के पृथ्वीनारायण शाह र महात्मा गान्धीको आवश्यकता देखिन्छ ?

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

इख नभएको मानिस र विष नभएको सर्प यो संसारमा छन् वा छैनन् थाहा हुदैन । त्यसकारण आत्मसम्मान देशको गौरव बढाउन इखको पनि आवश्यकता हुने देखिन्छ नत्र स्वाभिमान बच्न सक्दैन ।

सबैलाई थाहा भएकै हुनुपर्छ एक यात्रा गर्दा जर्मनमा महात्मा गान्धी रेलको प्रथम श्रेणीको डिब्बामा अंग्रेजहरु सित रवाना हुदा उनलाई त्यहाबाट धक्का मुक्का गरी लखेटे । अंग्रेज यात्रीहरुले त्यो दिन नै भारतबाट अंग्रेज हटाउने इच्छाले जरो गाडी सकेको दिन थियो ।

जसरी रेलबाट अंग्रेजहरुले महात्मा गान्धीलाई लखेटे त्यसै गरी भारत वर्षबाट अंग्रेजहरुलाई लखेट्न अठोट प्रतिज्ञा गरे महात्मा गान्धीले । विशाल भारतमा शासन गरी रहेका अंग्रेजहरुलाई अन्तमा रेलबाट उनलाई लखेटेझैं लखेटे । हेर्दा सानो कुरा तर त्यसको असर सलाईको एक काटीले पुरा जंगल जलाएझैं भयो । आज नेपाललाई त्यस्तै इखवाला महापुरुषको आवश्यता परेको छ ।

नेपाल पनि पृथ्वीको एक टुक्रा हो । यसबाट यहा“का जनता पालिन र यहा“बाट नै उन्नति पथमा उक्लिन सक्छौं भनेर छिमेकीहरुबाट समय समयमा गरिएका नाकाबन्दी दावापेचबाट शिक्षा लिई नेपालीले नेपालमा बसेर उन्नतिको शिखरमा पुगौं भन्ने अठोट गर्ने एक महात्मा गान्धी जस्ताको आवश्यकता रहेको छ । त्यति मात्र होइन एक बहुरंगी बगैंचालाई क्षतविक्षत हुनबाट बचाउन आत्मगौरव, आत्म सम्मान उचो राख्न एक पृथ्वीनारायण शाह जस्ताको उदयको अनिवार्य आवश्यकता छ । हाम्रा युवाहरु विश्वमा शासन गर्न गएका नभई दासत्वको जीवन विताउन गएका हुन् भनी लज्जाउनु पर्ने आवश्यकता देखिन्छ । अंग्रेजहरु व्यापारको नाममा भारत पसे । इष्टइण्डिया कम्पनीको सरकारले भारत कब्जा गरी शासन ग¥यो तर नेपाली युवा तथा जवान बृद्धाहरु केवल पेट पाल्न खातिर विदेशिएका छन् । त्यहीबाट प्राप्त रेमिटान्समा नेताहरु रमाई रहेका छन् । तसर्थ यही देशको माटो सुहाउदा उद्योगहरु सञ्चालन गरी त्यसबाट उत्पादिन वस्तुहरुबाट प्राप्त रकमले विश्व व्यापार गरी शानका साथ नेपाललाई आत्म निर्भर बनाई स्वाभिमान कायम राख्न सक्ने नेतृत्वको खोज आवश्यक देखिन्छ ।

पैसा र विकास मात्र ठूलो कुरा होइन ठूलो कुरा त आत्मसम्मान, आत्म गौरव र स्वाभिमान हो । विदेशिएका सारा नागरिकहरुको आज नेपाल आमाले माग गरेकि छिन् । स्वदेशमा नै आफ्ना सन्तति पाल्न, हुर्काउन सक्छे केवल अगुवाहरुको खोजविन र इमानदारिता पनि मागेको छ नेपालले । जुन बेला नेपाल पृथ्वीनारायण शाहको प्रत्यक्ष शासनमा थियो त्यसबेलाका स्वाभिमानी र आत्मनिर्भरका चिन्हहरुलाई हामीले खोज्यौं भने प्रष्ट देख्न सकिनेछ । प्रमाणको लािग बैतडीको ज्यावन, श्रीभावर, मल्लादेहीका विभिन्न ठाउ“हरुमा स्थानिय धौ (फलामखानी) उत्खनन् गरेका अवशेषहरु हामी अझै हेर्न सक्छौं र त्यसबाट निस्केको फलाम मर्माको तामा खानीबाट निस्केको तामा सम्बन्धित क्षेत्रमा गई हामीले खोजविन गर्दा प्रष्ट हुनेछ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *