पर्वहरुमा विभिन्न गोचर

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

-थानेश्वर प्रसाद भट्ट

पर्वहरुको चर्चा गर्दा त्यौहार, धार्मिक चाडपर्वहरु मात्र मानसपटलमा आएपनि ऐतिहासिक कालखण्डहरुमा भिन्नै प्रकारका पर्वहरुले प्रामाणिकता मात्र पाएनन् राज्य व्यवस्था शासन तन्त्रमा समेत अभुतपूर्व परिवर्तन भए । उदाहरणका लागि बालनरसिंह कुँवरका छोरा जंग बहादुर कुँवर तत्कालिन युवराज सुरेन्द्रका आढ पहरिया थिए । कालान्तरमा राजा राजेन्द्रलाई विस्थापित पदच्यूत गरी सुरेन्द्रलाई श्री ५ बनाएर उनैबाट पूर्वज चित्तौड राजपुतानाका राणाहरुका सन्तति भनि राणा थर परिवर्तित गराए तर यो अनायास भएको थिएन ।

कोत पर्वको रचना गरी तत्समय कि अख्तियार प्राप्त राजेन्द्र कि रानी लक्ष्मी देवीका पञ्जा छापबाट गगन सिंह खवासको हत्यारा पत्ता लगाउन भनि समस्त भाइभारदारहरु भरिएर जंग बहादुर प्रधानमन्त्री बनाइए । आफ्ना छोरा रणेन्द्रलाई राजा बनाउन लक्ष्मी देवीले दिएको आदेश अवज्ञा गर्दै भण्डारखाल पर्वबाट समस्त शक्ति आफ्नो हातमा लिइ रानी लक्ष्मी देवीलाई नजरबन्द गरे । राजेन्द्र लक्ष्मी देवीका साथ काशी गइ त्यहाँबाट नेपाल फर्कि शासन आफ्नो हातमा लिन अलौ भन्ने स्थानमा पुग्दा कैद गरिए । त्यसलाई अलौकाण्डका नामले नेपालको इतिहासमा नामकरण गरिएका छन् । यसप्रकार ३ पर्वहरुको माध्यमबाट १०४ वर्षको जहानिया राणा शासन स्थापित भयो ।

राजनीति पनि पर्वहरु कै माध्यमबाट चर्चित हुने क्रम रोकिएको छैन । दशैं त्यौहार छठ लगायतका पर्वहरु पनि उत्थान र पतनको कारक तत्वका रुपमा परिभाषित हुन सक्तछन् । दशैंलाई दशा लागेको पनि भन्ने गरिन्छ । गरिबहरुका लागि यी कथित सांस्कृतिक धार्मिक त्यौहार अभिषाप भएर प्रकट भइरहेको यथार्थलाई अस्वीकार गर्न सकिदैन ।

वर्तमान समय चाडपर्वहरुका विभिन्न गोचरका रुपमा परिभाषित गर्न सकिन्छ । ग्रहदशा गोचर कस्तो छ भन्न हुने खानेहरुका लागि रमाइला दिनहरु, भ्रष्टाचारीहरुका लागि वैभव दंभ प्रदर्शनका समय, गरिवहरुका लागि पुर्पुरोमा हात यही त नियति छ । अझ विडम्बना यो छ कि गरिवहरुका मसिहा मुक्तिदाता नव धनाड्यमा रुपान्तरित भएर चिल्ला गाला, मीजाजका बोली, आलीशान बंगला, चिल्ला गाडीबाट भिन्नै रवाफिलो उहिलेका जिम्दार, राजा रजौटाहरुका जीवनशैली प्रत्यक्ष देखिएका विषय हुन् । साम्यवादी देश चीनबाट दिनहुँ सुन, डलर लगायतका अकुत सम्पत्ति तस्करी भएका दृश्य निरन्तर प्रकट भइरहेका छन् ।

पर्व गोचर कसका लागि फलदायी र विनाशक भन्ने पनि वर्तमान समयले छर्लङ्ग पारी रहेको छ । तराईको एका ठाउँमा ७७ हजारमा भैंसी विक्री गरेर स्थानिय तहको कुनै एक पदका लागि प्रत्याशि बनेका लगायत नानाथरिका पर्व सन्चार माध्यमहरुमा आइ रहेका छन् ।

वर्तमान समय धार्मिक सांस्कृतिक पर्वहरुको मात्र सीमित छैन । यो त राजनैतिक दावानलले परिपूर्ण कुनै कोत पर्व भन्दा कम देखिदैन । पुरै वर्षलाई निर्वाचन वर्ष भन्दा फरक नपर्ला । मंसिरमा त प्रदेश र संघको तिथि मिति नै घोषणा भइसकेको छ । त्यसपछि पनि विभिन्न पदवीहरु राष्ट्रपति उपराष्ट्रपति सभामुख त छदैछन् । प्रधानमन्त्री मन्त्रीहरु समेतका हानथाप कम हुने वाला छैनन् । १÷२ महिना कै लागि भएपनि पशुपति साइपले रचना गरी ६ जना मन्त्री बनाई हाले भने उनका यस कौकितबाट मुसा प्रवृत्ति भनि नामाकरण गर्ने लोकेन्द्र साइपका छोरा महामन्त्री बनाएका कमल थापाको रुवाबासी भएको छ । प्रकाशचन्द्रले पहिले नै बृद्धि पु¥याएर राष्ट्रवादी दल खोली सके । यी एकातर्फका दृश्य छन् भने नमुना उखान बनेका गच्छदार आफ्ना २ मन्त्री फेर्ने गरी १ महिना कै लागि भएपनि कसको त्योहार सपार्ने हुन प्रतिक्षाको विषय छ ।

केही समयका लागि नसीब जागेका ६०१ रणबाकुरेहरुका लागि भाइटीका रुवाबासी भएर आउँदैछ भने आमसर्वसाधारण कब त्यो कार्तिक ५ को भाइटिका आउला र माहुरीका शुमाहरुको पर्व आउला भनी प्रतिक्षा गरी रहेका समाचार सन्चार माध्यमहरुमा आइरहेका छन् ।

न्यायिक जगत पनि अलग हुन सकेन । ८० जना न्यायाधीशहरु भर्ना भएर गाडी चढेको झण्डै ८।९ महिना हुन लाग्यो । सर्वाेच्च अदालतमा रीट निवेदन परी बदरको माग भइ २९ गते पेश हुने वाला छ । यस विषयमा विवरणमा लेख्न प्राविधिक कारणले समयोचित नलागेकोले यत्तिकै भन्न पर्याप्त हुनेछ कि नेपाल पर्वमय भएको छ । भोका नांगाहरुलाई खासै मतलव नभएपनि विषय त राष्ट्रको भाग्य संग र कतिपयका गोचर ग्रहदशा संग प्रत्यक्ष जोडिएको हुनाले असल कमसल जसो भएपनि कौतुहल निरन्तर छ । बीरबलको खिचडी कहिले पाक्ला प्रतिक्षाको विषय बनेको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *