथ्वी जयन्तीमा नदिने, अन्य सबै पर्वहरुमा सरिक हुने तर दशैंमा टीका समेत नलगाउने पूर्व प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसपाली निवास मा दशैंको टीका लगाएको खबर बाहिरियो ।

प्रचण्डले दशैं नमनाएको भनेर हिन्दु धर्मका कट्टर समर्थकहरुले आलोचना गर्दै आएका थिए । खासगरी एमाले कार्यकर्ताहरुले प्रचण्ड दशैंको विरोधी भनेर सामाजिक सञ्जालहरुमा स्टाटस राखेर भाइरल बनाएका थिए ।

आसन्न निर्वाचनको बेला त्यसले नकारात्मक असर पर्न सक्ने ठानेर योजनावद्ध रुपमा प्रचण्डले दशैं मनाएको तस्वीर सार्वजनिक गरेको हुन सक्ने अनुमान गरिएको छ ।

त्यसो त प्रचण्ड परिवारले दशैं धार्मिक मान्यताका रुपमा नभएर सांस्कृतिक रुपमा मनाएको बताएका छन् । अध्यक्ष प्रचण्ड र उहाँकी पत्नी सीता दाहालले दशैंको टीका लगाएर खिचेको फोटोले पनि चर्चा पाएको छ ।

जनयुद्ध सुरु भएदेखि नै माओवादी अध्यक्ष प्रचण्डले टीका लगाउनुभएको थिएन । उहाँले यसपटक झण्डै २२ वर्षपछि दशैंको टीका लगाउनुभएको हो ।

माता पिताको निधन भैसकेका अध्यक्ष प्रचण्डले पत्नी सिता दाहाललाई बाहेक अरुलाई भने टीका लगाइ दिनुभएन । उहाँले मामा ससुराको हातबाट टीका लगाउनुभएको हो ।

लाजिम्पाट स्थित निवासमा मामाससुराबाट टीका लगाएपछि त्यसपछि उहाँले पत्नी सिता दाहाललाई टीका लगाइदिनुभएको थियो भने सिताले छोरा बुहारी, छोरी ज्वाइँ, नाती, नातिनालाई टीका लगाइ दिनुभएको थियो ।

यसअघि प्रचण्डको सचिवालयले नै दशैंमा टीका नलगाउने र पारिवारिक भेटघाट गरेर रमाइलो गर्ने कार्यक्रम रहेको बताएको थियो । तर, प्रकाश दाहालले फेसबुकमा परिवारका सबै सदस्यहरुले दशैंको टीका लगाएको फोटो सार्वजनिक गरेर सरप्राइज दिएका थिए ।

प्रचण्डले धार्मिक रुपबाट टिका नलगाई सांस्कृति रुपबाट टिका लगाएको स्वीकारेका छन् । संस्कृति बचाउनु नै धर्म हो त्यो धर्ममा समाहित हुनु प्रचण्डको अहोभाग्य पनि हो । हुन सक्छ हुनको मति सुध्रिएर नेपालीपन, नेपाली स्वाभिमान आत्मगौरवका साथ पुनः जीवित हुनेछ भन्नेमा नेपाली जनताले आशा गरेका छन् । बाँकी सब कुरा उनकै जिम्मामा रहेकोले कसैको कुनै आग्रह विग्रह देखिदैन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *