माओवादी केन्द्रमा उम्मेदवारको टुंगो

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather


बैतडी, ०६ असोज । नेकपा (माओवादी केन्द्र) बैतडीले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ ।

तीनदेखि बसिरहेको जिल्ला कमिटीको बैठकले उम्मेदवारको टुंगो लगाएको हो । माओवादी केन्द्रले प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ पूर्वसभाषद् एवं पार्टी जिल्ला इन्चार्ज नरेन्द्र कुँवर (विजय सुन्दर)लाई अघि सारेको छ ।

यसैगरी प्रतिनिधि सभामा समानुपातिक तर्फ पूर्वसभाषद् एवं माओवादी पोलिटब्युरो सदस्य रेणु चन्दलाई उम्मेदवार बनाएको वाईसीएल जिल्ला इन्चार्ज कमल बोहराले जानकारी दिनुभयो ।

यस्तै प्रदेश सभाका लागि प्रत्यक्ष तर्फ क्षेत्र नं १ मा पार्टीका जिल्ला संयोजक प्रेमप्रकाश भट्ट (आदित्य) र क्षेत्र नं २ मा गोपाल चन्दलाई उम्मेदवार बनाउने निर्णय गरेको उहाँले बताउनुभयो ।

प्रदेशसभाका लागि समानुपातिक तर्फ जिल्ला कमिटी सदस्य भुवनचन्द्र विश्वकर्मालाई (शान) उम्मेदवार बनाउने निर्णय भएको छ । उम्मेदवारको टुंगो लगाएसँगै माओवादी केन्द्रले चुनाव प्रचारप्रसारलाई तीव्रता दिने निर्णय समेत गरेको छ ।

बैतडीमा पहिलो चरणमा आगामी मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुने भएको जानकारीमा आएको
छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *