चिकित्सक संघले सम्झौता गरेपछि डाक्टरहरु दुई कित्तामा विभाजित

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather


काठमाडौं, १४ असोज । नेपालमा अब अराजकताको स्थिति अपठित समाजबाट भइरहेको नभएर बुद्धिजीवि सर्कलबाट देश माथि आघात पुग्ने गरी बन्द हड्तालको स्थिति सिर्जना गर्नेमा डाक्टर शिक्षक जस्ता अनियन्त्रित समुह लागि परेका छन् । यसको निदान तुरुन्त खोज्नु पर्ने देखिन्छ ।

आन्दोलनको अगुवाई गरिरहेको नेपाल चिकित्सक संघले सरकारसँग सम्झौता गरेपछि डाक्टरहरु दुई कित्तामा विभाजन भएका छन् ।

युवा डाक्टरहरु संगठित डाक्टरहरुकै अर्काे संस्था डक्टर्स सोसाइटी अफ नेपालले बिज्ञप्ति जारी गर्दै संघकै औचित्य माथि प्रश्न उठाएको छ र आफूहरु सम्झौता मान्न तयार नरहेको घोषणा गरेको छ ।

संघको नेतृत्वलाई निश्चित व्यक्तिका स्वार्थमा फसेर सम्झौता गरेको आरोप समेत लगाइएको छ ।

सोसाइटीले डाक्टरको एकताको दुरुपयोग गरेको ठहर गर्दै केही सिमित राजनीतिक नाइकेहरुको चङ्गुलमा चिकित्सक संघका पदाधिकारी फसेको बिज्ञप्तिमा उल्लेख गरेको छ । भनिएको छ, ‘हाम्रो एकताको दुरुपयोग गरी आफ्ना समूहका मानिसलाई पोषण गर्ने अभिप्राय झल्किएको सम्झौताले नेपाल चिकित्सक संघकै औचित्य माथि प्रश्न उठाएको छ । यस्तो विश्वासघाति कदमको कदापि समर्थन नहुने व्यहोरा जनाउँदछौं ।’

उनीहरुले ‘जेल विथ आउट बेल’को कानूनलाई लागू गर्नुपर्ने, डाक्टरहरुले अत्यन्तै न्युन पारिश्रमिकमा असिमीत परिश्रम गर्नुका साथै शारिरिक तथा मानसिक र भौतिक यातना झेल्नु परेकाले उचित पारिश्रमिक, सुविधा तथा सामाजिक सुरक्षाको प्रत्याभूति आफूले खोजेको बताएका छन् ।

सीमीत व्यक्तिको राजनीतिक स्वार्थ र निजि संस्था सञ्चालकका निहित स्वार्थ मात्र सम्झौताले पूरा गरेको उनीहरुले बताएका छन् ।

नेपाल चिकित्सक संघलाई आन्दोलन थप सशक्त बनाउन दिएको सुझावलाई लत्याएर उल्टै समस्त चिकित्सकहरुलाई निरुत्साहित पार्ने गरी सम्झौता गरेको बताइएको छ । सरकारसँग सम्झौता गर्दा आन्दोलन का मुख्य खम्बा युवा चिकित्सकलाई वेवास्ता गरिएको प्रति पनि उनीहरुको चित्त दुखाइ छ ।

आफूहरुले उठाएका सम्पूर्ण माग पूरा नहुन्जले आन्दोलन जारी रहने पनि सोसाइटीका अध्यक्ष डा. कालुसिंह खत्री र महासचिव डा. तोसीमा कार्की हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

यदि जनता र विरामी प्रति डाक्टरहरुको यस्तै रवैया रहने हो भने नेपाल सरकारले विशेष व्यवस्था गर्नुपर्ने देखिन्छ । विशेष व्यवस्थाको लागि विरामीहरुलाई बचाउन नेपालका डाक्टरहरुलाई नेपालको रोजगार अनावश्यक लागेमा सरकारले विदेशि डाक्टरहरुलाई आमन्त्रित गरेर भएपनि बोलाई आफ्ना जनताको सेवामा लगाउनुपर्ने यदि सरकारले पारिश्रमिक दिन सक्तैन भने नेपाललाई जुन देशले सहयोग गर्छ त्यो देश सित पैसाको बदला डाक्टरलाई उपलब्ध गराई सहयोग गरीदिन हुन भनेर मानवियताको प्रश्नलाई ध्यानमा राखी आहवान गर्नुपर्ने देखिन्छ ।

डाक्टरहरु राष्ट्रका सेवक हुन्, सेवक मात्र होइन राष्ट्र निर्माणका औजार पनि हुन् । यी औजारहरुको मर्मत संभार तथा सदुपयोग कसरी गर्नुपर्छ त्यसतर्फ पनि विशेषज्ञ टोली गठन गरी अनुसन्धान गर्नुपर्ने देखिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *