कारागारबाट ११ कैदी मुक्त

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

धनगढी, १४ असोज । बडा दशैंको अवसरमा विगतका वर्ष झैं यसपालीको दशैंको अवसरमा पनि कैलाली जिल्ला कारागार शाखाबाट ४० प्रतिशत कैद भुक्तान गरेका ११ कैदीलाई बाँकी कैद मिनाहा गरी मुक्त गरिएको छ ।

असल चालचलन देखाएकाले सरकारको निर्णय अनुसार ११ कैदीको बाँकी कैद मिनाह गरी मुक्त गरिएको कारागार शाखाका प्रमुख पुष्कर खड्काले बताए ।

‘कैद मुक्त हुनेमा कर्तव्य ज्यान मुद्दाका चार, सवारी ज्यान मुद्दाका दुई जना, बहुबिवाह मुद्दाका दुई र डाँका चोरी, चोरी र आगो लगाएको मुद्दाका एक÷एक जना रहेका छन्,’ उनले भने ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *