डाक्टर र सरकार बीचको असन्तुलन

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

डाक्टर प्रतिको जनताको भावना अथाहा भरोसायुक्त हुन्छ । डाक्टर कहाँ विरामी पर्दा नपुगुञ्जेल सम्म यदि म मरिन भने निको हुन्छ भन्ने विश्वासका साथ विरामीहरु डाक्टर कहाँ जान्छन् । बाटोमा जादा कहिले कुनै राजनीतिक पार्टीको बन्दमा पर्छन् विरामीहरु बाटोमा नै मर्छन् तर यसपटक भने
विरामीहरु डाक्टरको सामुन्नेमा प्राण त्याग गरी रहदा पनि डाक्टरले हेर्दै नहेरी वास्ता नै नगरेका दृश्यहरु सञ्चारमा आएका छन् ।

अपराधबाट बच्न खोज्नु स्वभाविक हो तर अपराध गर्नु पाप हो । यदि कुनै डाक्टर सक्षम छ भने ऊ विरामी देखि कहिले डराउँदैन तर जो सक्षम छैन जसले पढ्ने बेलामा ओ.जे.टी. गर्दा पनि विरामीहरुको मुख देख्न पाएन, विदेशमा पढेर भाषाको अभावमा विरामीको पहिचान गर्न सकने उपचार गर्दा हात सफा भएको देखिदैन । अर्काे कुरा म एक्लै उपचार गरुँ भनेर सोच्छ त्यो डाक्टर सफल उपचार गर्न गराउन सक्तैन । त्यसकारण ४÷५ जनाको समुह मिलेर उपचार ग¥यो भने सफलता मिल्छ ।

विरामीहरुले सही उपचार नपाएर लापरवाहीको अवस्थामा धेरै ठाउँठाउँमा विरामीका ज्यान गएका घटनाहरु हामी सबै सामु दैनिक रुपमा आइ रहन्छन् । उपचार गर्दा विरामी मर्छ, विरामीको आफन्तले सहनुपर्छ तर विरामीका आफन्त पनि समझदार भइसकेका छन् कि डाक्टरले कस्तो उपचार गराउँदा विरामी ठीक भए नभएको हो भन्ने तर्फ विशेष चासो राख्ने विरामी र विरामीको आफन्त भएका कारणले गर्दा विरामी माथि जानी नजानी हेलचक्र¥याई भएकै छ । त्यसको क्षतिपूर्तिको लागि सरकारले ऐन नियम बनाउदा खास डाक्टरलाई पिर परेको छैन । तर असक्षम डाक्टरलाई उपचार गर्न छोडेर कुनै अरु पेशा अपनाउ कि भन्ने लागेको छ । किनकि पढ्दा सिक्दा खेरी न विरामी संग खेल्न पायो न भाषा संग । त्यसकारणले उनीहरु असक्षम हुदै गए तर सक्षम डाक्टरले कहिल्यै विरोध गर्दैन । जस्तो न्यूरो सर्जन उपेन्द्र देवकोटालाई विदेशमा पनि उपचारको लागि सल्लाह लिन बोलाइन्छ ।

गम्भीर अपरेशन गर्दा विरामी मर्छन् तर विरोध हुदैन किनभने डाक्टर जतिसुकै योग्य भएपनि अन्तमा मृत्युबाट बचाउन सक्तैन । जो असक्षम छ विरामीले त्यस्ता डाक्टरलाई चिनेका जानेका र सुनेका हुन्छन् र उनको हातबाट गम्भीर त्रुटि भएको भन्ने कुरा विरामीका आफन्तमा पर्दै जान्छ । विरामी मर्दा विरोध गर्नु स्वभाविक देखिन्छ । के कसरी विरामी मरेको हो भन्ने कुराको छानविन गर्न उनलाई डाक्टर बनाउने प्रोफेसर द्वारा पोष्टमार्टम गराई लापरवाही अथवा जानी नजानी काम विग्रेकोमा क्षतिपूर्ति दिने तर्फ कारवाही हुनु स्वभाविक देखिन्छ । तर त्यस्ता डाक्टरहरुको किन टाउको दुख्यो सरकार र सांसदहरुले नियम बनाउदैमा डाक्टरले गल्ती गर्ला भन्न सकिदैन । सरकार हामी सबैको अभिभावक हो अभिभावकले कहिले फसाउने काम गर्दैन भनेर चित्त बुझाई बस्नु पर्ने देखिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *