भिरबाट लडेर एक जनाको मृत्यु

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

बैतडी, १४ असोज । प्राप्त जानकारी अनुसार दशैंको बेला चारैतिर उत्सव, उमङ्ग र रमाइलो छाइरहदा बैतडीमा भने एक जनाको ज्यान गएको छ ।

दोगडा केदार गाउँपालिका–७ रिखाली बस्ने २२ वर्षीय जय सिंह कार्कीको दशैँ मेला हेरेर फर्कने क्रममा भीरबाट लडेर आज बिहान एक जनाको ज्यान गएको छ ।

राती करिब २ः३० बजे दोगडा केदार–७ दारकुरी मन्दिरमा लागेको रात्रि मेला हेरेर फर्कने बेला मन्दिर नजिकै रहेको भीरबाट लडेर गम्भीर घाइते भएका उनलाई उपचारार्थ जिल्ला अस्पताल बैतडीमा लैजाँदै गर्दा बाटामा नै ज्यान गएको हो ।

उनको शवपरीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *