पहिरोमा परी एक जनाको मृत्यु

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

बाजुरा, ०६ असोज । बाजुराको हिमाली गाउँपालिका–६ मा रहेको रागेगौडामा गएराति १ः३० बजे आएको पहिरोमा परी एक जना भेडा व्यवसायीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हुम्ला जिल्ला श्रीनगर घर भएका ३५ वर्षीया तेजबहादुर बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त प्रहरी नायब उपरीक्षक जगदिश भट्टले बताउनुभयो । उहाँले चामल लिन बाँधु आएका बेला पहिरामा परी मृत्यु भएको भट्टको भनाइ रहेको छ ।

पहिरोमा परी मृतक बुढाका ६० भेडा मध्ये १५ भेडा मरेका र चार भेडा घाइते भएको भट्टले जानकारी दिनुभएको
छ ।

पहिरोमा परी एकको मृत्यु भएको खबर लगत्तै प्रहरी नायब निरीक्षक पदमराज पाण्डेको नेतृत्वको टोली घटनास्थलमा गई उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ ।

बिहीबार देखि आएको अविरल वर्षाका कारण पहिरो आएको हुनसक्ने प्रहरीको भनाइ रहेको छ । जिल्लामा लगातार वर्षाका कारण आवतजावत गर्न निकै कठिन भएको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *